२७ भाद्र २०७९, सोमवार लावण्य/साँखु । साँखुका २५ बर्षीय ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि जित्नुभएको छ । उहाँले मिस ग्रान्ड इन्टरनेशनलको दशौं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दैछिन् । वर्षा भडारी र रक्षा उप्रेती क्रमशः फस्ट र दोस्रो रनरअप भएका थिए । प्रतियोगितामा अभिनेता मोडल अनुप विक्रम शाही, ¥यापर आशिष राना (लाउरे), मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा निर्णायक रहेका थिए । कार्यक्रमको कोरियोग्राफी सुजित बस्यालले गरेका थिए र मिस ग्राण्ड नेपालको मुख्य विषय “युद्ध र हिंसा रोकिने छ” रहेको थियो …
सामाजिक संजाल