२०७९ श्रावण २ गते लावण्य/साँखु । शंखरापुर नगरपालिकाले आजै एक सूचना प्रकाशित गरी जग्गा वर्गिकरणको लागि आवेदन आव्हान गरेको छ । सूचनाको विवरण यस्तो रहेको छ – यस शंखरापुर नगरपालिकाको भौगोलक सीमा भित्रका सबै सरकारी, सार्वजनिक, पर्ति जग्गाहरु, वन क्षेत्र, नदी नाला एवं तिनले चर्चेको क्षेत्र, धार्मिक पुरातात्विक ऐतिहासिक महत्वका मठमन्दिर, तिर्थ स्थल एवं सो सम्बन्धमा पछि नेपाल सरकारले भू–उपयोग कार्यक्रम सञ्चालन हुने स्थानीय तहको नाम र मिति खुलाई नेपाल राजपत्रमा प्रकाशन गरेपश्चात् भू–उपयोग नियमावली २०७९, नियम ८ को अनुसूची १ मा उल्लेखित आधार समेतलाई दृष्…
शंखरापुर नगरपालिकाको प्रायोजन तथा शंखरापुर कृषक समूहको आयोजनामा १९ औ“ राष्ट्रिय धान दिवस शंखरापुरमा मनाइयो । २०७९ असार १५ गते लावण्य/साँखु । शंखरापुर नगरपालिकाको प्रायोजन तथा शंखरापुर कृषक समूहको आयोजनामा १९ औँ राष्ट्रिय धान दिवस शंखरापुरमा मनाइयो । धान दिवस कार्यक्रमका प्रमुख अतिथि वागमति प्रदेश सदस्य मणिराम फुयाल, विशेष अतिथि शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, विशेष अतिथि उप मेयर समिता श्रेष्ठ, अतिथि वडा नं. ६ का वडा अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, शंखरापुर नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । औपचारिक कार…
– क्रिस्टिना श्रेष्ठ – २०७८ कार्तिक २४ गते लावण्य/साँखु । लावण्य सन्देश साप्ताहिकका व्यवस्थापक सत्यनारायण श्रेष्ठ नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति काठमाडौँको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । यही मंसिर २ गते सम्पन्न संघको पाँचौ साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै ११ सदस्यीय कार्यसमितिको चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा रामप्रसाद गौतम, सचिवमा पुष्पराज सापकोटा, कोषाध्यक्षमा अम्बिका थपलिया निवर्तमान अध्यक्ष भरतप्रसाद नेपाल सदस्यहरूमा जीवन प्रसाद बर्तौला, राजुराज पुरी, विस्वनाथ अधिकारी, ईश्वर पुडासैनी, सु…
काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि आजदेखि कालीमाटी फलफूल तथा तरकारी ढुवानीका गाडीमा जोर बिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजारमा भएको भीडलाई रोक्नको लागि जोर बिजोर प्रणाली लागू गरेको फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिएका छन् । कालीमाटी तरकारी बजार राति १ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने छ र जोर गतेको दिन जोर र बिजोर गतेको दिन बिजोर नम्बरको गाडी चल्ने छ ।
१२ जेठ, काठमाडौं । मकवानपुरको मवानपुरगढी–६का कृष्णप्रसाद ढुंगानाको खेतमा रोपिएको चैते धानमा मल हाल्न बितिसक्यो । तर, निषेधाज्ञाका कारण उनी हेटौंडा बजारमा मल लिन जान पाएका छैनन् । ‘यहाँबाट बस, अटो गाडी केही चलेको छैन, आफ्नो सवारी पनि छैन,’ उनी भन्छन्, ‘हिँडेर गएर मल ल्याउन सकिन्न, यसपालि चैते धानले मल नभेट्ने भयो ।’ मल हाल्न नपाएपछि धानको उत्पादन घट्ने मात्रै हैन, बोट समेत नसप्रिएर पराल पनि गतिलो नहुने उनको चिन्ता छ । स्थानीय सहकारीमा मल नभएपछि उनीहरुलाई हेटौंडा नगई सुख छैन । तर, हेटौंडा पुगेर मल ल्याउन सम्भव हुने अवस्था पनि छैन । मकवानपुरका म…
लावण्य/साँखु । यही पौष ५ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई भक्तपुरको आयोजनामा शंखरापुरमा चलिरहेको आलु जानेको विषयमा जानकारीमूलक कार्यक्रम गरिएको छ । सो अवसरमा कृषि क्षेत्रमा पकेट, ब्लक, जोन, सुपर जोन सम्बन्धी जानकारी गराउनुका साथै शंखरापुर नगरपालिकामा लागू भएको आलु जोन सम्बन्धी यहाँका स्थानीय किसानहरुलाई जानकारी गराउन कार्यक्रममा आलु जोन सम्बन्धी प्रशिक्षणात्मक जानकारी गराइएको थियो । लकडाउन हुँदा पनि परियोजनाले ५०.०६ प्रतिशत प्रगति हासिल गरेको बताइएको छ । परियोजनाले प्रति वर्ष करीब २ करोड २३ लाख रुपैयाँ बराब…
लावण्य/साँखु । भक्तपुर, २९ भदौ । लहलह धानको बाला झुल्ने समयमा धानको बोटमा गेडाको सट्टा पोगटामात्र देख्दा कुन किसानको मन खुसी होला र ! भक्तपुरको चाँगुनारायण नपा वडा नं ४ हलछापका किसानहरूले आज त्यही विस्मात् भोगिरहेका छन् । विगतमा डीवाई २८ ब्रान्डको चिनियाँ हाइब्रीड धान लगाइरहेका किसानहरूले यो वर्ष समयमै सो ब्रान्डको धानको बीउ नपाएपछि बजारमा पाइएको ‘उपज’ नामको धानको बीउ रोपे । लगातार एकैथरी धानको बीउ रोप्नुभन्दा केही वर्ष फरक खालको बीउ रोप्नु पनि ठीकै हुने विचार गरी किसानहरूले ‘उपज’ नामको भारतीय ब्रान्डको धानको बीउ रोपे । धानको बोट ठीकै उम्रिय…
राजु थापा खुलालटार हेलो किसान । युरिया मल पाउनु भयो < कि मल नै नहालि धान काट्नु भयो < कि मल नै नहालि मकै भाँच्नु भयो < मलको अभाब भएकोले तरकारी खेति नगर्ने सोचमा हुनुहुन्छ कि < पर्खनुहोस सरकारले सापटी मल ल्याउदैँछ । देशभरी किसान छन , खान पुग्ने अन्न छैन । खोलाभरी पानी छ खेतमा सिंचाइ छैन । कृषि सहकारीबाट मल बितरण गर्ने सरकारी नीति छ , गोदाममा एक बोरा मल छैन । नीतिहरू राम्रा छन , बेथितिहरू धेरै छन् । हाम्रो कृषि तपाईले फलाउनु भएको फर्सि जस्तै छ । बाह…
सामाजिक संजाल