२३ मंसिर, २०७९ लावण्य/साँखु । दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने–सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् । यस्तै अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेल हुँदा विगतलाई सम्झाउनेछ । यी…
२१ मंसिर २०७९, बुधवार लावण्य/साँखु । मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गरेसँगै कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार स्वीट्जरल्यान्डलाई हराएसँगै पोर्चुगल क्वार्टरफाइनल पुग्ने अन्तिम टिम बन्यो । त्यसअघि सन् २०१० को विजेता स्पेनलाई हराएर मोरोक्को जारी विश्वकपको क्वार्टरफाइनल पुग्ने सातौं र एकमात्र अफ्रिकी राष्ट्र बनेको थियो । क्वार्टरफाइनलमा युरोपका पाँच टिमले स्थान बनाए । दक्षिण अमेरिकाबाट दुई र अफ्रिकाबाट एक टिमले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । अन्तिम–१६ मा एसियाका तीन राष्…
१४ असोज २०७९, शुक्रवार लावण्य/साँखु । “गरौ योग, रहौ निरोगी” भन्ने मूल नाराका साथ सुरु गरिएको पतञ्जली योग पिठ नेपालको तत्वावधानमा निशुल्क योग बिज्ञान शिविर रोटरी क्लब अफ साँखु, शंखरापुर नगरपालिका, चलाखुटोल सुधार समिति, सक्व स्काउट क्र्यु, रोट्रयाक्ट क्लब अफ साँखुको सहयोगमा सञ्चालन गरिएको शीविरको भोलि बिहान समापन हुने भएको छ । सो शीविर असोज ११ गते देखि शुरु भएको थियो । असोज १५ गते भोलि साँखुको चलाखु टोलमा बिहान ५ बजे देखि ७ बजे सम्म योग शीविर सञ्चालन गरिसकेपछि समापन कार्यक्रम गरिने भएको हो । सो शीविरमा प्रत्येक दिन सयौँको संख्यामा योगाभ्यास गर्…
१० असोज २०७९, सोमवार लावण्य/साँखु । शंखरापुर युथ क्लबको आयोजनामा भएको राष्ट्रिय रेपिड चेस प्रतियोगिता २०७९ को ७ राउण्डको खेल सम्पन्न भएको छ । जसमा भक्तपुरका खेलाडी गणेशमान दुवाल प्रथम भएका छन् । सो प्रतियोगिता स्वीस लिग प्रणालीबाट खेलाईएको थियो । जसमा गणेशमान दुवाल प्रथम भएका छन् भने द्वित्तियमा आशिष फुयाल, तेस्रोमा बद्रिलाल नेपाली, चौथोमा बिलमलाल श्रेष्ठ, पाँचौमा कमल श्रेष्ठ, छैठौँमा खोमप्रसाद तिमल्सिना, सातौँमा सुरोज महर्जन, आठौँमा निकेन कुसाथा, नवौँमा नविन तण्डुकार र दशौँमा प्रकाश सुवेदी विजयी भएका छन् । त्यसैगरी १८०० भन्दा कम रेटेड तर्फको …
९ असोज २०७९, आइतवार लावण्य/साँखु । शंखरापुर युथ क्लबको आयोजनामा भएको राष्ट्रिय रेपिड चेस प्रतियोगिता २०७९ को ७ राउण्डको खेल सम्पन्न भएको छ । जसमा भक्तपुरका खेलाडी गणेशमान दुवाल प्रथम भएका छन् । सो प्रतियोगिता स्वीस लिग प्रणालीबाट खेलाईएको थियो । जसमा गणेशमान दुवाल प्रथम भएका छन् भने द्वित्तियमा आशिष फुयाल, तेस्रोमा बद्रिलाल नेपाली, चौथोमा बिलमलाल श्रेष्ठ, पाँचौमा कमल श्रेष्ठ, छैठौँमा खोमप्रसाद तिमल्सिना, सातौँमा सुरोज महर्जन, आठौँमा निकेन कुसाथा, नवौँमा नविन तण्डुकार र दशौँमा प्रकाश सुवेदी विजयी भएका छन्। त्यसैगरी १८०० भन्दा कम रेटेड तर्फको खे…
साँखुमा ओपन रेपिड बुद्धिचाल प्रतियोगिताको आयोजना हुने भएको छ । २८ भाद्र २०७९, मंगलवार लावण्य/साँखु । शंखरापुर युवा क्लबको आयोजनामा यही २०७९ साल असोज ८ र ९ गते शंखरापुर कप ओपन रेपिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ । शंखरापुर युवा क्लबले सम्पूर्ण बुद्धिचाल पे्रमी खेलाडी महानुभावहरुलाई यही असोज ६ गते सम्ममा प्रतियोगितामा भाग लिनको लागि रजिष्टे«शन (नाम लेखाउन) गर्न अनुरोध गरेको छ । साथै खेलाडीहरु ८ गते ११ बजे सम्ममा खेल स्थलमा आउनुपर्ने समेत क्लबले जनाएको छ । रजिष्टे«शनको लागि ९८४३७८७१४७ मा ई–सेवा मार्फत् रजिष्टे«सन दस्तुर तिर्न अनुरोध गरेको छ ।…
