२०७९ श्रावण २ गते
लावण्य/साँखु । शंखरापुर नगरपालिकाले आजै एक सूचना प्रकाशित गरी जग्गा वर्गिकरणको लागि आवेदन आव्हान गरेको छ ।
सूचनाको विवरण यस्तो रहेको छ –
यस शंखरापुर नगरपालिकाको भौगोलक सीमा भित्रका सबै सरकारी, सार्वजनिक, पर्ति जग्गाहरु, वन क्षेत्र, नदी नाला एवं तिनले चर्चेको क्षेत्र, धार्मिक पुरातात्विक ऐतिहासिक महत्वका मठमन्दिर, तिर्थ स्थल एवं सो सम्बन्धमा पछि नेपाल सरकारले भू–उपयोग कार्यक्रम सञ्चालन हुने स्थानीय तहको नाम र मिति खुलाई नेपाल राजपत्रमा प्रकाशन गरेपश्चात् भू–उपयोग नियमावली २०७९, नियम ८ को अनुसूची १ मा उल्लेखित आधार समेतलाई दृष्टिगत गरी वर्गिकरणको प्रक्रियालाई थप प्रष्ट एवं वस्तुनिष्ठ बनाउने गरी हाललाई यस नगरपालिकाका मिति २०७९÷०४÷०१ को स्थानीय भू–उपयोग परिषदको निर्णय, वडा न. ५, ६, ७ र ९ मा स्मार्ट सिटीको अवधारणा, पूर्वी काठमाडौँ नयाँ शहरी आयोजना स्थापना गरी कार्य आरम्भ भईरहेको सन्दर्भ समेतको आधारमा यस नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण जग्गालाई आवासीय क्षेत्रको रुपमा वर्गिकरण गर्न सन्दर्भमा यस शंखरापुर नगरपालिकामा बसोबास गर्ने कुनै व्यक्ति÷फर्म÷संस्थाले आफ्नो जग्गा कृषि योग्य कायम गर्न माग गरी अभिलेखमा कृषि योग्य कायम गरिदिन भनी लिखित निवेदन, जग्गा धनी पूर्जा र नागरिकताको प्रतिलिपि सहित सम्बन्धित वडा कार्यालयमा कार्यालय समयमा मिति २०७९÷०४÷१६ गते भित्र पेश गर्न यो सूचना प्रकाशन गरिएको छ ।
शुभद्रा पुडासैनी
शाखा अधिकृत
0 Comments
Thanks for your concerns