सुदर्शनलाई ईण्डियन वेस्टिज अवार्ड दिईने



लावण्य÷साँखु तीन दशकदेखि संगित साधनामा लागेका कलाकार सुर्दशन राजोपाध्यायलाई भारतमा सम्मान गरिने भएको भारतको एन.आर.वी. फाउन्डेसन भव्या इन्टरनेशनलले इन्डियन बेस्टिज अवार्ड२०१९ बाट सम्मान गरिने शनिवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो
आफूले पाउने सम्मानको बारेमा बोल्दै वरिष्ठ सरोद वादक, संगितकार, गायक तथा रचनाकार पनि रहेका राजोपाध्याय आयोजक संस्थाले प्रत्येक बर्ष प्रदान गर्दे आएको संगित साहित्य तर्फको सम्मानबाट यसपटक आफुलाई छानेको भन्दै आयोजकप्रति आभार व्यक्त गर्नुभयो
यही जूलाई १४ मा राजस्थानमा आयोजना हुने उक्त सम्मानबाट सम्मानित हुन पाउँदा आफुले संगित क्षेत्रमा पु¥याएको उच्च मूल्यांकन भएको उनको धारणा रहेको आर वि फाउन्डेशन भव्या इन्टरनेशनलले प्रत्येक वर्ष प्रदान गर्दै आएको संगित साहित्यतर्फको सम्मानबाट यसवर्ष संगित साधक राजोपाध्यायलाई प्रदान गर्न लागेको हो
उक्त कार्यक्रम अन्तरराष्टिय मैत्री सम्मेलनको रूपमा हुने भनेर आफूहरुलाई आयोजकले जानकारी दिएको पनि राजोपाध्यायले बताउनुभयो उक्त कार्यक्रममा नेपालसहित भारत, मालदिभ्स लगायतका देशबाट पनि सहभागिता हुनेछ अन्तरराष्टिय मैत्री सम्मेलनको कार्यक्रममा राजोपाध्यायको सरोद वादन कार्यक्रम पनि हुनेछ
कला कालमा आफुले संगित साधनामा भोगेका सपनाहरु आज साकार भएको संगितको माध्ययमबाट नेपाल भारतबीच दुई मुलुबीच सम्बन्ध विस्तार कलाको सम्वद्र्धन गर्न पाएको अनुभुति रहको ’–उहाँले भन्नुभयो
स्रष्टा संगितको बिचमा कुनै राजनीति नरहेको बताउदै उहाँले दुई देश बिचको सम्बन्ध बिस्तार तथा नेपाल भारतमा वाधकहरु गन्न सक्ने अवस्थामा मात्र रहेको पनि उहाँले बताउनुभयो
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपाल सरकारले सरोद वादकको उच्च मुल्याङकन गर्नुपथ्र्यो तर त्यसो नगरेकोमा चित्त दुखाउनुभयो उहाँले भन्नुभयो, ‘हाम्रो सरकारले सरोद वाधकको उचित मूल्यांकन गर्न सकेन तर, भारत सरकारले मुल्याङकन गरेकोे यो हामी नेपालीहरुको लागि खुशीको विषय हो
आफु आफ्नो देशको नाम कला संगितको माध्ययमबाट संसारलाई चिनाईरहेको बताउदै राजोपाध्यायले पाएको सम्मानबाट संगितको स्रष्टाको सम्मान भएको धमलाको भनाई थियो
सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट समेत सम्मानित भैसकेका राजोपाध्याय २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र प्राप्त गरिसकेको स्रष्टाको रुपमा चिनिन्छन् नेपाल भारत गरेर दर्जनौ सरोद वादकका कार्यक्रम गरिसकेको उनी सन् २००२ मा रेडियो नेपालमा भएको जिल्लाव्यापी संगित प्रतियोगितामा प्रथम भएका थिए
साथै, नेपालमा शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायत थुप्रै पुरस्कारबाट सम्मानित भएका उनका नेपाली नेवारी गरेर चर्चित पलपल, पानीसरी, त्यो रात, नसला, हसना, छन्हु, निन्हु, छगू मतिनालगायतका क्यासेट तथा सिडीहरु बजारमा आइसकेका छन
जापानी भाषामा समेत गीत गाइसकेका उहाँका शास्त्रीय संगिततर्फ वन डे रागाज, सोलफूल म्युजिक फर मेडिटेसन भारतबाटै सुरिल म्यूजिक इन २०१५ प्रकाशित रहेका छन

Post a Comment

0 Comments