साँखु÷साउनको सुरुदेखि नै अनुदान सम्झौताको लागि बुङमतीको भूकम्प पीडितलाई घर बनाउन अनुदान सम्झौता गर्न कार्य विनायक नगरपालिकाले खबर गरेतापनि स्थानीयले अनुदान सम्झौता गरेका छैनन् । अहिले सम्म बुङ्मतीमा ३ जनाले मात्रै अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेपछि सरकारले तोकिए अनुसार मापदण्ड पूरा गरेर नक्सा पास गरि घर बनाउनुपर्ने हुन्छ । सरकारी मापदण्ड अनुसार घर बनाउन सो स्थानमा नमिल्ने भएकोले समस्या परेको हो । सोही कारण वडा नं. १०, ११, १२ र १३ का लाभग्राही भूकम्प पीडितहरु अनुदान सम्झौता गर्न मानेका छैनन् । अनुदान सम्झौता गर्ने ३ जना पनि सहर …
ऊँ श्री गणेशाय नमः श्री पशुपतिनाथको जय । श्री गोरखनाथ बाबाको जय ।। श्री सल्यानकी माईको जय ।।। श्री बज्रयोगिनी माताको जय ।।। हार्दिक निमन्त्र०ाा काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका स्थित साँखुको बज्रयोगिनी मन्दिर परिसरको महाँकाल भैरव मन्दिर समिपमा मिति २०७३ बैशाख २७ गते अक्षय तृतीयाको पावन पर्वदेखि भूकम्पबाट दिवङ्गत आत्माको चिरशान्ति, अतिवृष्टि, अनावृष्टि आदि दैवी प्रकोपजन्य दुष्प्रभावको न्यूनीकरण एवम् लोककल्याण तथा राष्ट्रहितको कामनाका लागि २०७३ भाद्र २ गतेसम्म पण्डित शंकरदेव न्यौपानेद्वारा सहस्र चण्डीवाचन महायज्ञ चलिरहेको छ । २०७३ भाद्र…
साँखु÷गत शनिवार शारदालक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको दसौ वार्षिकोत्सवको अवसरमा ज्येष्ठ नागरिकद्वय भक्तिदेवी श्रेष्ठ र बेकुनारायण श्रेष्ठलाई सम्मान गरेको छ । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि भाग्योदय क्याम्पसका क्याम्पस प्रमुख शमभुदास श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा सतिश बज्राचार्य, सलोनी मल्ल, रमन श्रेष्ठ, रमेश घ्लान, संचिता श्रेष्ठ, सतिश बज्राचार्य, अनुजा कुँवर लाई एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याएकोमा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा बालबालिकाहरुलाई नृत्य गराईएको थियो । कार्यक्रममा जानकारी गराए अनुसार यो…
साँखु, नगरपालिकाहरुले विगतमा वितरण गरिएका भूकम्प पिडित परिचय पत्र तथा राहत र न्यानो कपडा अन्र्तगत वितरण गरिएको आधारमा सर्वेक्षण गर्ने र सोमा छुट भएका घरधनी परिवारहरुले आवश्यक कागजात सहित नगरपालिका वा वडा कार्यालयमा निवेदन दिनको लागि पहिलो पटक २०७३÷३÷१० (सात दिन) र पुनः म्याद थप २०७३÷३÷२३ गते सम्म गरी १४ दिनको म्याद दिएकोमा सो अवधि भित्र समेत निवेदन नदिएका भुकम्प पिडित परिवारहरु, क वर्ग को कार्ड पाएको पिडित परिवारहरु तथा अन्य कुनै कारणले नगरपालिकाबाट केन्द्रिय तथ्यांक विभागलाई पठाएको आधिकारिक सूचीमा नाम छुटेका भुकम्प पिडित घरधनी परिवारहरुले त…
साँखु, शंखारापुर नगरपालिका कार्यालय को आर्थिक बर्ष २०७२/ २०७३ को बार्षिक समिछ्या कार्यक्रम, माननीय संसद दिपक प्रसाद कुइकेल ज्यु को प्रमुक अथितीय मा श्री भाग्योदय उ मा बि मा आज सम्पन्न भयको छ , गत बर्ष मा गरेका विधिन्न कार्याम तथा आय व्यय प्रस्तुत गरियको कार्यक्रम मा बिभिना राजनीतक दल, वोड़ा नागरिक मंच, बिधयागत कार्यालयहरु, सघ सस्था क प्रतिनिधि हरुको व्यापक उपस्थिति रहेको थियो /