२०७९ असार १७ गते लावण्य/साँखु । उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि आयोजना भइरहेको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा नेपालले स्वर्ण पदक जितेको छ । हाप्किडो राष्ट्रिय खेलाडी विजय कुमारी वाइवाले महिला तर्फ ५० देखी ५५ तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी छिन । शुक्रबार भएको खेलमा उहाँले सो पदक हात पारेकी हुन् । हाप्किडो मार्सल आर्ट अन्तर्गत पर्ने एक खेल हो । यस्तै पुरुष तौल समूह तर्फ ७० देखी ७५ केजी तौल समूहमा प्रवीण गुरुङले कास्य पदक प्राप्त गरेका छन् । ६० देखी ६५ केजी तौल समूहमा गुमान घर्ती मगरले कास्य पदक प्राप्त गरेको नेपाल मार्शल आट्र्स…
२०७९ असार १७ गते लावण्य/साँखु । उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि आयोजना भइरहेको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा नेपालले स्वर्ण पदक जितेको छ । हाप्किडो राष्ट्रिय खेलाडी विजय कुमारी वाइवाले महिला तर्फ ५० देखी ५५ तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी छिन । शुक्रबार भएको खेलमा उहाँले सो पदक हात पारेकी हुन् । हाप्किडो मार्सल आर्ट अन्तर्गत पर्ने एक खेल हो । यस्तै पुरुष तौल समूह तर्फ ७० देखी ७५ केजी तौल समूहमा प्रवीण गुरुङले कास्य पदक प्राप्त गरेका छन् । ६० देखी ६५ केजी तौल समूहमा गुमान घर्ती मगरले कास्य पदक प्राप्त गरेको नेपाल मार्शल आट्र्स…
असार ५ गते आईतवार लावण्य/साँखु । शंखरापुर नगरपालिकाको आयोजनामा साँखुमा सम्पन्न तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १४ स्वर्ण ५ रजत र २ कास्य सहित भगबती माध्यामिक विद्यालय पहिलो स्थानमा रहन सफल भएको छ । प्रतियोगीतामा उग्रतारा माध्यामिक विद्यालय ४ स्वर्ण ६ रजत र ८ कास्य पदक सहित दोश्रो स्थानमा रहे भने साँखु पालुवारी सामुदायिक विद्यालय ३ स्वर्ण ५ रजत र २ कास्य पदक सहित तेश्रो स्थानमा रहेको छ। त्यसैगरी कालिका शरण माध्यामिक विद्यालय ३ स्वर्ण ३ रजत र ५ कास्य पदक सहित चौथौं र २ स्वर्ण ३ रजत र ५ कास्य पदक सहित शारदा माध्यमिक विद्यालय पाँचौं स्थ…
– कृशु श्रेष्ठ – २०७८ असार २८ गते लावण्य/साँखु । घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो २०२० को उपाधि जितेको छ। सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो। पेनाल्टी सुटआउटमा इटालियन गोलकिपर डोन्नरुम्माले इंग्ल्यान्डका दुई प्रहारलाई विफल पारेका थिए। इंग्ल्यान्डको एउटा प्रहार भने पोस्टमा लागेको थियो। पेनाल्टी सुटआउटमा इटालीका बेलोटीको प्रहारलाई इंग्लिस गोलकिपर पिकफोर्डले विफल पारेका थिए। यस्तै इंग्ल्यान्डक…
रियो दि जेनेरियो : कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको माराकाना रंगशालामा आइतबार बिहान भएको फाइनलमा घरेलु टिम ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । खेलको पहिलो हाफको २२औं मिनेटमा डि मारियाले गरेको एकमात्र गोल खेलको निर्णायक बन्यो । योसँगै अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको ठुलो उपाधि मुलुकलाई जिताउने एउटा सपना पूरा भएको छ । उनले बार्सिलोनाबाट दर्जनौँ पटक ट्रफी जिते पनि मुलुकलाई ठुलो उपाधि दिलाउन सकेका थिएनन् । समाचार स्रोत अन्नपूर्ण पोष्ट डटकमबाट
कृशु श्रेष्ठ २०७८ साल असार २३ गते लावण्य/साँखु । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । कोलम्बिया टाइब्रकेरमा पराजित भएको हो । खेलमा अर्जेन्टिनाले लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरसम्म पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले सातौं मिनेटमै गोल गरेका थिए । ६१ औं मिनेटमा लुइस डियाजको गोलम…
