काठमाण्डौमै उत्कृस्ट बन्यो इलिक्सर एकेडेमी, जिपिए ः ४ ल्याउने दुई विद्यार्थीलाई एक÷एक लाख पुरस्कार लावण्य÷साँखु । काठमाण्डौ महानगरपालिका वडा नं ७ कुमारीगालमा रहेको इलिक्सर एकेडेमी काठमाण्डौ जिल्लामा उत्कृस्ट विद्यालय बनेको छ । देश भरबाट ४२ र काठमाण्डौ जिल्लामा १० जना विद्यार्थीहरुले ४ जिपिए ल्याएको एसईइ परिक्षामा दुई विद्यार्थी जना जिपिए ४ सहित सम्पूर्ण विद्यार्थी ३.६ जिपिए ल्याएर पास गराएको इलिक्सर एकेडेमी उत्कृस्ट विद्यालय बनेको हो । इलिक्सर एकेडेमीले ४ जिपिए ल्याउन सफल २ जना विद्यार्थीलाई विद्यालयले प्रतिविद्यार्थी एक÷एक लाखको पुरस्कार प्रद…
२०७९ श्रावण ३ गते लावण्य/साँखु । लायन्स क्लब अफ साँखुद्वारा NEDO , जापानको सहयोगमा साँखुका १९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । लायन्स क्लब अफ साँखुले यो छात्रवृत्ति कार्यक्रम २०७२ सालदेखि निरन्तररुपमा दिँदै आएको छ । उक्त छात्रवृत्ति वितरण कार्यक्रमका संयोजक राजकुमार श्रेष्ठ हुनुहुन्छ ।
२०७९ असार २१ गते लावण्य/साँखु । लुम्बिनी विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले भाग्योदय क्याम्पसको २० औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै शिक्षकले विद्यार्थीको ईच्छा आकांक्षालाई दिशा निर्देश दिन सक्नुपर्छ भन्नुभएको छ । लुम्बिनी विश्वविद्यालय र भाग्योदय क्याम्पसबीच केही विषयमा सम्झौता भई भाग्योदय क्याम्पसमा लुम्बिनी विश्वविद्यालय अन्तर्गतका कक्षाहरु सञ्चालन गर्ने तयारी भईरहेको सो अवसरमा जानकारी गराईएको थियो । बज्रयोगिनीको विहार (गुँबिहार)लाई नेपालमै पहिलो बिहारको रुपमा लिईने गरेको समेत उहाँले उल्लेख गर्नुभयो । उहाँले क्याम्पसमा एउटा…
असार ५ गते आईतवार लावण्य/साँखु । शंखरापुर नगरपालिकाको आयोजनामा साँखुमा सम्पन्न तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १४ स्वर्ण ५ रजत र २ कास्य सहित भगबती माध्यामिक विद्यालय पहिलो स्थानमा रहन सफल भएको छ । प्रतियोगीतामा उग्रतारा माध्यामिक विद्यालय ४ स्वर्ण ६ रजत र ८ कास्य पदक सहित दोश्रो स्थानमा रहे भने साँखु पालुवारी सामुदायिक विद्यालय ३ स्वर्ण ५ रजत र २ कास्य पदक सहित तेश्रो स्थानमा रहेको छ। त्यसैगरी कालिका शरण माध्यामिक विद्यालय ३ स्वर्ण ३ रजत र ५ कास्य पदक सहित चौथौं र २ स्वर्ण ३ रजत र ५ कास्य पदक सहित शारदा माध्यमिक विद्यालय पाँचौं स्थ…
२०७९ असार ३ गते लावण्य/साँखु । नेपाल स्काउटको आयोजनामा ४ सय ९४ औँ बिटीसी तालिम र ३ सय ६२ औँ पिटीसी तालिम यही असार ३ गते देखि ८ गते सम्म हुने तालिम शंखरापुर नगरपालिका वडा नं. ७ को बालक्षेत्र नेपालको प्राङ्गणमा सुरु भएको छ । सो तालिमको उद्घाटन शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले गर्नुभएको छ । वहाँले आफु पनि स्काउट तालिम लिएर नै सामाजिक क्षेत्रमा संलग्न भएको उल्लेख गर्दै भन्नुभयो स्काउटको लागि आफुले सक्दो सहयोग गर्नेछु । सोही कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो नेपाल स्काउटले भुकम्पमा गरेको सहयोग हामीले बि…