भूकम्पले प्रपादित संखारापुर, साँखु क्ष्हेत्र को जग्गा बेच बिखन कार्य मा बिस्तारि ब्दी हुँदै आइरहेको छ. अधिकांस जनता हरुको घर भूकम्प ले पूर्ण रुपमा ध्वोस्त भएका साँखु बासि हरुमा आफु बस्ने घर निर्माण को लागि अन्य आर्थिक स्रोत नभयको हुँदा आफु संग भयको पुर्खौली जग्गा बाध्यता ले बेच्नु परेको बाध्यता सुनाउनु हुन्छ . एक जना साँखु बासि, एतिहासिक धार्मिक महतोको नेवार बस्ति साँखुमा बिस्तारि बिस्तारि मफोसलका मानिसहरु को बसाइ बढ्दै आइरहेको छ भने साँखुका धेरै रैथाने बासिन्दा हरु बिस्तारै बसाइ सराइ गरि काठमाडौं लगायतका अन्य स्थान हरुमा जाने क्रम बढिर…
साँखु÷केही समयअघि देखि साँखु वरिपरि गडगडे खोला, मनमत्ता खोला, सुके खोला, भुल्बु जाने बाटोमा डाँडाको छेउमा जथाभावी स्क्याभेटरको सहायताले धमाधम बालुवा निकाल्न थालिएको छ । यसरी जथाभावीरुपमा बालुवा निकाल्न थालेपछि इन्द्रायणी मन्दिर, चाँगुनारायण मन्दिर, भुल्बु जाने बाटो, पहिरोको खतरामा परेको छ । यसका साथै यसरी जथाभावी प्राकृतिक स्रोतको दोहन गर्दा प्राकृतिक प्रकोप, बाढी पहिरो, लगायतका समस्या हुनुका साथै यसबाट सरकार वा सम्बन्धित निकायले पाउने राजस्व एवं सर्वसाधारण जनताले पाउने सुविधा समेत खोसिने भएको छ । अहिले कतिपय ठाउँमा नीजि जग्गामा बालुवा निकाल…
नेपाल टेलिकमले चीनबाट इन्टरनेट ल्याउन बिहिबार अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न गरेको छ। एक वर्ष अघि नै चीनबाट इन्टरनेट ल्याउन काम सुरु भएतापनि भूकम्पका कारण अड्किएर ढिला भएको थियो।टेलिकमले धादिङको गल्छीबाट रसुवागढीसम्म इन्टरनेट ल्याउनका लागि अप्टिकल फाइभर जडान गरिसकेको छ। आगामी जेठ १८ गतेभित्र चीनबाट ल्याइने इन्टरनेटको परीक्षण गरिने टेलिकमका सहायक प्रवक्ता डिल्लीराम अधिकारीले बताए। विश्वव्यापी इन्टरनेट कनेक्सनका लागि चीनसँग जोडिएको अप्टिकल फाइबरले सहयोग पुग्ने अधिकारीले बताए। यो अप्टिकल फाइबरबाट नेपाललाई मात्रै नभई सार्क राष्ट्रहरुलाई…
विनासकारी भूकम्प ले छेत बिचेत भयको साँखुको १ वर्ष भन्दा पनि बढी समय भैसक्दा पनि पुनारिर्मन को कार्य मा सरकारी उपस्थिकी शुन्य रहेको छ , ९० प्रतिशत भन्दा बढी घरहरु पूर्ण रुपले ध्वस्त भयको राजधानी नजिक को नगर भयता पनि पुर्निर्मन को कार्य सुरू हुन सकेको छैन . पुर्निर्मन प्राधिकरण ले हाल सम्म पनि तत्यांका संकलन कार्य सुरू गरेको छैन . भने अर्को तिर जग्गा धनि पुर्जा बिना सरकार ले दिने भनेको स २ लाख रुपैया पनि यस क्ष्हेत्र क जनताहरु ले पुन मुस्किल जस्तो देखिन्छा . करिब ६० प्रतिसत घरधनीहरु को हाल सम्म पनि लाल पुर्जा नभयको स्थिति रहेको छ. प्रधिकरन ले…
पुननिर्माण कि पुनःनिर्माण कि पुनर्निर्माण श्रीमान् सम्पादकज्यू, गत बैशाख १२ गते गएको महाभूकम्पपछि नेपालका अति प्रभावित १४ जिल्लामा भत्केका घर, मठ मन्दिर, भवन, पाटी पौवा, विद्यालय तथा अन्य संरचनाहरुको पुनर्निर्माण बारे वृहत चर्चा परिचर्चा भैरहेको र स्वाभाविकरुपमा यस विषयमा पत्रपत्रिकामा टिका टिप्पणीहरु भैरहेका छन् । तर “पुनर्निर्माण” शव्दलाई कतै पुननिर्माण त कतै पुनःनिर्माण भनि अशुद्ध लेखिएका थुपै्र ठाउँमा भेटिन्छन् । यही मिति ०७२÷१०÷२९ मा सक्व (साँखु) पुनर्निर्माण समाजबाट पे्रसित एक निमन्त्रणा पत्रमा पनि पुननिर्माण समाज भनि अशुद्ध छापिएको द…
