साँखु÷गत पौष १४ गते शनिबार साँखुको साल्खाटोलमा भ्रष्टाचार विरोधी अभियानको पहलमा स्वस्थानी व्रत अवधिभर साँखुको शालिनदीमा लाग्ने माघ मेलाको व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया सम्पन्न भएको छ । उक्त भेलामा यस वर्षको मेला व्यवस्थापनको लागि मेला व्यवस्थापन समिति बनाउने सहमति भएको छ । उक्त भेलामा भएको सहमति अनुसार अब साँखुका आठवटै टोलहरुमा टोल टोलमै गई स–साना भेलाहरुको आयोजना गरि मेला व्यवस्थापन समितिलाई पूर्णता दिईनेछ । यस अघि करिब ३ वर्ष गगन रञ्जितको अध्यक्षतामा माघ मेला व्यवस्थापन गरिँदै आइरहेको थियो । यस वर्ष व्रतालु नाइके कजी बन्नको लागि समेत …
सा“खु भेगमा दैनिक थप लोडसेडिङ्ग, चोरीको आरोप साँखु÷गत हप्तादेखि मुलुकभर दिनको १२ घण्टा लोडसेडिङ्ग हुन थालेको छ । अब कतिबेला बिद्युत जान्छ र बत्ति निभ्छ भनेर हैन कतिबेला बत्ति आउँछ भनेर लोडसेडिङ्ग तालिका बनाउनुपर्ने भएको छ । सर्वसाधारणलाई यस लोडसेडिङ्गले साह्रै मर्का परेको छ । अझ विशेषगरि एसएलसी तयारी गर्ने बालबालिकाहरुको लागि त लोडसेडिङ्ग अभिशाप नै हो । २०५० सालमा अरुण तेस्रो जलविद्युत आयोजनालाई राजनैतिक कारणले नेकपा एमालेका नेता माधवकुमार नेपालले बन्द गराउन पत्राचार गरिएपछि कुनै ठूलो आयोजनाको लागि विदेशी दातृ राष्ट्रहरु अघि सरेनन् । अहिले…
साँखु÷प्रधानमन्त्री डा. बावुराम भट्टराई पत्नी एवम् माओवादी नेतृ हिसिला यमीको आर्थिक अपराधका चर्तिकला सार्वजनिक भईरहेको छ । पैसा देख्दा महादेवको तीन नेत्र भनेझैं हिसिला पनि पैसाको लागि जे गर्न पनि तयार हुँदै आएकी छिन् । भनिन्छ, उनले पैसाको मामिलामा कांग्रेस नेतृ सुजाता कोइरालालाई समेत उछिनेकी छिन् । हिसिलालाई नै गुरु मान्दै डा. भट्टराईका अन्य किचेन क्याबिनेटका सदस्यहरु पनि कमाऊ अभियानमा जुटेका छन् । बाबुराम किचेन क्याबिनेटका प्रमुख मानिने विश्वद्वीप पाण्डे पनि मौकामा चौका किन नहान्ने भन्दै पैसा कमाउने अभियानमा लागेका छन् । तर उनले ठेक्कापट्ट…
साँखु÷राष्ट्रपति रामवरण यादवको भारत भ्रमण अगाडि करिब करिब सहमतिमा पुगिसकेको जस्तो देखिएको नेपाली राजनीति खिचातानी पुनः चर्किने भएको छ । सत्तारुढ प्रमुख दल एमाओवादी अध्यक्ष प्रचण्डले लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनबाटै निर्णय गराई पौष २५ सम्ममा सहमति नभए संविधानसभा÷संसद पुनस्र्थापना गर्न पहल गर्ने निर्णय गरेको छ । यो निर्णयलाई विपक्षीहरुले मानेका छैनन् । यस्तो अवस्थामा सहमती हुने सम्भावना क्षीण भएको छ । अहिलेसम्म नेपालमा ठूला ठूला आन्दोलन गर्न सक्ने दलहरुले आन्दोलनको उपलब्धीलाई भने जोगाउन नसकेको तथ्य प्रष्टरुपमा बाहिर आएको छ । यदि दलह…
साँखु÷राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिले मुुलुकको सत्ता सम्हाल्न असफल चारदलका नेताहरुलाई सहमतीय सरकार बनाउन आह्वान गरेर तिनै असफल दललाई पुरस्कृत गर्न खोजेको दावी गरेका छन् । उनले भने, संविधानसभा भंग गरेर मुलुकलाई संकटमा धकेल्ने ठूला चार दललाई मात्रै सहमतीय सरकार बनाउने जिम्मा दिनुले कतै राष्ट्रपतिले पनि चुनाव गराउन नचाहेका त होइनन् भन्ने प्रश्न उब्जिएको उहाँको कथन छ । राजधानीमा गत हप्ता रथयात्रा अगाडि आयोजित पत्रकार सम्मेलनमा थापाले चार दल असफल भैसकेको दावी गरे । उनका अनुसार चार दलभित्रैबाट प्रधानमन्त्री बनाइ…