२०७९ जेष्ठ २८ गते लावण्य/साँखु । कुमारी घर, बसन्तपुर÷नेपाली संस्कृतिका अंग्रेजी भाषा माध्यमबाट सिद्धहस्त विद्वान् लेखक सिद्धि बहादुर रञ्जितकारद्वारा लिखित “कुमारी ः बहुमुखी साक्षात् देवी (सर्वोच्च शक्तिको स्रोत)” पुस्तकको लोकार्पण कुमारी घरमै एक सांस्कृतिक समारोहबीच सम्पन्न भएको छ । साक्षात् जीवित देवी कुमारीको इतिहास, संस्कृति र महत्ता विश्लेषण सहित प्रस्तुत गरिएको पुस्तकको लोकर्पण कुमारी संस्कृतिका लेखकद्वय सिद्धि बहादुर रञ्जितकार र दुर्गा शाक्यले संयुक्त रुपमा गर्नुभएको हो । कर्यक्रममा पुस्तकबारे संक्षिप्त मन्तव्य राख्दै लेखक रञ्जितकारले पु…
नेवाः देय दबु शंखरापुर नगर कमिटीद्वारा जनप्रतिनिधिहरुको सम्मान २०७९ जेष्ठ २७ गते लावण्य/साँखु । नेवाः देय् दबु शंखरापुर नगर कमिटीको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान गर्दै यस अघिको नगर परिषद्बाट पारित प्रस्तावमा ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण गरिएको विषय हो शंखरापुर नगरपालिकाभरीका सम्पूर्ण आधारभूत विद्यालयहरुमा नेपालभाषा र तामाङ भाषा अनिवार्यरुपमा पढाउने विषय । यस अघि नै काठमाडौँ महानगरपालिकाले आफ्नो नगरपालिकामा रहेका सबै सामुदायिक, सरकारी र नीजि स्तरका स्कुलहरुलाई समेत निवार्यरुपमा नेपाल भाषा विषय पढाउन दिने निर्णय गर्दै कार्या…
आउँदो बैशाख ३० गतेको स्थानीय तहको चुनावमा सम्भव भएका ठाउँसम्म विद्युतीय मतदान प्रयोगमा ल्याउने हो भने केही हदसम्म मत बदर प्रतिशत घटाउन सकिन्छ । अर्कोतर्फ केही वर्ष अगाडि नै सर्वोच्चले दिएको आदेश अनुसार “नो भोट”को अधिकार स्थापित गर्न निर्वाचन आयोग र सरकारले ढिलाई गर्नु हुन्न । प्रजातान्त्रिक मुलुकमा सर्वोच्चको आदेश पालना नहुनुलाई अनर्थका रुपमा लिने गरिन्छ । २०७९ मै गर्नुपर्ने प्रदेशसभा÷प्रतिनिधिसभा निर्वाचनमा सबै ठाउँमा अनिवार्य रुपमा विद्युतीय मेशीनको प्रयोग गरौं । यस्तो गरिएमा मतदाता शिक्षाका कारण र विद्युतीय मेशीनमा मतदान बदर नहुनुको कारणले …
– प्रकाशमान सक्व – साँखु र भक्तपुरको बिस्काः जात्राको लिङ्गो र हलिंपताको तुलनात्मक विवरण ः साँखु भक्तपुर लिंगोको लम्बाई ३२ हात लिंगोको लम्बाई ५५ हात हलिंपताः यौटा मात्र ११ हात हलिंपताः दुईवटा ३५ हात घण्टी यौटा मात्र घण्टी धेरै छन् गणेश, महालक्ष्मी, रुद्रायणी पूजा, भैरव रथयात्रा प्रत्येक वर्ष मेष संक्रान्ति अर्थात् बैशाख १ गतेलाई स्वागत गर्न साँखुको चलाखु टोलको महालक्ष्मी अष्टमातृका पीठको सामुन्ने लिङ्गो ठड्याई भव्यताका साथ बिस्काः जात्रा मनाउने गर्दछन् । कालान्तरमा यःसिं…