साँखु÷साँखुका चर्चित शिल्पकार निरबहादुर जोशीले गतहप्ता भारतको फरिदावादस्थित सुरजकुण्ड हस्तशिल्प मेलामा आफ्नो कलाकारिताको नमूना पेश गरेका छन् । सो मेलामा उनको प्रदर्शनीले दर्शकहरुलाई रुक्न बाध्य पारेको थियो । उनले प्रदर्शनीमा राखेका तलेजु मन्दिरको आकृति, मनोकामना मन्दिरको आकृति, कृष्ण मन्दिर, पशुपतिनाथको मन्दिर लगायतका बाँस र काठको मिश्रणले बनाएका मन्दिरहरुले भारतीय दर्शकहरुलाई उनको स्टल एफसी–३९ मा रोकेर उनको कलाकृति हेर्दै वाह भन्न लगाएका थिए । उनले बनाएका मन्दिरहरुको डिजाइन र उनले सो मन्दिरको आकृति बनाउन लगाएका श्रम एवं समयलाई ध्यान राख्दै भा…
आगामी फाल्गुण ११ गतेदेखि फाल्गुण २० गतेसम्म लावण्य सन्देश साप्ताहिकको आयोजनामा साँखुमा निःशुल्क आधारभूत पत्रकारिता तथा रेडियो कार्यक्रम उत्पादन सम्बन्धी १० दिने पत्रकार प्रशिक्षण कार्यक्रम हुने भएकोले इच्छुक महानुभावहरुले फाल्गुण १० गतेसम्ममा लावण्य सन्देश साप्ताहिकमा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध गर्दछौँ । तालिम सञ्चालन हुने स्थान ः हाकुज रेष्टुरेन्ट साँखु धुँलाटोल । तालिम सञ्चालन हुने समय ः बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म । सम्पर्क ः ९८४१७९४३२१ (पवन लाल श्रेष्ठ) ९८५१०९४५३१ (सत्यनारायण श्रेष्ठ)÷९८५११४४९८४ (जयराम श्रेष्ठ)
हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीज्यूले नेपाललाई १ वर्षभित्रमा लोडसेडिङबाट मुक्त गराउने घरको चुल्हो–चुल्होमा ग्याँसको पाइप लाइन जडान गरिदिने, भूकम्प पीडित जनताहरुलाई प्रत्येक जिल्ला जिल्लामा ५०÷५० वटा आवासगृह बनाईदिने, सडकमा विद्युतीय बस एवं विद्युतीय रेल सञ्चालन गर्ने आदि घोषणा गर्नुभएको छ । तर वहाँका यी कुरारुलाई धेरैजसो मानिसहरुले हावादारी गफ भनेर आलोचना गरे । जसले गर्दा वहाँको धेरै चित्त दुःखेको रहेछ, त्यसैले होला वहाँले हरेक कार्यक्रममा आफूले देशलाई उन्नती उन्मुख पथमा लौन खोज्दा हावादारी गफको संज्ञा दिएकोमा वहाँलाई धेरै चि…
नेपालमा रहेका विभिन्न जातजातिहरु मध्ये आफ्नो छुट्टै अस्तित्व र पहिचान बोकेको र कला संस्कृतिले सम्पन्न जाति नेवार हो । नेवार समुदायभित्रका विविध समुदायहरुमध्ये पनि माली समूदाय एक आफ्नै कला संस्कृति र परम्परा भएको जाति हो । विशेषत नवदुर्गा नाच (धिंकाल द्यः) को जात्रासँग सम्बन्धित यस जातिको आफ्नै महत्व रहेको पाइन्छ । यस समुदायका मानिसहरुलाई मालाकार, वनमाली, वनमाला, गथु, आदि इत्यादि नामबाट पनि जानिन्छ भने विशेष गरि देवी देवताहरुको पूजा तथा जात्रासँग सम्बन्धित भएको हुँदा आदरको रुपमा उभाजूः पनि भनेर सम्बोधन गरिएको पाइन्छ । यही माली समूदायहरुले चला…
– ज्यो. आचार्य अनिल पोखरेल, भद्रबास–३, काठमाडौँ । सम्पर्क ः ९८४१४७९२३२, ४४५१५५९, बलष्)िवभभखबलज्ञज्ञ२थबजयय।अयm मेष ः साज सजावटको सामग्री खरिद गरिनेछ । टाढा बसेका आफन्तको यादले सताउनेछ । यात्रामा लाभ मिल्ने देखिन्छ । स्वास्थ्य सामान्य रहेको छ । पारिवारिक सुख मिल्नेछ । कला साहित्य सम्बन्धी कार्यमा समय बित्नेछ । शिक्षाको क्षेत्रमा सामान्य रहला । वृष ः कार्यक्षेत्रमा विभिन्न बाधा आउन सक्नेछ, बोल्दा विचार पु¥याउनु बेस हुनेछ । आर्थिक अभावले गर्दा काम पूरा गर्न कठिन हुने देखिन्छ । सहकर्मीको साथ खास मिल्छ भन्न सकिँदैन । सन्तान सखु मिल्नेछ । स्वास्थ्य र…