आज भन्दा करिव ३३०० बर्ष पहिले नै व्यापारिक राजमार्गको रुपमा परिचत भएको शहर साँखु हो भनेर परिचय दिइरहँदा एक छिन त साँचै नै हो र ? भनेर सोच्न बाध्य हुने अवस्थामा हाल हामी पुगिसकेका छौ । विभिन्न धार्मिक, साँस्कृतिक एवं कला संस्कृति भएको एक ऐतिहासिक शहर शंखरापूर, साँखु, सक्व को हालको अवस्था हेर्दा अझै हामी दशकै पछि परेको जस्तो भान read more
साँखु÷प्रधानमन्त्री बाबुराम भट्टराईले दलीय सहमतिको लागि सिन्को पनि नभाँचेपछि दशैँ अगाडि र दशैँ लगत्तै प्रमुख तीन दल र मधेशी मोर्चाका नेताहरुलाई राष्ट्रपति कार्यालयमा बोलाएर राष्ट्रपति रामवरण यादवले प्रष्ट शव्दमा भनेका छन्– दलहरुले किन ६ महिनाको समय व्यर्थै बर्बाद गरेको भन्दै उनले आगामी कार्तिक मसान्तसम्म दलीय सहमती गर्न र मंसिरको पहिलो सातामै सर्वदलीय सहमतीय सरकारको गठन गरि बैशाखमा निर्वाचन हुने गरि काम गर्न निर्देशन दिएका छन् । साथै सो अवसरमा राष्ट्रपति रामवरण यादवले दलहरुलाई लिखित सम्बोधन गर्नुका साथै आफूले सहमतिको लागि के–कस्तो पहल लिनुप…
साँखु÷नेकपा माओवादीका उपाध्यक्ष एवं वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले राजालाई फ्याँक्दैमा गणतन्त्र संस्थागत नहुने उद्घोष गरेका छन् । यो कुरा राष्ट्रपतिले अध्यादेश रोकेर असहयोग गरिएकोप्रति कटाक्ष गर्दै भनेका थिए । उनले यथास्थितिवादीले आफूलाई काम गर्न नदिएको भन्दै काँगे्रस एमालेलाई यथास्थितिवादीको आरोप लगाएका थिए । उक्त कुरा उहाँले गत शनिबार इन्द्रायणीको सक्षम पार्टी प्यालेसमा आयोजित तीजको अवसरमा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभएको हो । उहाँले सो अवसरमा करिब ९० जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थि…
साँखु÷गत आईतबार साँखु धुँल्लाटोलको डि हाकुज रेष्टुरेण्टको हलमा सम्पन्न स्थानीय सरोकारवाला निकायहरुसँग सहभागितामूलक बजेट निर्माण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गाविस सचिव कल्पनाकिशोर श्रेष्ठले बजेट निर्माणमा पारदर्शिता र सहभागीमूलक बनाउन आफ्नो स्तरबाट सकदो प्रयास गरिने बताएका थिए । उक्त कार्यक्रम मेन्टर कोच बुद्धि तामाङको सभापतित्वमा भएको थियो । कार्यक्रमको आयोजना प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च (डानार) नेपालले गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन डानार नेपालका एलपी मालीले गरेका थिए भने कार्यक्रममा ड…
साँखु÷गत शनिबार भदौ ९ गते साँखु जेसीजले हाकुज क्याफेमा आगामी भदौ २२ र २३ गते एरिया ‘सी’ सम्मेलन गर्न तयारीको लागि सम्बन्धित च्याप्टरहरुको बैठक सम्पन्न गरेको छ । उक्त बैठकले साँखुमा हुन लागेको एरिया ‘सी’ सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । विभिन्न च्याप्टरहरुले विभिन्न कार्यभार समेत जिम्मा लिएको साँखु जेसीजले जनाएको छ । साँखु जेसीजले सो अवसरमा साँखुबासी दाजुभाई दिदीबहिनीहरुले सक्दो सहयोग गर्नुहुन समेत अुनरोध गरेको छ । पहिरोले सिन्धुकोटमा स्कूल भवनमा क्षति सिन्धुकोट, सिन्धुपाल्चोक÷ सिन्धुकोट वडा नं. १ स्थित श्री सिन्धु पुराना गा…