“ल्हासामा नेपालीले दाँतले चपाएर सुन चिन्थे” – प्रबिता श्रेष्ठ – (साँखुका राजभाई श्रेष्ठको अनुभवमा आधारित यो लेख काठमाण्डु पे्रस डटकमबाट साभार गरिएको हो । –सम्पादक) काठमाडौं, मंसिर १८ ः ‘ए छं नेवा भ्या सलाः’ राजा त्रिभुवनले नेपालभाषामा राजभाइलाई प्रश्न गरे– ‘तिमीलाई नेपालभाषा बोल्न आउँछ ? ‘राजा त्रिभुवनले नेपालभाषा बोलेको सुन्दा म छक्क परेँ,’ ८४ वर्षीय राजभाइ श्रेष्ठ (तीर्थबहादुर श्रेष्ठ) आश्चर्यभावमा भन्छन्, ‘नेपालभाषा हामीले भन्दा उहाँले राम्रो बोल्नुहुन्थ्यो ।’ २०१० सालमा तिब्बतीहरू डेलिगेसनसहित नेपाल आएका थिए, उनीहरूले वार्षिक बुझाउनुपर्ने…
२०७८ कार्तिक १३ गते लावण्य/साँखु । मुलुककै बहुचर्चित प्रख्यात धार्मिक स्थल साँखुको शालिनदी परीसरमा बन्न लागेको श्री माधवनारायणको मन्दिर निर्माणको लागि शंखरापुर ९ सानागाउँका केशव श्रेष्ठले हालसम्मकै ठूलो राशी ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । उहाँले सो रकम आज शालिनदी स्थित मन्दिर निर्माण स्थलमै पुगेर श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । उहाँले यो सहयोग रकम आफ्नो जन्मदिनको अवसरमा गर्नुभएको हो । यस अघि मन्दिर निर्माणको लागि आर्…
लावण्यकर्मी, ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई कमल बहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरियो । – कृशु श्रेष्ठ – २०७८ असोज २० गते बुधवार लावण्य÷साँखु । साँखुका ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई यस वर्षको कमलबहादुर विष्ट स्मृति पुरस्कार यही असोज १९ गते प्रदान गरिएको छ । उहाँलाई सो पुरस्कार यस भेगको ईतिहास ,पुरातात्विक अन्वेषन तथा साहित्य, कला संस्कृति को जगेर्ना गर्नको लागि अथक प्रयास गरे वापत प्रदान गरिएको हो । सो पुरस्कारका संरक्षक मिश्रीमैंया विष्ट हुनुहुन्छ । पुरस्कृत हुनुभएका प्रकाशमान श्रेष्ठ सक्व लावण्य सन्दे…
सूचना प्रविधिको तिव्रतर विकाशसँगै मोबाइल फोन अहिले आम मानिसको पनि अभिन्न साथी बनिसकेको छ । मोबाइल फोन हाम्रो जिवनशैली तथा दैनिकीसँग गाँसिइसकेको छ । तिव्र सम्पर्कका लागि मोबाइल फोनभन्दा राम्रो विकल्प अरु सायदै होला । तर हरसमय मोबाइल फोनमा व्यस्त रहने बानीले हाम्रो सरीरको स्वास्थ्यसँग सम्बन्धित विभिन्न खाले समस्याहरु निम्त्याउन सक्छ । त्यसैले मोबाइल फोनको प्रयोगका बेला केही कुराहरुमा ध्यान दिनुपर्छ, ता की त्यस्ता समस्यालाई निराकरण गर्न सकियोस् । बढि मोबाइल फोनको प्रयोगका कारण हुने स्वास्थ्य समस्या तथा त्यसको समाधानका केही उपाय यस्ता छन् । आँखाको…
२०७८ भाद्र २४ गते लावण्य/साँखु । सरकारले आगामी कात्तिक २५ गतदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना–२०७८ शुरु गर्दैछ । जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते भर्ना भएका सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म घरघरमा पुगेर सूचीकरण गर्ने कार्यतालिका बनाएको छ । छनोट भएका गणकलाई कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने र मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । ७० लाख घर परिवार र ३ करोड जनसंख्याको गणना १५ दिनको अवधिमा सकिने उ…