एक दिन हरि सुसाइड गर्न भनि रुखमा डोरी बाँध्दै थियो । त्यहि बाटो हुँदै राम सोही स्थानमा आइपुगे । राम ः हरि ! तिमीले रुखमा डोरी बाँधेर के गर्न लागेको ? हरि ः सुसाइड गर्न लागेको डोरी चुँडिएर मरिन्छ कि भनेर चेक गरेको । च च च – अपेक्षा पौडेल, थली काठमाडौँ
यौनबारे टिनएजरहरुको आकर्षण किन हुन्छ ? सपना, महत्वाकांक्षा र जीवनको योजना नबनाइने बाल्यकाल अभिभावकको निगरानीमा बितेको हुन्छ, तर जव किशोर उमेर शुरु हुन्छ सुनौलो सपना पनि मन मस्तिष्कमा आउन थाल्छ । त्यसबेला किशोर–किशोरीहरुमा सामान्य बानी, रुची, हिड्डुल गर्ने शैली, खानपान, विचार, प्रस्तुति सबैमा परिवर्तन देखा पर्न थाल्छ । किशोर उमेरमा उनीहरुले सामान्यतः निम्न माध्यमिक र माध्यमिक तहको ज्ञान पाएका हुन्छन् र सुनौलो भविष्यसँगै प्रेम, क्यारियर तथा पहिचानको खोजी पनि यसैबेला शुरु हुन्छ । केही लजाउने, केही डराउने, तर उत्सुकता धेरै भएको अवस्था हो यो । विपर…
ब्याक्टेरियाका कारण रुघा नलाग्ने मौसम चिसो भयो कि नाक बग्ने र घाँटी खसखसाउने वा खोकी लाग्ने समस्याले मान्छेलाई सताउने गर्छ । घाँटी खसखसाउने समस्या उत्पन्न हुनुमा ब्याक्टेरिया वा भाइरसको संक्रमण हुनसक्छ तर ब्याक्टेरियाको संक्रमण भएमा रुघा लाग्दैन भने भाइरसले गर्दा रुघा लाग्छ र नाक बग्छ । भाइरसको संक्रमण हो भने एन्टिबायोटिक्सले असर गर्दैन । त्यसैले भाइरसको संक्रमणले घाँटी खसखसाएमा विभिन्न प्राकृतिक उपाय अपनाएर उपचार गर्न सकिने एजेन्सीहरूले जनाएका छन् । नुन पानीले गार्गल गर्ने परम्परा शताब्दीयौंदेखि चल्दै आएको छ । यसले काम गर्छ । मनतातो पानीले…
साँखु÷गत पौष २५ गते फ्रेण्डस अफ साँखुको २४ औँ साधारणसभा फ्रेण्डस अफ साँखुको फिल्ड कार्याँलय सिपाघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मदनगोपाल श्रेष्ठको सभापतित्वमा भएको उक्त साधारणसभाले ७ सदस्यीय कार्यसमितिको चयन गरेको छ । जस अनुसार अध्यक्षमा मदनगोपाल श्रेष्ठ, सचिवमा भूषण बसी, कोषाध्यक्षमा केशवलाल श्रेष्ठ, सदस्यहरुमा रामगोपाल श्रेष्ठ, विनोद कपाली, रशुत्तम श्रेष्ठ र राकेश श्रेष्ठ रहेका छन् । फ्रेण्डस अफ साँखु साँखुबाट उत्तर पूर्वी भेगमा अग्रणी सामाजिक संस्थाको रुपमा कार्यरत संस्था हो ।
साँखु÷यस वर्ष स्वस्थानी व्रत सञ्चालनको लागि व्रत नाईके कजी धुँलाटोल निवासी मिजेन्द्रकाजी श्रेष्ठले सम्हाल्ने भएको बुझिएको छ । उहाँले गतः पौष २९ गते माधवनारायण मन्दिरमा किसली चढाई सो जिम्मेवारी सम्हाल्ने घोषणा गरेको हो । यस अघि श्रेष्ठ २०४१ सालतिर देवता बोक्नेको रुपमा व्रतमा संलग्न भइसकेका व्यक्ति हुन् । प्रचलन अनुसार पौष शुक्ल पूर्णिमाको ठीक एक महिना अगाडि यःमहि« पुन्हि (धान्य पूर्णिमा)को दिनसम्ममा कजीको दावेदार नआएमा कजी अर्थात व्रत नाईकेको खोजी गरिने गरिन्छ ।
साँखु÷गत पौष ३० गते बिहानै झापा जान हिँडेको बा ६ च ८९५२ नं. को स्यान्ट्रो कार कुसाहा ९ स्थित जमुवा खोलाको पुलमा ठोक्किई दूर्घटना हुँदा एभरग्रीन उच्च माविका प्रिन्सिपल लकस श्रेष्ठ, शिक्षकहरु रवि सिलवाल र देवराज घिमिरे घाइते भएका छन् भने सोही स्कूलका शिक्षक प्रकाश कुमार पौडेलको घटनास्थलमै मृत्यु भएको दुःखद खबर प्राप्त भएको छ । उहाँहरु चारै जना एकदिन अगाडि झापा जान भनि साँखुबाट दिउँसो करिब ३ बजेतिर उतातिर प्रस्थान गरेका थिए । घाइतेहरुलाई पहिले जिल्ला अस्पताल सुनसरी पु¥याइएको थियो त्यसपछि विराटनगरस्थित गोल्डेन अस्पताल पु¥याइएको थियो । त्यहाँबाट …