साँखु÷गत भाद्र १ गते साँखु वृहत वृद्ध सेवा समितिले बाबुको मुख हेर्ने दिन पारेर पुखुलाछी गाविस वडा नं. ७ का ९४ वर्षीय ज्येष्ठ नागरिक हर्कनारायण श्रेष्ठलाई सम्मान गरिएको छ । उक्त कार्यक्रम पुखुलाछी गाविसमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि महानगरिय प्रहरी प्रभागका प्रनानी सूर्यप्रसाद आचार्य थिए । कार्यक्रमको सभापतित्व अध्यक्ष बाबुकाजी शाक्यले गरेका थिए भने कार्यक्रममा अतिथिहरुलाई सदस्य जितेन्द्रलाल श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी शंखरापुर उपशाखाका सभापति गणेश राज राजभण्डारीले शुभकामना मन्तव्य दिएका थिए । कार्…
एभरग्रीनको फेयरवेल कार्यक्रम साँखु÷गत श्रावण १७ गते बुधबार एभरग्रीन उच्च माविको फेयरवेल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सीएनएन हिरो २०११ का विजेता अनुराधा कोईरालाले भन्नुभयो जबसम्म पुलिस र राजनीतिज्ञले डान्स रेष्टुरेण्ट, क्याबिन, मसाज पार्लरहरुलाई आफ्नो छत्रछायाँमा राख्छ तबसम्म चेलीबेटीले बेचिनुपर्ने, लुटिनुपर्ने बाध्यता रहिरहने उल्लेख गर्दै निकट भविष्यमा भारतको नागपुरबाट माईती नेपालले करिब १५० को हाराहारीमा चेलीहरुको उद्धार गरिने बताएका थिए । आफू पनि २० औँ वर्ष शिक्षिकाका रुपमा कार्यरत रहिसकेको बताउँदै कुनै पनि सफल र…
साँखु÷नेपाली काँगे्रस डाँछी इकाई कमिटीको आयोजनामा गत शनिबार कान्तिपुर क्याम्पस प्राङ्गणमा सम्पन्न कार्यक्रममा नेपाली काँगे्रस क्षेत्र नं. २ ले एक घर एक रुखको डाँछीमा शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको शुभारम्भ नेपाली काँगे्रसका केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले गरेका थिए । यस अघि यो कार्यक्रम मूलपानी इकाईले सञ्चालन गरिसकेको छ । सो कार्यक्रमको सञ्चालन डाँछी इकाईका सचिव लक्ष्मण खड्काले गरेका थिए भने सभापतित्व डाँछी इकाईका सभापति जनार्दन प्रसाद कुइँकेलले गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि महतले नेपाली काँगे्रसले २००७, २०४६…
Chetram Paudel There are two sides of government. Administration and management. The word administration was derived from Latin word ad and ministiare - means to seve the people or to care for or look after the people or manage public affairs. There are staffs as public servant. On the other hand there is overall management of public affairs under administration. The basic needs fooding clothing, housing, educating and management of all the psychological needs are concerned with the government. To guide the ordinary people into the righ…