– क्रिस्टिना श्रेष्ठ – २०७८ साउन २७ गते लावण्य/साँखु । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने डा. गौतमले बताएका छन् । मन्त्रालयका अनुसार त्रिविले सञ्चालन गर्ने परीक्षामा करिब ६० हजार विद्यार्थी रहेको अनुमान गरेको छ । साउ…
– क्रिस्टिना श्रेष्ठ – लावण्य/साँखु । साँखु साल्खाटोलकी चेली डिएसपी डा. कुन्दु श्रेष्ठलाई पूर्व राष्ट्रपति डा. रामवरण यादवले बार्बरा फाउण्डेसनबाट दिईएको नगद २ लाख ५० हजार पुरस्कार सहित सम्मानपत्र दिएर सम्मान गर्नुभएको छ । उहाँलाई सो सम्मान सशस्त्र प्रहरी अस्पतालमा अग्रमोर्चामा खटिएर कोभिडका बिरामीहरुको सेवा गरेवापत दिईएको हो । उहाँ ई. कपिलदेव श्रेष्ठ र कमला श्रेष्ठकी सुपुत्री हुनुहुन्छ । २३ वर्षको उमेरमा नोबेल कलेजबाट एमबिबिएस सकेकी कुन्दु सुरूमा पाटन अस्पतालमा आबद्ध थिइन् । केही समयपछि एपिएफ अस्पताल आएकी हुन् । उहाँले डाक्टर भएर काम गरेको आठ …
– कृशु श्रेष्ठ – साँखु, साउन २३ गते लावण्य÷साँखु । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई)को परीक्षाफल शनिबार दिउँसो प्रकाशित गरेको छ । जस अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् । कोरोनाभाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी प्राप्तांक पठाएका थिए । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शनिबार परीक्षाफल प्रकाशन गरेको हो । परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकम र एन…
२०७८ साउन २३ गते लावण्य/साँखु । त्रिभुवन विश्वविद्यालयले आफूले सञ्चालन गर्ने परीक्षा स्थगित नहुने जानकारी दिएको छ । हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने अनलाइनखबरलाई जानकारी दिए । स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ । त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहने जोशीले बताए । परीक्षा दिन बाँकी विद्यार्थी थोरै रहेको र लामो समयसम्म परीक्ष…
– कृशु श्रेष्ठ – २०७८ साउन २३ गते शनिवार लावण्य÷साँखु । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ। बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए। नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । नतिजा सार्वजानिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भने, “यस वर्ष बोर्डले कति विद्यार्थीले कुन जिपिए ल्याए भने छुट्याएनौँ, जिल्लाबाट प्रमाणीकरण भएर आए…
– कृशु श्रेष्ठ – २०७८ साउन २३ गते शनिवार लावण्य÷साँखु । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिने बोर्डले जनाएको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन् । कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै तहका परीक्षा स्थगित गर्न सिफरिस गरेको थियो।
सामाजिक संजाल