प्रचण्डको चाहना ः एमाले आफैं बाटो लागोस् प्रचण्डले नै राष्ट्रपति लिनुस् भनेको हो– योगेश भट्टराई प्रचण्डले नै एमालेलाई राष्ट्रपति लिनुस् भन्नुभएको हो ः योगेश भट्टराई लावण्य/साँखु । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुने बताएका छन् । प्रेस चौतारी कर्णालीले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका हुन् । सचिव भट्टराईले सरकार गठनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रपति ए…
तीन पार्टीले थाले ओलीविरुद्ध मोर्चावन्दी काँगे्रसको ध्यान राष्ट्रपति चुनावमा केन्द्रित कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने, सबै दलको सहयोग लिने निर्णय लावण्य/साँखु । सत्तामा रहेको पार्टीसँग सत्ता बाहिर रहेका दुई पार्टीले मोर्चा निर्माण गर्ने तयारी थालेका छन् । सरकारमा रहेको माओवादी केन्द्रसँग प्रधानमन्त्रीलाई विश्वास दिएको नेकपा एकीकृत समाजवादी र सरकारलाई समर्थन गरेको तर सरकारमा सहभागी नभएको जनता समाजवादी पार्टीले एकता गर्ने सम्मको तयारी थालेका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसप…
यस्तो छ नयाँ मन्त्रीहरूको पृष्ठभूमि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गरेका छन्। पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्। जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने अहिले सरकारमा सहभागी भएका छैनन्। सत्ता साझेदार दलहरूले यसपालि नयाँ अनुहारलाई मन्त्री बनाएका छन्। नयाँ दलका रूपका आएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले मात्र होइन पुराना दलहरूले पनि नयाँलाई अवसर दिएका छन्। अहिले प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जन…
२६ पौष मंगलवार लावण्य/साँखु । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलवार भएको मतदानमा प्रचण्डको पक्षमा २ सय ६८ मत प¥यो । विपक्षमा दुई मत प¥यो । सो दिन संसदमा जम्मा २ सय ७० जना सांसद उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहित स्वतन्त्र सांसदहरूको समर्थन रहेको थियो । नेमकिपाका पे्रम सुवाल र …
शंखरापुर–३ बोजेनी गाउँ अहिले तनावग्रत अवस्थामा छ । त्यहाँ दिनहूँ बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय निरन्तर नाराबाजी गर्दै एमसीसी परियोजना अन्तर्गतको अपर तामाकोशीको सबस्टेसन हटाउन र त्यहाँ ल्याईने विद्युतीय तारको सञ्जाल नराख्न माग गर्दैछन् । अर्कोतर्फ प्राधिकरणका निर्देशक कुलमान घिसिङ स्थानीयलाई यो सबस्टेसन स्थापनाको लागि भने जति पैसा दिएका छौँ, आन्दोलन गर्नुको अर्थ छैन भन्छन् । साथै सो स्थानमा सबस्टेशन बनाउनेबारे सार्वजनिक सुनुवाइ समेत गरेको दाबी गर्दै घिसिङले स्थानीयले गरेको माग अनुसार अन्यत्र सबस्टेशन सार्ने अवस्था नरहेको बताएका छन् । …
लावण्य/सा“खु । पुरानो काँग्रेसको कुरा नगरौं । त्यो अब फर्किन्न । पछिल्लो काँग्रेसमा “सत्ता” शब्द मात्रले सदैव दुईटा अन्तःप्रेरणा दिदै आएको छ । पहिलो काँग्रेस भित्र गुटको निर्माण गरि त्यससँग टास्सिएर रहने । दोस्रो, पार्टीको संचालन तथा मुलुकमा देखिएका नयाँ नयाँ जनअपेक्षाहरूको अनदेखा गरि यथास्थितिको निरन्तरता एवं पक्षपोषण गर्नु । “सत्ता” शब्दले यो दुई अभिप्रेरणा हालको काँग्रेसलाई दिएको छ । अहिले काँग्रेसको हातबाट सत्ता टाढिएको छ । काँग्रेसका धेरै शुभचिन्तकहरू हाल दुःखी जस्तो देखिन्छन् । तर तिनीहरू दुःखी रहन्नन् । भर्खरै डाकिएको काँग्रेसको केन्द्र…
१० पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभ…
लावण्य÷साँखु । धेरै बेरको रस्साकस्सी पछि नयाँ सरकारको नेतृत्व नेकपा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पाउने भएको छ । यसका लागि उनले नेकपा एमाले सहित ७ दलसँग सहमति गरेका छन् । ७ दलको निर्णय सँगै केही समय अगाडि नयाँ सरकार गठनका लागि बहुमत सांसद संख्याको दाबीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शीतल निवास पुगेका छन् । प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । जसअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्…
२०७९ मंसिर ५ गते लावण्य÷साँखु । नेपाली कांग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको हो। यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए । तर, इतरपक्षमा गगनलाई रोक्न सक्ने अवस्था नभएपछि आफू ब्याक हुँदै उनलाई अघि सारिएको हो । बैठकमा बोल्दै नेता कोइरालाले पुस्तान्तरणको पक्षमा आफू रहेको भन्दै गगन थापा संसदीय दलको साझा उम्मेदवार रहने…
