नेपाल विभिन्न जातजाति र संस्कृतिले भरिएको देश हो । त्यसैले यहाँ कुनै पनि जात जातिको कुरा गर्नासाथ ऐतिहासिक र सांस्कृतिक विषयहरु उठान हुने गर्दछ । साथै संस्कृतिका कुराहरु पनि सँगैसँगै आउँछ । नेपालमै सबैभन्दा बढी पढिने आफ्नै संस्कृति अनुसार घरघरमा पढिने पुस्तक स्वस्थानी हो । स्वस्थानीमा वर्णित लावण्य देश साँखु हो कि होईन विवादको विषय हुनसक्छ तर महाभारत वा रामायण पढ्दा जसरी लंका कहाँ छ वा महाभारतको युद्ध भएकै होईन भन्ने जस्ता विवाद उत्पन्न हुने गर्दछ । अझ रामको विषयमा त उनी मर्यादा पुरुषोत्तम नभई घमण्डी समेत भन्ने गरिएको छ । त्यसैगरी स्वस्थानीको …
यसपटक पनि अपेक्षाकृत बदर मत उल्लेख्य रहेको समाचार छ । मतगणना पनि पहिलेजस्तै ढिलो र अस्तव्यस्त रहेको छ । अर्थात्, निर्वाचन व्यवस्थापनमा विगतको अनुभवबाट कुनै पाठ सिकिएको छैन भन्न सकिन्छ । यस्तै पुनः मतदानको मागलगायतका विवादका सम्बन्धमा पनि निर्वाचन आयोगले बेलैमा निर्णय गर्न सकेको छैन । फलस्वरूप, केही क्षेत्रको मतगणना रोकिएको छ । यसले पनि निर्वाचन व्यवस्थापन समग्रमै त्रुटिपूर्ण रहेको स्पष्ट हुन्छ । अधिकांश मतदान केन्द्रको संरचना मतदातामैत्री थिएनन् । विशेषगरी अपाङ्गता भएका, गर्भवती र बूढापाकाका लागि मतदान स्थलसम्म पुग्न र मत खसाल्न सजिलो थिएन । न…
तानाशाहहरूले जनताले मत नदिए धाँधली वा षड्यन्त्र भएको ठान्ने र तदनुरूप भाष्य बनाउने गरेको देखिन्थ्यो । दुर्भाग्य, संसारका धेरै अधिनायकवादीहरूमा देखिएको यही प्रवृत्ति नेपालका राजनीतिक दलका नेताहरूले देखाउन थालेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन परिणामले स्थापित ठूला दलका नेताप्रति जनतामा चरम वितृष्णा भएको देखाएको छ । नेताहरू भने आफूलाई जनताले अस्वीकार गरेको सत्य स्वीकार्न तयार देखिएनन् । जनताले नयाँ दलका युवालाई मत दिए । जनताको वितृष्णाको कारण खोज्नुभन्दा ठूला दल विशेषगरी नेपाली कांग्रेस, नेकपा (एमाले) का नेताहरू भने जनमतको सम्मा…
प्रतिनिधि सभा तथा प्रदेश सभाहरूमा प्रमुख भनिएका राजनीतिक दलहरूले छानेका उमेदवार हेर्दा त्यसले जनसाधारणलाई खासै उत्साहित बनाउने देखिँदैन । सम्भवतः उमेदवारी दर्तापछि पनि दलहरूले जनतालाई चुनावप्रति आकर्षित गर्न सक्नेछैनन् । चुनाव जित्नका लागि गरिएका गठबन्धनका कारण अधिकांश निर्वाचन क्षेत्रमा ठूला पार्टीहरू विशेषगरी नेपाली कांग्रेस र केही हदसम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्तामा असन्तुष्टि देखिएको छ । असन्तुष्टि चुनावसम्मै रह्यो भने नसोचेको परिणाम आउन सक्छ । कांग्रेसले सत्ता गठबन्धनकै दलहरूसँग चुनावी तालमेल गरेको छ । एक्लै चुनाव लड्ने …
यस हप्ता पुनः निहारिका राजपुत (सोनालीकुमार सिंह) चर्चामा रहे । उनी चर्चामा रहनुको पछाडिको पिडा भने बयान गरिसाध्य छैन । उनले जनकपुरका शिवराज श्रेष्ठबाट आफू बलात्कृत भएको र आफू गर्भवती भई बच्चा समेत भईसकेको हुँदा डिएनए परीक्षण गरी पाउँ भनी उनले राज्य समक्ष माग गरेको देखियो । यो उनको व्यक्तिगत माग भएपनि यो समाजकै पिडाको विषय हो । कुनै पनि व्यक्ति कुमारी आमा बनिनु पर्दाको पिडा त हाम्रो समाजमा छँदैछ । त्यसमाथि बच्चा र बच्चाका पिता भनिएका श्रेष्ठको डिएनए परीक्षण गर्न राज्य पक्षले आनाकानी गर्नुपर्ने कारण देखिँदैन । झट्ट हेर्दा यसमा राज्य पक्षले निहार…
लावण्य/साँखु । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने भएकोले उक्त काम गर्न भदौ २५ गते लेखी पठाउने उनले बताए । उनका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेद…