साँखु÷गत पौष २९ गते शंखरापुर नगरपालिकाले जहरसिंपौवामा एक कार्यक्रम गरि आ.व. २०७२÷७३ को संशोधित तथा २०७३÷७४ को लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम (पौष २४ गतेको परिषद्बाट पारित भएको) सार्वजनिक गरेको छ । उक्त सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं. २ का सभासद दीपक प्रसाद कुइँकेल प्रमुख अतिथि हुनुहुन्थ्यो । उक्त कार्यक्रममा स्वागत मन्तव्य लेखा अधिकृत कपिल पौडेलले दिएका थिए भने कार्यक्रमको सभापतित्व कार्यकारी अधिकृत दुर्गानाथ गौतमले गरेका थिए । कार्यक्रममा लुथरन वल्र्ड फेडरेशनका रामशरण सेढाईले इन्द्रायणी, लप्से र नाङ्लेभा…
साँखु÷यस वर्ष स्वस्थानी व्रत सञ्चालनको लागि व्रत नाईके कजी धुँलाटोल निवासी मिजेन्द्रकाजी श्रेष्ठले सम्हाल्ने भएको बुझिएको छ । उहाँले गतः पौष २९ गते माधवनारायण मन्दिरमा किसली चढाई सो जिम्मेवारी सम्हाल्ने घोषणा गरेको हो । यस अघि श्रेष्ठ २०४१ सालतिर देवता बोक्नेको रुपमा व्रतमा संलग्न भइसकेका व्यक्ति हुन् । प्रचलन अनुसार पौष शुक्ल पूर्णिमाको ठीक एक महिना अगाडि यःमहि« पुन्हि (धान्य पूर्णिमा)को दिनसम्ममा कजीको दावेदार नआएमा कजी अर्थात व्रत नाईकेको खोजी गरिने गरिन्छ ।
साँखु÷निलशारदा गु्रप, निलशारदा वचत तथा ऋण सहकारी संस्था, श्री जया टे«डर्स र तिलगंगा आँखा केन्द्रको आयोजनामा साँखुको चलाखु टोलमा गत माघ २ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । सो शीविरमा करिब २ सय जनाले आ–आफ्नो आँखा जँचाएका थिए । त्यसमध्ये २२ जनामा आँखाको मोतियाविन्दूको शल्यक्रिया गर्नुपरेको प्रारम्भिक रिपोर्ट आएको छ । उक्त शीविरको लागि तिलगंगाको तर्फबाट पदम श्रेष्ठको नेतृत्वमा चिकित्सकहरुको टोली परिचालित भएको थियो । मोतियाविन्दू भएकाहरुलाई माघ ३ गते र ६ गते गरि दुई समूहमा विभाजन गरि तिलगंगा आँखा अस्पतालमा …
साँखु÷गत बैशाखको भूकम्पमा ललितपुरको पिलाछें टोलका १०० भन्दा बढी घरहरू बस्न नहुने गरि चर्किएर भत्किए । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको उक्त टोलमा मूल घर भएका र आफ्नी आमाको नाममा परोपकारी संस्था ‘माया फाउण्डेशन’ स्थापना गरेर विविध सत्कार्य गर्दै आएका रमेश महर्जनलाई लाग्यो, अब पुनर्निर्माण गर्दा सबै समुदाय मिलेर काम गर्नुपर्छ र त्यसले पुरातात्विक, सांस्कृतिक सम्पदाको प्रवद्र्धन गरी स्थानीय जनताको सामाजिक, आर्थिक विकास एवं आय आर्जनमा प्रत्यक्ष योगदान पुर्याउनु पर्छ । सोही सोच अनुसार उनले यो चित्रमा देखिएको डिजाइन तयार पार्न लगाए र राष्ट्रिय यो…
श्री ३ बज्रयोगिनी ....... विक्रमोपार्जित करुणाकर समदभूत गजेन्द्रपति श्री श्री जयप्रकाश मल्ल परमभट्टारक देवानां सदासमर विजयनां प्रभु ठाकुरसन ओ श्री श्री राजोपाध्या, परमान, उमराओ, भोटियोजोगी देशान्तरी महाविद्याधर, पञ्च सकलें साहुति मत याङाओ ओ ओनलिं ञ्देशससं सुनां अन्याययाय मदु । स्वयम्भु चैत्यया गर, बालाबुंगर, गोकर्णगर–चंगुगर, बज्रयोगिनीगर सिं छपुकानं छयाङाओ कायमदु । सा, ब्राम्ह्य, अतित पनिस्त दुष वियमदु ध्वर माकर बि, सुनानं स्यायमदु, खेल वन खण्ड गनं मितय मदु थ्वया साक्षी श्री ३ ....... ।। थ्व पतिस चोक्वन उपर सुनानं यातसा पञ्च महापाप राक गुरो ग्…
