२१ भाद्र २०७९, सोमवार लावण्य/साँखु । काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगको कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधीहरुले पदबहाली गरेको १०० दिन पूरा गरेका छन् । जनप्रतिनिधीहरुले पद बहालीगरेको १०० दिनको अवसरमा नगरपालिकाले गरेका काम तथा आगामी योजनाका कार्यहरु नर्लिङ रिसोर्टमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेको छ । सो अवसरमा नगरपालिकाले जनताको सेवामा १०० दिन पूरा गरेको छ । नगरपालिकाले सामाजिक विकाशलाई मुख्य प्राथमिकता निर्धारण गरी अगाडि बढेको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जानकारी दिनुभयो । साथै नगरपालिकाले नगरपालिकाको समग…
लावण्य/साँखुं । बाजुराको बूढीगङ्गा नगरपालिकामा मत गणना भइरहेको छ । मेयर र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । एमालेबाट मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा माया कुँवर तथा नेपाली कांग्रेसबाट मेयरमा रङ्गबहादुर खाती, उपमेयरमा रीता शाही प्रतिस्पर्धामा छन् । पछिल्लो मत परिणाम अनुसार मेयरमा बानियाँले ३ हजार ८ सय ८१ र खातीले ३ हजार १ सय १ मत प्राप्त गरेका छन् । बानियाँ खातीभन्दा ७ सय ८ मतले अगाडि छन् । उपमेयरमा माया कुँवरले ३ हजार ७ सय ५३ र रीता शाहीले ३ हजार १ सय ५३ प्राप्त गरेकी छन् । अहिले सम्म वडा नम्बर १, २, ३, ७, ८, ९ र १० को मत परिणाम…
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाखको बजेट २०७९ असार ११ गते लावण्य/साँखु । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकार दिइन् । यो कुल बजेटको २० प्रतिशत हो । त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ । भरतपुर महानगरपालिकाको बजेट बढ्यो, आगामी आर्थिक वर्षका लागि ५ अर्ब ७४ करोड विनियोजन भरतपुर महानगर पालिका…
२०७९ जेष्ठ २१ गते लावण्य/साँखु । शनिवार साँखु जेसीजले शालिनदीरोड स्थित समरा गार्डेनमा शंखरापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले भन्नुभयो– “शंखरापुर नगरपालिका यथावत कायम गर्ने आन्दोलनमा साँखु जेसीजको महत्वपूर्ण भूमिका रहेको र यदि त्यो आन्दोलन गर्न नसकेको भए अहिले मैले मेयर हुने सौभाग्य पाउने थिएन ।”ं उहाँले नगरपालिकाको बोर्ड बैठकले गरेको पहिलो निर्णयको बारेमा भन्नुभयो– कुनै पनि हालतमा अवैध र अनियमित प्राकृतिक दोहन रोकिनेछ । र जेष्ठ नागरिक एवं गर्भवती मह…
नवनिर्वाचित मेयर रमेश नापितले शुक्रवारै पद बहाली गर्नुभएको छ । २०७९ जेष्ठ ७ गते लावण्य/साँखु । शंखरापुर नगरपालिकाका नवनिर्वाचित मेयर रमेश नापितले यही जेष्ठ ६ गते शुक्रवार शपथ ग्रहण पछि दिउँसो करीब साढे ४ बजे शंखरापुर नगरपालिका पुगेर पदबहाली गर्नुभएको छ । सो अवसरमा उहाँले विद्यालयमा साताको दुई दिन विदा दिन संघीय सरकारले लागू गरेको निणयको पुनर्विचारको लागि प्रअहरुको बैठक राख्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । यस अघि उहाँ राष्ट्रिय सभागृह पुगेर शपथ ग्रहणमा सहभागी हुनुभएको थियो भने शपथ ग्रहण लगत्तै शंखरापुरका निर्वाचित वडा अध्यक्षहरु, राप्रपाक…
२०७९ जेष्ठ ७ गते लावण्य/साँखु । कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली काँगे्रसका नेता उपेन्द्र कार्की निर्वाचित भएका छन् । उप मेयरमा भने नेकपा एमालेका शान्ति थापा निर्वाचित भएका छन् । मेयरमा कार्कीले ११ हजार ३२२ मत पाए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरे । त्यसैगरी निवर्तमान मेयर नेकपा एकीकृत समाजवादीका कृष्णहरी थापाले ३ हजार ५५६ मत पाए भने राप्रपाका राजु फुयालले १ हजार ४१८ मत पाएका छन् । उपमेयरमा एमालेकी थापाले ९ हजार ९७५ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईं ५ हज…