केशव खड्का “साँखुले” बज्रयोगिनी गाविसको उत्तरतर्फ माथिल्लो लेकमा पूर्व तर्फको पारिलो मोहडा भएको पाखोमा सानो फलेको आँपको आकारमा निर्मित पोखरीभित्र मणिचुडेश्वर शिवलिङ्ग र देवताहरुले स्नान गरेको तीर्थ छ । यस तीर्थको नामबाट यस ठाउँलाई मणिशैल पर्वत, मणिचुड डाँडा भनिने गरिन्छ । यहाँ श्रावण शुक्ल पूर्णिमाको दिन अर्थात् रक्षाबन्धन, जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ । साँखु बजारबाट उकालो चढेपछि बज्रयोगिनी मन्दिर, घुमारिचोक, वनदेवी प्राथमिक विद्यालयको प्राङ्गण हुँदै करिब एक घण्टा उकालो चढेपछि मणिचुडेश्वर शिवलिङ्ग भएको स्थानमा पुग्न सकिन्…
–प्रकाशमान श्रेष्ठ सक्व उत्तरपट्टी शिवपुरी साँखु माईको थान, बीचमा परिन् शालिनदी यति कुरा जान । चन्द्रावती माईती थिईन्, फर्की आउँदा खेरी शालिनदी आईपुग्दा आयो आँधिबेरी । चन्द्रावती खसेर होला शालिनदी बगिनन् के गर्ने ? १९९० सालको महाभुकम्पको एक महिनापछि यस धरतीमा पदार्पण गरेका तिलकबहादुर थापाले आफ्नो ७८ औँ वर्षको उमेरमा यौटा महत्वपूर्ण कार्य गरेर साँखु भेगका धर्मावलम्बी तथा भजनकिर्तन पे्रमीहरुलाई भक्ति संगित संग्रहको उपहार दिन सफल हुनुभएको छ । साँखु एक ऐतिहासिक स्थान भएको तथा यस भेगबाट कुनै न कुनै रुपमा साँखुको बज्रयोगिनी माईको स्थान, शालि…
प्रकाशमान श्रेष्ठ “सक्व” प्रत्येक वर्षको जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धनका दिनभरि बिहान सबेरैदेखि ठूलो मेला लाग्ने तामाङ, नेवार, बाहुन लामा तथा बौद्धमार्गीहरुको श्रद्धाको उत्तरदिशास्थित मणिचुड दहस्थान अति रमणीय स्थान हो । यस महत्वपूर्ण मणिचुड कुण्डको ऐतिहासिक तथा धार्मिक महत्व छ । देवासुर संग्रामको बेलामा विष्णु भगवानले बज्रयोगिनी देवीसँग विजय वाहिनी मन्त्र वरदान पाउन कुण्डल स्नान गरेको मणिकुण्डल अति पवित्र स्थल मानिएको छ । त्यस्तै देव दानव मिलेर समुन्द्र मन्थन गर्दा निस्केको उल्णव कालकुट विष सेवन गरी शिवजीले विषको डाह शान्त पार्…
नारायण मेहेर श्रेष्ठ प्राचिन कथा मणिशैल महावदनमा उल्लेख भए अनुसार काठमाडौँ उपत्यकाको पूर्व १७ किलोमिटर टाढा पौराणिक सहर साँखुको पौराणिक नाम शंखरापुर हो । आजभन्दा करिब ३३ सय वर्ष अगाडि श्रीश्रीश्री बज्रयोगिनी माईको आज्ञा अनुसार श्री जोगदेव बज्राचार्यको नेतृत्वमा कलिगत सम्वत् १८०१ सालमा शंखरापुर साँखु सहरको निर्माण गराई वरिपरि भित्र बाहिर धार्मिक, साँस्कृतिक महत्वका अष्टमातुृका देवी स्थान स्थापना गरि एक सहर तीन उत्तर बाहिनी, चार माईको पाहुना घर, पंच बुद्ध, सात गाउँ, आठ टोलहरु, आठ बाटो, नौवटा मुख्य ढोकाहरु, नौवटा मसानघाट सहित शहरको बीच भ…
साँखु÷गत असार ३० गते शनिबारका दिन विश्वम्भराको नारायण प्राथमिक विद्यालय प्राङ्गणमा भएको नेपाली काँगे्रस सुन्टोल इकाईको क्रियाशील सदस्यता वितरण एवं सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली काँगे्रसका केन्द्रिय सदस्य आमोदप्रसाद उपाध्यायले राजधानी नजिक रहेर पनि विश्वम्भरा गाउँको विकास तिब्र रुपमा हुन नसकेको तर्फ आफ्नो ध्यान गएको बताउँदै आफुले उक्त ठाउँको विकासको लागि सक्दो सहयोग गर्ने वचनवद्धता प्रकट गर्नुभएको थियो । सो कार्यक्रममा ६३ जना स्थानीय व्यक्तिहरु नेपाली काँगे्रसमा प्रवेश गरेका थिए । कार्यक्रममा नेपाली काँगे्रस क्षेत्र नं. २ का महासमित…