सम्पर्क ः ९८४१४७९२३२, ४४५१५५९, बलष्)िवभभखबलज्ञज्ञ२थबजयय।अयm मेष ः राजनैतिक विश्वास बढेर जानेछ । स्वास्थ्यको कारणले यात्राको सम्भावना रहेको देखिन्छ । शत्रुहरुले काम असफल बनाउन कोशिस गर्नेछन् । मान–प्रतिष्ठाको हानी हुनेछ । भोजभतेरमा सहभागिता जनाउनुपर्ने देखिन्छ । शिक्षामा सोचभन्दा उल्टो नतिजा हात पर्न सक्ने देखिन्छ । वृष ः सातालाई राम्रो रुपमा लिन सकिन्छ । राम्रो आर्थिक लाभ हुनेछ । मिष्ठान्न भोजनको प्राप्ती मानसम्मान प्राप्त हुनेछ । इष्टमित्रसँग भेट र उनीहरुबाट गतिलो सल्लाह समेत पाउन सकिनेछ । पठनपाठनमा रुचि बढ्नेछ । व्यवसायमा श्रम गरेअनुसारक…
सेक्सबाट रोगको उपचार तनाव, चिन्ता, असन्तोष आजको समयमा जीवनको एक हिस्सा नै बनिसकेको छ । परिश्रमले आजको मानिसले भौतिक सुख(सुविधा त हासिल गरेको छ, तर शान्तिपूर्वक तिनको उपभोग गर्ने फुर्सद नै पाएको छैन । तनावका कारण अनिद्रा, मधुमेह, हृदयरोग, उच्च रक्तचाप जस्ता रोगले शरीरमा डेरा जमाएका छन् । अति व्यस्तताले दाम्पत्य जीवनलाई पनि प्रभावित तुल्याउँछ । वैज्ञानिकहरूले धेरै वर्षको अनुसन्धानबाट के तथ्य पत्ता लगाएका छन् भने यदि श्रीमान्–श्रीमतीले सफल र तृप्त यौन जीवन विताएका छन् भने उनीहरू निरोगी रहन सक्छन् । यौनसम्पर्कमा उपचार क्षमता हुन्छ । यसैगरी राम्रा …
शिक्षक ः ध्वनी प्रदूषण कम गर्न हामीले के गर्नुपर्छ ? विद्यार्थी ः कान बन्द गर्ने सर ! शिक्षक ः राम किन आज स्कूल ढिला आएको ? राम ः गाडी पञ्चर भएकोले सर ! शिक्षक ः त्यसो भए तिमी बस चढेर आउनुपथ्र्यो नि ! राम ः सोच्न त त्यस्तै सोचेको थिएँ तर तपाइँकी छोरी सुनिता मान्दै मानिनन् त्यसैले । शिक्षक ः सुविना ! तिमी परिक्षामा जम्मा पाँच अंक ल्याएर पनि हाँस्दैछौ किन ? सुविना ः हैन सर ! त्यो पाँच नम्बर कसरी आयो भनेर सोचेर हाँसेको । – सुविना तामाङ घुमारिचोक
स्तनपान गराउँदा आमा पनि बलियो हुने ! एउटा नयाँ अनुसन्धानलाई आधार मान्ने हो भने आमाको दूधले शिशुलाई मात्र बलियो बनाउँदैन, स्तनपान गराउँदा आमालाई समेत शक्ति प्राप्त हुन्छ । अनुसन्धानबाट शिशुलाई बोतलको दूध खुवाउने आमाको दाँजोमा स्तनपान गराउनेहरू नवजात शिशु र आफ्नो बढी नै आक्रामक रुपले रक्षा गर्न सक्छन् । यो अध्ययन जर्नल साइत्रकोलजिकल साइन्समा प्रकाशित भएको हो । अनुसन्धान अनुसार स्तनपानले महिलालाई अतिरिक्त साहस दिन्छ । शरीरको विशिष्ट डर प्रतिक्रियालाई दवाउनका लागि उनीहरूलाई यो साहसको आवश्यकता हुन्छ । अन्य महिलाको दाँजोमा स्तनपान गराउने महिलाको रक्…
नेताहरु भन्छन्– जनताको चाहना र आवश्यकता अनुसार प्रदेशको सिमांकन विवाद टुंगो लगाउनुपर्छ । तर मधेशी मोर्चा सिमांकनलाई बटमलाइन बनाएर ४ महिनाभन्दा अगाडिदेखि आन्दोलन गरिरहेका छन् । यहाँनेर प्रश्न उठ्छ के मधेशी मोर्चाका सदस्यहरु एवं उसका समर्थक ता शुभेच्छुकहरु नेपाली जनता होइनन् ? यदि सरकार र नेताहरुको नजरमा उनीहरु पनि नेपाली जनता नै हो भने जनताले चाहे अनुसार सिमांकन विवाद मिलाएर टुंगो लगाइ दिएको खण्डमा आम नेपाली जनताहरुले आजकल जुन अभाव र पिडा झेलरहेको छ त्यसबाट उन्मुक्ति चाँडै पाइन्छ होला । तर हाम्रा प्रधानमन्त्रीज्यू यो समस्यालाई हल गर्नुको साटो आ…