समानुपातिक तर्फ कुन दलले के कति मत पाए ! १२ मंसिर २०७९, सोमवार लावण्य/साँखु । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार सोमबार बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म २५ लाख २५ हजार ९९ मत पाएको छ । नेपाली कांग्रेसले २३ लाख ९२ हजार २ सय ४२ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६९ हजार ७ सय ५८ र नेकपा माओवादी केन्द्रले १० लाख ५६ हजार २ सय ७० मतसहित चौथो स्थानम…
प्रचण्डले सरकारको नेतृत्व लिन पहल ग–यो, अबको प्रधानमन्त्री प्रचण्ड ! आम निर्वाचनको परिणाम प्राप्त हुँदै गर्दा चुलिएको हङ पार्लियामेन्टको अवस्था करीब बरी सकिएको छ । गठबन्धन सरकारकै निरन्तरता हुने देखिएको छ । लावण्य÷साँखु । आम निर्वाचन २०७९ सकिए लगत्तै मतगणनाका क्रममा देखिएका हङ पार्लियामेन्टको स्थिति करीब करीब अन्त्य भएको छ । अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा करीब १ सय ४० सीट प्रतिनिधिसभामा देखिने भएका छ । वर्तमान संविधान अनुसार सरकार गठन हुन आवश्यक बहुमत १ सय ३८ सीट हो । कुन दलका कति सीट ? अहिले देखिएको सम्भावना अनुसार नेपाली काँगे्रसको प्र…
भक्तपुर–१(ख) मा गोसाई बाहेक सबै उमेदवारको जमानत जफत ८ मंसिर २०७९, बिहीवार लावण्य/साँखु । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१(ख) को प्रदेश सभा सदस्यमा नेमकिपाका सुरेन्द्र राज गोसाईले २९ हजार ७०४ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली काँगे्रसका पवन भुजुले ३ हजार १६१ मत प्राप्त गरेका छन् । गोसाईले निकटतम प्रतिद्वद्वि काँगे्रसका भुजुलाई २६ हजार ५४३ मतान्तरले पछाडि पारेका थिए । त्यहाँ गोसाईको विपक्षमा रहेका सबैको मत जोड्दा ८ हजार ४९२ हुन आउँछ अर्थात् सबै प्रतिपक्षीहरुको मत जोड्दा पनि गोसाईलाई हराउन २१ हजार २१२ मत आवश्यक हुन्छ । आयोगका अनुसार …
भक्तपुर–१ मा सत्ता गठबन्धनका उमेदवारको जमानत जफत ८ मंसिर २०७९, बिहीवार लावण्य/साँखु । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेमकिपाका प्रेम सुवालले ४२ हजार ७६१ मत पाउँदा पाँचदलीय सत्ता गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता सुनील गोठेको जमानत जफत भएको छ । उनले ५ हजार २८३ मत पाएका थिए । सुवालले निकटतम प्रतिद्वद्वि नेकपा एमालेका नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पछाडि पारेका थिए । त्यहाँ सुवालको विपक्षमा रहेका सबैको मत जोड्दा २८ हजार ९४८ हुन आउँछ अर्थात् सबै प्रतिपक्षीहरुको मत जोड्दा पनि सुवाललाई हराउन १३ हजार ८१४ मत आवश्यक …
७ मंसिर २०७९, बुधवार लावण्य/साँखु । यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ को प्रदेश सभा तर्फको चुनावमा प्रदेश ख तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्टले १२१६३ र प्रदेश क तर्फ सोही पार्टीका सुनिल केसीले ६५९८ मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश ख तर्फ राजु विष्टले १२१६३ मत प्राप्त गरेर विजयी हुनुभएको थियो भन उहाँका निकटतम प्रतिद्वन्द्वि शंखरापुर नगरपालिकाका पूर्व मेयर सुवर्ण श्रेष्ठले ९०९० मत र गठबन्धनका उम्मेदवार भरत प्रसाद फुयालले ८०१५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी हाम्रो नेपाली पार्टीको अशोक खड्काले २८४९,…
७ मंसिर २०७९, बुधवार लावण्य/साँखु । यही मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ को प्रतिनिधिसभा तर्फको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतमले १५२२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । गौतमका निकटतम प्रतिद्वन्द्वि मणिराम फुयालले ११५५५ मत प्राप्त गर्नुभएको थियो भने राप्रपाका कुन्ती देवी पोखरेल (उपाध्याय)ले ११०१४, गठबन्धनका उम्मेदवार ओनसरी घर्तीले ९४४९, स्वतन्त्र उम्मेदवार पुण्य प्रसाईले ९४९, हाम्रो नेपाली पार्टीका कोषराज सुवेदीले ६२९, अनुप बोहोरा २४२, नेमकिपाका अनिल श्रेष्ठले २३५, काशिराम पुडासैनी २१५, विवेकशील साझा पा…
२०७९ मंसिर ७ गते बुधबार लावण्य/साँखु । नेपाली काँगे्रसका प्रतिनिधि सभातर्फ मुस्ताङबाट योगेश गौचन थकालीले विजयी सुरुवात गरेपछि सँगसँगै मनाङबाट टेकबहादुर गुरुङ, काठमाडौँ क्षेत्र नं. १ बाट प्रकाशमान सिंह र क्षेत्र नं. ४ बाट महामन्त्री गगन थापा विजयी भएका छन् । काठमाडौँ क्षेत्र नं. ५ बाट प्रदिप पौडेल, काठमाडौँ क्षेत्र नं. ३ बाट सन्तोष चालिसे, काठमाडौँ क्षेत्र नं. १० बाट राजेन्द्र कुमार केसी, ललितपुर १ बाट उदय समशेर जबरा, सुर्खेत २ बाट हृदयराम थानी तनहुँ २ बाट शंकर भण्डारी, रसुवा १ बाट मोहन आचार्य, पर्सा ४ बाट रमेश रिजाल विजयी हुनुभएको छ भने डडडेलध…
सामाजिक संजाल