२०७९ जेष्ठ ८ गते लावण्य/साँखु । शंखरापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण निवर्तमान मेयर सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यता र मेयर रमेश नापितको सभापतित्वमा आज शंखरापुर पोलिटेक्निक ईन्स्टिच्यूटको सभा हलमा सम्पन्न भएको छ । शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान मेयर सुवर्ण श्रेष्ठले शंखरापुर नगरपालिकामा प्रमुख रुपमा गर्नुपर्ने कार्यहरुको जग बसालिसकेको हुँदा सोही जगमा टेकेर नव निर्वाचित जनप्रतिनिधिहरुले काम गर्दा सजिलो हुने र आफू अब मेयर रहेन भनेर चुप लागेर नबस्ने बताउँदै जुनसुकै बेला जहाँसुकै पनि जनप्रतिनिधिहरुले आवश्यकत…
२०७९ जेष्ठ ४ गते लावण्य/साँखु । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौंको शंखरापुर नगरपालिका प्रमुख जिताउन निर्णायक मत दिलाउने वडा नम्बर ६ मा राधाकृष्ण श्रेष्ठको प्यानलै विजयी भएको छ । श्रेष्ठले सर्वाधिक १ हजार ९१ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मानकाजी मानन्धरले २ सय ९२ मत पाएका थिए । यस्तै एकीकृत समाजवादीका शंकरमान श्रेष्ठले २ सय ४६ मत पाएका छन् भने नेपाली काँगे्रसका मीरा महर्जनले २ सय ३८ मत पाएकी छिन् । माओवादी केन्द्रका विनोद कपालीले ५३ मत पाएका छन् । वडाध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि पनि सोही वडामा अध्यक्ष रहेका थिए …
राप्रपाले पनि खाता खोल्यो वडा नं. ३ प्यानल सहित विजयी २०७९ जेष्ठ २ गते लावण्य/साँखु । गत २०७४ सालको स्थानीय तहको चुनावमा शंखरापुर ४ मा मात्रै जीत हासिल गरेको नेपाली काँगे्रसले यसपटक भने वडा नं. ९ बाट सहदेव श्रेष्ठको प्यानलले खाता खोल्दा वडा नं. २ मा रण बहादुर र वडा नं. ८ मा पनि जीत हासिल गरेको छ । वडा नं. ४, ५ र ६ को मत गन्न बाँकी रहेको छ भने वडा नं. ३ र वडा नं. ७ को गणना भईरहेको छ । त्यसैगरी वडा नं. १ मा ने माओवादीले खाता खोलेको छ । तर वडा अध्यक्ष बाहेक सबै सदस्यहरु नेकपा एकीकृत समाजवादीले जीत हासिल गरेको छ । त्यसैगरी वडा नं. ३ मा प्यानल सहि…
शंखरापुरको मेयरमा एमाले र उप मेयरमा काँगे्रसको अग्रता कायमै, वडा नं. ९ मा नेका र वडा नं. १ मा माके विजयी २०७९ बैशाख ३१ गते लावण्य÷साँखु । काठमाडौँको शंखरापुरमा नेकपा एमालेका कृष्णलाल बजगाइँले अग्रता लिएको छ, उहाँलाई नेकपा एकीकृत समाजवादीका एलपी श्रेष्ठले पछ्याईरहेका छन् । हामीलाई प्राप्त जानकारी अनुसार नेकपा एमालेका कृष्णलाल बजगाईले १२४८ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका एलपी श्रेष्ठले ११९१ मत प्राप्त गरेका छन् भने राप्रपाका रमेश नापितले १०८९ मत र नेकपा माओवादी केन्द्रका मधु केसी (निरज)ले ६५५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी जसपा नेपाल…
२०७९ बैशाख २२ गते – सहन श्रेष्ठ – लावण्य/साँखु । नेपाली कांग्रेसले पोर्टीका बागी उमेदवारलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै उमेदवारीप्रति पुर्नविचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गर्न सूचना दिदाँ पनि अटेरी गरेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिएका छन् । कांग्रेसले पार्टीका आधिकारिक उमेदवार तथा पार्टीले समर्थन गरेका उमेदवारविरुद्ध विद्रोही बनेर छुट्टै उमेदवारी दिएकाहरूलाई पार्टीबाट निष्कासन गरेको हो । बागी उमेदवारका प्रस्तावक र समर्थकलाई समेत कांग्रेस…
आउँदो बैशाख ३० गतेको स्थानीय तहको चुनावमा सम्भव भएका ठाउँसम्म विद्युतीय मतदान प्रयोगमा ल्याउने हो भने केही हदसम्म मत बदर प्रतिशत घटाउन सकिन्छ । अर्कोतर्फ केही वर्ष अगाडि नै सर्वोच्चले दिएको आदेश अनुसार “नो भोट”को अधिकार स्थापित गर्न निर्वाचन आयोग र सरकारले ढिलाई गर्नु हुन्न । प्रजातान्त्रिक मुलुकमा सर्वोच्चको आदेश पालना नहुनुलाई अनर्थका रुपमा लिने गरिन्छ । २०७९ मै गर्नुपर्ने प्रदेशसभा÷प्रतिनिधिसभा निर्वाचनमा सबै ठाउँमा अनिवार्य रुपमा विद्युतीय मेशीनको प्रयोग गरौं । यस्तो गरिएमा मतदाता शिक्षाका कारण र विद्युतीय मेशीनमा मतदान बदर नहुनुको कारणले …
सामाजिक संजाल