२०७९ जेष्ठ ८ गते
लावण्य/साँखु । शंखरापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण निवर्तमान मेयर सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यता र मेयर रमेश नापितको सभापतित्वमा आज शंखरापुर पोलिटेक्निक ईन्स्टिच्यूटको सभा हलमा सम्पन्न भएको छ ।शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान मेयर सुवर्ण श्रेष्ठले शंखरापुर नगरपालिकामा प्रमुख रुपमा गर्नुपर्ने कार्यहरुको जग बसालिसकेको हुँदा सोही जगमा टेकेर नव निर्वाचित जनप्रतिनिधिहरुले काम गर्दा सजिलो हुने र आफू अब मेयर रहेन भनेर चुप लागेर नबस्ने बताउँदै जुनसुकै बेला जहाँसुकै पनि जनप्रतिनिधिहरुले आवश्यकता महसुस गरेको ठाउँमा आफू सक्रिय भएर लाग्ने बताउनुभएको छ ।
सभापतित्व गर्दै मेयर रमेश नापितले सबै जनप्रतिनिधिहरुसँग छलफल गरेर सबैलाई सँगै लैजाने गरी आफु अगाडि बढ्ने विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शंखरापुरमा कार्यरत राजनैतिक पार्टीका प्रतिनिधिहरु र लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
जनप्रतिनिधिहरुको शपथ ग्रहण लगत्तै मेयर नापित शंखरापुरका श्रद्धेय नेता स्वर्गिय जोगमेहेर श्रेष्ठको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्न भाग्योदय माध्यमिक विद्यालयमा पुग्नुभएको थियो ।
0 Comments
Thanks for your concerns