पौष २७ गतेदेखि माघ ३ गतेसम्मको राशीफल मेष ः साताको सुरुका दिन राम्रो रहेको हुँदा नयाँ कामको योजना छ भने सुरुका दिन प्रयोग गर्नु उपयुक्त रहनेछ । प्राविधिक काममा लाग्नु हुनेहरुका लागि साता राम्रो रहेको भन्न सकिनेछ । कृषि क्षेत्रका मानिसको लागि राम्रो साता भन्न नसकिएला । साता मध्यम । वृष ः पारिवारिक दृष्टिकोणले साता राम्रो रहेको भन्न सकिन्छ । विदेशसँग सम्बन्धित काममा लाभदायक सप्ताह रहेको अवस्था देखापरेको छ । अहँकारको कारणले बन्न लागेको काम पनि बिग्रन सक्ने हुनाले होस पु¥याउनु पर्ला । भगवानको कृपा तपाइँलाई प्राप्त हुनेछ । मिथुन ः मनले होइन …
सम्भोगमा लुगा फुकाल्नुको सुख अद्वित्तिय पूर्णतया नग्न शरीरमा सभोग क्रिडा गर्दा यौनांग स्पर्शको असीम आनन्द प्राप्त हुने गरेको अवधारणा अधिकांश स्त्री पुरुषमा व्याप्त छ । तर, कहिलेकाहीं स्त्रीको विशिष्ट पहिरनका कारण पनि पुरुषले अतिरिक्त आनन्द महसूस गर्छन् । कतिपय पुरुषले स्त्रीले अंकमाल गरी उनको कम्मर स्तन तथा सांप्राहरु छुँदा–मसार्दा, स्त्रीको कोमल लुगाको स्पर्श पनि निकै उत्तेजक र सुखद् प्रतीत गर्छन । केही अति लज्जालु स्त्रीले पूर्ण रुपमा निर्वस्त्र भएर सम्भोग गर्न रुचाउँदिनन्, उनीहरुले यस्तो व्यवहारलाई उत्ताउलोपना मान्छन् । पुरुषले उनको यस लज्…
एक्काइसौँ शताव्दीको सत्यवादी श्रीमती ...... विवाहपछि लोग्नेले आफ्नो स्वास्नीसँग सोधेछ– लोग्ने ः तिम्रो बिहेभन्दा अगाडि पहिले कतिवटा ब्वाईफ्रेण्ड थियो ? यो सुनेर स्वास्नीले लोग्नेको हाथमा एउटा खाम राखिदिएछ, जसमा केही मकैको गेडा अनि ३०० रुपैयाँ पनि थियो, त्यो देखेर लोग्नेले स्वास्नीलाई सोधेछ, लोग्ने ः के हो यो ? स्वास्नी ः म जब ब्वाईफ्रेण्ड बनाउँथेँ प्रत्येक पल्ट १ गेडा मकै राख्ने गर्थेँ ! लोग्ने ः (मकैको गेडा गन्दै) जम्मा ३ वटा मात्रै ??? अनि यो ३०० रुपैयाँ चाहिँ के का लागि नि ? स्वास्नी ः ५ किलो मकै चाहिँ बेचिदिएँ त्यसैको पैसा हो !…
बढी टिभी हेर्नु हानिकारक हुने टिभी हेर्न सबै रुचाउँछन् तर टिभी हेर्न बानी आवश्यकता भन्दा बढी हुंदा जीवनकै लागि खतरनाक हुन सक्छ । टिभी हेर्दा हरेक घण्टा तपाईंको उमेर २२ मिनेट कम हुंदै जान्छ । एउटा अध्ययनले उमेर र टिभी हेर्नुबीच यस्तो सम्बन्ध देखाएको हो । बोस्टनको हावर्ड स्कूल अफ पब्लिक हेल्थले यो अनुसन्धान गरेको थियो । अध्ययनमा औसत रुपमा दिनहुँ छ घण्टासम्म टिभी हेर्नेको उमेर पांच वर्ष कम हुने औंल्याएको छ । अनुसन्धानमा दावी गरिएको छ कि बढी समयसम्म टिभी अगाडि बस्नु स्वास्थ्यका लागि त्यति नै खतरनाक हो जति धूम्रपान र मोटोपनाले हुुन्छ । यसको कारण…
नेपालको संविधानमा सीमान्तीकृत समुदायको हक अधिकार देहाय बमोजिम व्यवस्था गरिएको छ । राजनीतिक, आर्थिक र सामाजिकरूपले पछाडि पारिएका, विभेद र उत्पीडन तथा भौगोलिक विकटताको कारणले सेवा सुविधाको उपभोग गर्न नसकेका वा मानव विकासको स्तर भन्दा न्यून स्थितिमा रहेका समुदायलाई सीमान्तीकृत समुदायको रुपमा परिभाषा गरिएको । आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने । सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका सीमान्तीकृत समुदाय लगायत नागरिकको संरक्षण, सशक्तीकरण …