साँखु÷साँखु जेसीजले असार ९ गत शनिबार शेरेनहिल इङ्लिश स्कूलमा यस वर्षको साधारणसभाको आयोजना गरेको छ । सो साधारणसभाले यस वर्षको जेसीज सप्ताहको कार्यक्रम पारित गरेको छ । जस अनुसार प्रथम दिन असार २३ गते जेसीज डे मनाउने भएको छ भने ३० गते समापन कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमहरुको लागि मूल संयोजक साँखु जेसीजका कार्यकारी उपाध्यक्ष रुपेशलाल श्रेष्ठ तोकिनुभएको छ भने मास कम्युनिकेशन टे«निङको लागि रणबहादुर स्याङतान, क्लोरिनेशनको लागि सुरेश श्रेष्ठ, रक्तदानको लागि सविन श्रेष्ठ, समापनको लागि सुजन श्रेष्ठ र जेसीज डेको लागि पूर्व अध्यक्ष उत्तम श्रेष्…
साँखु÷गत बुधबार प्रकाशित २०६८ सालमा एसएलसी दिएका विद्यार्थीहरुको नतिजा अनुसार मुलुकभर कूल ४७.१६ प्रतिशत उत्तिर्ण भएका छन् । एक्जाम्टेडतर्फ भने १३.७० प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण हुन सफल भएको छ । यो परिणामसँगै एसएलसीमा गरिएको राज्यको लगानी खेर गएको विज्ञहरुले औँल्याएका छन् । वास्तविकता भने त्यस्तो हैन । यो वर्ष ७५ प्रतिशत हाजिर भएका विद्यार्थीलाई फेल नगर्ने नीति अनुसार विद्याथीहर्रु टेस्टमा फेल भएनन् फलस्वरुप जो विद्यार्थी कमजोर भए उनी एसएलसीमा फेल भएका छन् । त्यसमाथि सरकारी विद्यालयमा हुने व्यवस्थापन र शिक्षकहरुबीचको दलीय राजनीतिक चिन्तन…
– प्रकाशमान श्रेष्ठ “सक्व” साँखु नगरी प्राचिन नेपालमण्डलको एक राजनैतिक केन्द्रको रुपमा रहेको थियो । प्राचिन नगर राज्यको रुपमा ईतिहासमा प्रख्यात भएको साँखुको ऐतिहासिक नाम शंखरापुर हो । शंखको आकारमा निर्माण गरिएको यस नगरको स्थापनाकाल विभिन्न पुस्तकहरुले फरक फरक वर्षमा भएको कुराहरु उल्लेख गरिएका छन् । भाषा वंशावली भाग २ मा र देवमाला वंशावलीमा उल्लेख भएका साँखु स्थापनाकाल झण्डै १५०० वर्ष फरक पर्दछन् भने शंखरदेव राजाको पालामा स्थापना गरेको नाम दुवैमा यौटै छन् । तर मणिशैल महावदानमा उल्लेख गरिएको साँखुको स्थापना कलीगत सम्वत १८०१ थियो । जुन प्रमाणित …
– यचु जोशी नेपालमा गजब गजबका घटनाहरु हुन्छन् । एकात्मक राज्य कायम गरेर पनि संघिय लोकतान्त्रिक गणतन्त्र भनेर अन्तरिम संविधानमा संशोधन गरे तत्कालिन संविधानसभाले, जुन हालै अवसान भएका संविधानसभाका सभासद्हरु । उनीहरुले त्यसबेला मुलुकमा दुई ओटा मात्र प्रदेश छुटाएर उक्त घोषणा गरेका भए त्यो घोषणाको कुनै अर्थ रहन्थ्यो । तर संविधानसभाले गरेको उक्त घोषणा बाँदरको पुच्छर लौरो न हतियारमा सीमित हुन पुग्यो । मुलुकका प्रमुख दलहरु, संविधानसभा र कार्यपालिकाले मुलुकलाई संघियतामा लाने चाहना राखेका भए संघियताको श्री गणेश अन्त्रिम संविधानमा संघिय राज्यको ब्यवस्थाको…
– लोकेश ढकाल मुलुकका प्रमुख राजनीतिक दलहरूको अक्षमता र संविधानसभालाई आ(आफ्नो दलीय स्वार्थ अनुरूप रणनीतिक रूपमा प्रयोग गर्न खोजिएको, लोकतान्त्रिक मान्यता विपरित जनवादी सत्ता प्रतिको मोह र सत्ता लिप्साको कारणले नै संविधानसभा संविधान दिन असफल भएको हो भन्ने कुरामा द्विविधा छैन । संविधानसभा संविधान निर्माण गर्ने दुनियाँ कै सबै भन्दा लोकतान्त्रिक एवम् लोकप्रिय पद्धति हुँदा हुँदै पनि संविधान निर्माणको सबै भन्दा जोखिमपूर्ण प्रक्रिया पनि हो भन्ने तर्फ हामीले ध्यान नै दिएनौं । मुलुकको अपरिपक्व राजनीतिले यही जोखिमपूर्ण पद्धतिलाई असावधानीपूर्वक प्रयोग गर…