लावण्य/साँखु । पेरुलाई १– ० ले स्तब्ध पार्दै ब्राजिल जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान ब्राजिलको ओलम्पिक मैदानमा सम्पन्न खेलमा लुकास पाक्वेलाले खेलको ३५ औं मिनेट गोल नै निर्णायक बन्यो । उनले स्टार खेलाडी नेयमारको पासमा गोल गरेका थिए । रोमाञ्चक खेलमा ब्राजिलले पेरुको पोस्टमा १५ सुट प्रहार गरेको थियो । जसमा टार्गेट अन सुट ८ वटा थियो । यस्तै पेरुले ब्राजिलको पोस्टमा ७ प्रहार गरेपछि २ वटा मात्रै टार्गेट थियो । ३ वटा पहेँलो कार्ड प्रयोग गरिएको खेलमा ब्राजिलको बल पोजिसन ६४ प्रतिशत र पेरुको ४४ प्रतिशत रहेक…
दुनियाको प्राचिनतम चिकित्सा प्रणाली हो, आयुर्वेद । अहिले विश्वमा जतिपनि चिकित्सा प्रणालीको विकास भएको छ, ति सम्पूर्णको प्रेरणा यही आयुर्वेदबाट लिइएको मानिन्छ । कुनैपनि रोगलाई जरैबाट नष्ट गर्ने क्षमताका कारण अहिले अधिकांशले आयुर्वेदप्रति विश्वास गरेका छन् । आयुर्वेद चिकित्सालाई पपिन त्यसको विषयका हिसाबले आठ अलग–अलग भागमा विभाजन गरिएको छ । यी आठ भागको सम्मिलित रुपलाई ‘अष्टांग आयुर्वेद’ नाम दिइएको छ । यी प्रत्येक शाखालाई विस्तारमा जानौं । काय चिकित्सा यो काय शब्दको अर्थ अग्नी हो । काया चिकित्साको अर्थ हो अग्नीसँग जोडिएको चिकित्सा । आयुर्वेदमा अग्…
लावण्य/साँखु । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे । समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ । नेपालको लक्ष्य समूहको शीर्ष चारभित्र परेर सोझै एशिया कप छनोटको तेस्रो चरणमा पुग्ने हो । त्यसका लागि आजको जीत महत्वपूर्ण हुने अपेक्षा गरिएको …
१९ जेठ काठमाडौं लावण्य/साँखु । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण बिहीबार सुरु हुँदैछ । कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो पहिलो खेल बिहीबार चाइनिज ताइपेईसँग खेल्दैछ, त्यसै समयमा अष्ट्रेलिया र घरेलु टोली कुवेतबीच पनि खेल हुँदैछ । नेपाल र चाइनिज ताइपेईलाई सन् २०२२ को कतार विश्वकप छनोटको अर्को चरणमा पुग्न कठिन छ । अझ चाइनिज ताइपेई त विश्वकपको तेस्रो चरणमा पुग्ने होड…
लावण्य÷साँखु । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शनिवार नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी–२० अन्तराष्ट्रिय नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३औं सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो । साथै नेपालले घरेलु म…
लावण्य/साँखु । कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गर्दै नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १३६ रन बनायो । एक सय ३७ रनको विजयी लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अद्र्धशतकी…
लावण्य ÷ साँखु । पोखराका पुराना लेखक , स्तम्भकार , पत्रकार एवं पोखरापत्र दैनिकका संस्थापक प्रकाशक रवीन्द्र माकाजूलाई पितृशोक परेको छ । माकाजूका बुबा डम्बरलाल माकाजूको ९२ वर्षको उमेरमा यही भाद्र १२ गते शुक्रवार निधन भएको हो । पोखरेली फुटबलका सफल कप्तान तथा भजन गायक माकाजू पूर्व शिक्षक समेत हुन् । उनी भजन गायकका रुपमा पनि परिचित थिए । उनको दिउँसो आफ्नै निवास पोखरा – ३ नदीपुरमा निधन भएको हो । माकाजुको पार्थिव शरीरलाई शुक्रवार नै रामघाटस्थित सेतीनदीमा दाहसंस्कार गरिएको …
लावण्य÷साँखु । शंखरापुर नगरपालिका खेलकुद विकास समिसतको आयोजनामा हुने मेयर कप फुटबल प्रतियोगिता स्थगित गरिएको छ । समितिका अध्यक्ष बद्री चौलागाईंले सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को प्रकोप लाई ध्यानमा राखी प्रतियोगिता स्थगित गरिएको जानकारी दिनुभएको छ । चैत १ गतेदेखि हुने भनिएको प्रतियोगिता सुरु नभए पछि तयारीमा जुटेका खेलाडीहरु अन्यौलमा थिए । मेयर कपकै लागि भनेर सबै वडाले आ–आफ्नो तयारी गरिसकेका थिए । सरकारले समेत भीडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको अवस्थामा प्रतियोगिता गर्नु उपयुक्त नभएकोले हाललाई प्रतियोगिता स्थगित …
सामाजिक संजाल