१. खुर्सानीको धूलो बालीनाली विशेष गरि तरकारी बालीमा छर्कनाले खुर्सानीको पुतली, काँक्रा, फर्सीको खपटे, लाही, पात खन्ने कीरा, ढुसी आदिको नियन्त्रण भएको पाईको छ । २. १ किलो काटेको प्याजमा आधा लिटर उमालेको पानी मिसाई बनाएको झोललाई १५ लिटर पानीमा मिसाई हरेक १० दिनमा छर्नाले कत्ले कीरा, थ्रिप्स, लाही र माईटलाई नियन्त्रण गर्न सकिन्छ । ३. ४ पोटी लसुन, ३ मुठी सयपत्री फूलको पात, ४ वटा प्याजको गानो र ४ वटा पिरो खुर्सानी एकै ठाउँमा मसिनो गरी पिस्ने र १ लिटर पानीमा १५ मिनेटसम्म उमालेर चिसो गराउने । यसरी तयार गरिएको मिश्रणमा ३ भाग पानी मिसाई छर्नाले बालीम…
मलाई छोडी नजाउ प्रिय यो संसार भुल्न गाह्रो छ पल पल तिम्रो याद आउँदा अनायासै छाती पोल्दछ मेरो यो जिन्दगीमा तिम्रो अजम्बरी प्रित छ मलाई छोडी नजाउ प्रिय यो संसार भुल्न गाह्रो छ
मुखमा दारु पकेटमा भारु यीनै हुन् मधेशका जुझारु मधेशका जनता सोझा छन् बन्दुकेदेखि तर्सिन्छन् आन्दोलनका नाउँमा आगो लगाउने बेतुकको कुरामा मान्छे मार्ने संसदमा बस्ने व्यक्ति सडकमा बस्ने के संविधानको कुरा अब सडकमै लेख्ने ? यस्तालाई जनताले किन पत्याए जनमतलाई खुट्टाले पत्याए महिनौँको बन्द र हडताल अन्त्य गर गरिब जनतामाथि अन्याय नगर दैनिक ज्याला गर्ने भोक भोकै परिसके गरिबको नाउ गरि नसक्ता गरि खान दे सबैको इन्साफ भोलि हुनेछ गरिबको हातमा भोट दिने बेला आउनेछ ।
चलता फिरता एक मुसाफीर, हम क्या सोचना है... हम है कौन आपका वातेँ जो वनाते है व सच्चे दिलवाले आदमी नहि ए वातेँ सहि है मुलाकात होता है तो वश ख्यालो सिफकक ख्यालोमे हमे एक दोश्त सम्झे या दुश्मन हर आदमीको दोश्त तो जरू होता है जिन्दामे हो या मरनेके वक्त पर ईसिलिए हम सामेल होता रहता हु इक नई दोश्त आपका, मुसाफीर ।
– प्रकाशमान श्रेष्ठ सक्व ...... याते कलीयुगे वर्षे शश्यकाशकरीमही ।। मासेच फाल्गुणे चैव तिथौ गौरीशिवे शुभै ।। सप्तग्राम समूहित्वा शंखपुरो भविष्यति ।। माथिको श्लोक अनुसार कलीयुग वर्ष शशी आकाश करी र मही सालमा फागुन सुदीन तृतियाको शूभ दिनमा सातगाउँहरु मिलाएर शंखरापुर नगर बनाईनेछ, भनिएको छ । संस्कृत भाषाको हस्तलिखित ग्रन्थमा उद्धृत उक्त श्लोक मणिशैल महावदानमा लेखिएको सयौँ वर्ष पुरानो भइसकेको छ । त्यसमा वर्णन गरिए अनुसार साँखुलाई शंखरापुर भनिएको छ भने दाहिने शंखको आकारमा निर्माण गरिनुपर्ने र त्यस नगरको प्रथम राजा पनि शंखदेव भनि किटान गरिएको पाईन्छ ।…
– प्रकाशमान श्रेष्ठ सक्व ...... याते कलीयुगे वर्षे शश्यकाशकरीमही ।। मासेच फाल्गुणे चैव तिथौ गौरीशिवे शुभै ।। सप्तग्राम समूहित्वा शंखपुरो भविष्यति ।। माथिको श्लोक अनुसार कलीयुग वर्ष शशी आकाश करी र मही सालमा फागुन सुदीन तृतियाको शूभ दिनमा सातगाउँहरु मिलाएर शंखरापुर नगर बनाईनेछ, भनिएको छ । संस्कृत भाषाको हस्तलिखित ग्रन्थमा उद्धृत उक्त श्लोक मणिशैल महावदानमा लेखिएको सयौँ वर्ष पुरानो भइसकेको छ । त्यसमा वर्णन गरिए अनुसार साँखुलाई शंखरापुर भनिएको छ भने दाहिने शंखको आकारमा निर्माण गरिनुपर्ने र त्यस नगरको प्रथम राजा पनि शंखदेव भनि किटान गरिएको पाईन्छ ।…
सामाजिक संजाल