साँखु÷गत जेष्ठ ३१ गते बुधबार पुखुलाछी गाविस वडा नं. ९ मुस्यापुतःस्थित शंकरापुर पोलिक्लिनिक प्राङ्गणमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ र शंकरापुर अस्पताल जोरपाटीको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ३०१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । विरामीहरुलाई आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको उक्त शिविरमा २१ जना पाठेघरका विरामीहरुको निःशुल्क शल्यक्रिया समेत शंकरापुर अस्पतालले गरिदिने भएको छ । उक्त शिविरमा बालरोग, स्त्री तथा प्रसुति रोग, शल्य चिकित्सा सेवा, हाडजोर्नी तथा नशारोग एवं सामान्य चिकित्स…
साँखु÷नेपाली काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौला लावण्य सन्देश साप्ताहिकको प्रथम वार्षिकोत्सवको उपलक्षमा आयोजना हुने समारोहको लागि साँखुमा आउने भएको छ । समारोहमा उहाँलाई विशेष स्वागत गरिने बुझिएको छ । उहाँ यसअघि पनि साँखुमा नेपाली काँगे्रसका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन आउनुभएको छ । उहाँ केही अघि गठित सर्वदलीय सरकारको कानुन मन्त्रि हुनुहुन्थ्यो । स्मरणरहोस् संविधानसभाको म्याद थप सम्बन्धी विवाद भएपछि उहाँले पार्टीको आदेशमा मन्त्रिपदबाट राजिनामा दिनुभएको थियो । यस अघि उहाँ गिरिजाप्रसाद कोईराला नेतृत्वको तत्कालीन अन्तरिम सरकारमा गृहमन्त्र…
चेतराम पौडेल मानवीय शासन प्रणालीमध्ये सबैभन्दा उत्तम लोकतन्त्र मानिन्छ । जुन व्यवस्था जनताद्वारा जनताका लागि जनताले शासन गर्ने पद्धती हो । राज्यमा जनता वा नागरिक नै सर्वश्रेष्ठ हुने भएकाले यस प्रणालीमा कानुनी राज्य एवं विधीको शासन हुन्छ । तर एकतन्त्रीय हुकुमी शासनमा कुनै एक व्यक्तिको मात्र निरंकुशता हुने भएकाले उक्त शासन वैज्ञानिक मानिँदैन । अल्पविकसित राष्ट्रहरुमा जनताहरु गरिब तथा निरक्षर हुने भएकाले केही मुठ्ठीभरका व्यक्तिहरुको हातमा शासन सत्ता कायम भएको पाइन्छ । नेपाल पनि चार पाँच जना व्यापारीहरुद्वारा छिमेकी राष्ट्रको ईशारामा सञ्चालित छ ।…
चेतराम पौडेल नेपाल सदियौँ देखि शान्ति भूमि पवित्र हिमाली राज्य भएकाले ठूला साम्राज्यवादीहरु हाम्रा वीर पूर्खा सामु हारेर पछि हटेको ईतिहास हामी सबैका सामु छर्लङ्ग छ । तर केही नेताहरुको बुद्धि विवेकमा खडेरी लागेर यो देशका दाजुभाई दिदी बहिनीहरुलाई आपसमा लडाएर आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । जुन कुरा अब युवा पुस्तालाई अपाच्य हुने सम्भावना प्रवल बन्दै गईरहेको छ । हामी नयाँ नेपालको नाममा उठेका संघियता जातियता जस्ता नारामा अल्झिएर आफ्नो खुट्टामा आफै बञ्चरो नहानु नै वेश हुन्छ भन्ने पक्षमा उभिँदा सर्वोपरी हित हुन्छ । full article
(डा. केशवमान शाक्य वर्तमान मन्त्रिपरिषद्या वातावरण एवं विज्ञान प्रविधी मन्त्री खः । वयकःया जन्म बि.सं. १९९१ सः जुगु खः । वयकया बबाजुया नां आशाकाजी शाक्य व मां पूर्णमाया शाक्यजू खः । वयकः २०६४÷६५ सः जुगु संविधान सभाया चुनावनिसेँ जकः राजनीतिक क्षेत्रय् सक्रिय जुयादिगु खःसां सामाजिक एवं नेपाल भाषा व नेवाः आन्दोलनया क्षेत्रय् न्ह्यलुवा जुया ज्या यानाच्वनादिम्ह खः । वयकंः लुम्बिनी विकास कोषया उपाध्यक्ष, जनजाति महासंघया संस्थापक छ्याञ्जे नापं मंका खलः येँया दुजः जुया समेत ज्या यानादिधुकुगु दु । वयकः निसेँ सक्वया सक्व कटेजय् जेष्ठ १३ गते जुगु भे…
साँखु÷बज्रयोगिनी गाविस र पुखुलाछी गाविसमा सामाजिक परिचालकको नियुक्ती भएको छ । बज्रयोगिनी गाविसमा काम गर्ने गरि समिता श्रेष्ठलाई सेन्टर फर अवार्डनेस प्रमोसन “क्याप नेपाल”ले सामाजिक परिचालकमा नियुक्त गरेको छ भने पुखुलाछी गाविसमा एलपी मालीलाई स्थानीय सुशासन तथा सामाजिक विकासका कार्यक्रमका लागि सामाजिक परिचालकमा नियुक्त गरेको छ । प्राकृतिक स्रोत साधनको लागि दलित अधिकार मञ्चले सो नियुक्ती गरेको हो । यो दुवै नियुक्ति काठमाडौ जिविस अन्तर्गतका कार्यक्रमहरुका लागि भएको हो । बज्रयोगिनी गाविसमा गत चैत्र देखि समिता श्रेष्ठले काम सुरु गर्दै आउनुभएको भएताप…
मुस्ताङको कोवाङस्थित घट्टेखोलामा चौरीगाईको आलो रगत पिउने मेला शुरु भएको छ । वैशाखमा आयोजना हुने मेलामा हिमाली क्षेत्रमा जडिबुटीयुक्त घाँस खाएका चौरीगाईको आलो रगत औषधिको रुपमा प्रयोग हुने भएकोले यस मेलामा विक्री गर्ने गरिन्छ । चौरीको घाँटीमा विशेष प्रकारको चक्कुले प्वाल पारेर निकालिने रगत रोग प्रतिरोधात्मक हुने जनविश्वास रहेकोछ । यार्सागुम्बा, निरमसी, पाँचऔंले, जटामसीलगायत जडिबुटी पाइने बुकी क्षेत्रमा चरेका चौरीगाईको आलो रगतले शारीरिक स्फूर्ति दिने जनविश्वास रहेकोछ । चौरीगाईको रगत पिउँदा ग्याष्ट्रिक, गानोगोला लगायत चिसोका कारण हुने रोगका साथै …
साँखु÷गत केही दिन अगाडिदेखि चलिरहेको थारु समुदायको गोलमेच सम्मेलनले तराईको भूभागलाई एक मधेश एक प्रदेशको रुपमा माग गरिएकोमा विरोध गर्दै पूर्व देखि पश्चिमसम्मको तराईलाई तीन टुक्रा गर्ने र एक प्रदशेलाई थरुहट नामाकरण गर्ने समेत प्रष्ट पारेका छन् । यो निर्णयसँग सँगै थरुहट र मधेशी मोर्चाबीच तालमेल नभएमा अबको संविधानमा एक मधेश एक प्रदेश हुनेगरी राज्य टुक्रा नहुने सुनिश्चित भएको छ । यो आम नेपालीको लागि सुखद कुरा हुनसक्छ । तर पनि थारु समुदायले पनि संकुचित विचार र्नै राखेको देखिन्छ । उनीहरुले पनि उत्तर दक्षिणको सिमाना नलिईकन पूर्व पश्चिम नै सिमाना लिन …
During the Brata period Poush & Magh month (January - February) during winter, every morning there is holy bath of Madhavnarayan by Kaji & sanwas at the same time all the devotees take bath dipping In the holy river salinadi.Then the statue is put beside a small temple where Rajopadhya the priest worship every day. The statue Is put along with the male devotees In the pati near ananteshwar mahdev temple.The devotes visit Bajrayogini temple along with the statue of Madhavnarayan on the fourteenth day . The next day on the dark moon t…
सामाजिक संजाल