निर्वाचन आयोगले सिफारिस गरेकै मिति २०७९ मंसिर ४ गते मतदान हुनेगरी प्रतिनिधि सभा र प्रदेश सभाहरूको निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले यही निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नसमेत आह्वान गरिसकेको छ । निर्वाचनको विरोध त भएको छैन तर प्रतिनिधि सभा र प्रदेश सभाहरूको कार्यकालका सम्बन्धमा भने प्रश्न उठेको छ । सामान्यतः निर्वाचनको घोषणासँगै संसद् विघटन गर्ने संसदीय परम्परा हो । नेपालमा भने संसद् विघटन गरिएको छैन । सांसदहरूको पदावधि मनोनयन दर्ता गरेका दिनदेखि समाप्त हुने जानकारी निर्वाचन आयोगले दिएको छ । यद्यपि, पाँच वर्षको पदावधि तोकिएकाले सं…
कोभिडको संक्रमण फेरि बढ्न लागेको छ । हैजाले पनि यही बेला दागा धरेको छ । हुँदा हुँदा नैरोबी फ्लाई भनिने कीराबाट हुने संक्रमण पनि देखिन थालेको छ । लाग्छ, नियति काठमाडौंका जनताको धैर्यको परीक्षा लिन आतुर छ । मुलुकको राजधानी र प्रमुख व्यापारिक केन्द्र पनि भएकाले काठमाडौं उपत्यकामा कुनै संक्रमण सुरु भयो भने देशभर फैलन बेरै लाग्दैन । त्यसो त आवागमन सुविधाका कारण देशको अरू कुनै पनि भेगमा देखिने संक्रमण पनि काठमाडौंमा सजिलै फैलन सक्छ । संक्रमणको जोखिम जति बढे पनि सरकारी पदाधिकारीको ध्यान जनताको ज्यान होइन आफ्नै पद र खान्गी जोगाउन केन्द्रित देखिन्छ । ए…
यो बहुप्रचलित उखान हो । अधिकांश नेपालीले यो उखान सुनेकै होला । अहिले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुको ताल बाल हेर्दा यो उखान ठ्याक्कै उनीहरुमा मिल्न जान्छ । त्यसरी नै प्रदेश सरकार र संघीय सरकारको कुरा गर्ने हो भने त झनै यो उखान उनीहरुलाई त नमिल्ने कुरै भएन भन्नुपर्ने स्थिति रहेको छ । अर्थात् मुलुकभर नै तीनै तहका सरकारहरु “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर”को उखान चरितार्थ हुने गरी काम गरिरहेका छन् । उदाहरणको रुपमा भर्खरै नव निर्वाचित काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहलाई लिन सकिन्छ । उनले चुनाव अगाडि स्मार्ट पार्किङको विषय देखि फ…
चालु आर्थिक वर्ष २०७६–७७ को सुरुवातदेखि सरकारले ल्याएका कर र मालवस्तु ढुवानीसम्बन्धी नयाँ नियमले खासगरी साना उद्योग व्यवसायलाई मारमा पारेको छ । साना उद्योग, व्यवसायको क्षमता नै नहेरी सरकारले सबैलाई एकैखाले नियम लागू गरेको छ । अझ स–साना पसलहरुलाई समेत प्यान नम्बर अनिवार्य गर्नु, खरिद खाता, विक्री खाता राख्नु पर्ने बनाउनु भनेको उनीहरुको व्यवसाय बन्द गर्नु बराबर नै हो । साना उद्योग, व्यवसाय सानो पुँजी लगानीबाट सुरु भएका हुन्छन् । देशका सबै भूभागमा यस्ता लघु, घरेलु र साना उद्योग व्यवसाय सञ्चालनमा छन् । अर्थतन्त्रको समावेशी विकास र रोजगारी सिर्जनाक…
नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रमुख भनिएका दलका उमेदवार नै अधिकांश स्थानमा विजयी भएका छन् । तैपनि, केही ठूला सहरलगायतमा स्वतन्त्र उमेदवारले पाएको मतले राजनीतिक दलका नेताप्रति जनतामा वितृष्णा बढेको संकेत स्पष्ट देखिन्छ । राजनीतिक दलका नेताले आत्मसात गर्न नचाहे पनि उनीहरूप्रति जनतामा वितृष्णा बढेको छ । सञ्चार माध्यम, सामाजिक सञ्जाल र समाजमा समेत जनताको निराशा र क्षोभ प्रकट हुन थालेको छ । देशमा निकट भविष्यमा उथलपुथलमा र अकल्पनीय क्षति नहोस् भन्ने चाहने हो भने जनवितृष्णाको कारण बुझेर तत्काल निदानको बाटोमा अहिले स्थापित ठूला दलहरु ल…
यही शनिवार स्वतन्त्र उम्मेदवारी दिन चाहनेहरुको राष्ट्रिय भेला ललितपुरमा सम्पन्न भएको छ । शनिवार हेरिटेज प्लाजामा भएको सो भेलाले सम्भवतः केही दिनमै अर्को नयाँ पार्टी दर्ता गर्ने गरी तयारी गर्नेछ । मुलुकभरका १६५ सीटमै उम्मेदवारी दिने तयारी गरेका गत स्थानीय चुनावमा समेत स्वतन्त्र उम्मेदवार दिएकाहरु समेत भेला भएको सो भेलाले दलको विकल्प दल नै दर्ता गर्नुपर्ने निस्कर्ष निकालेको छ । यस्तो हुनुमा प्रमुख कारण पत्रकार रवी लामिछानेले दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारण पनि हो । यदि आफुहरुले दल दर्ता नगरे समानुपातिक मत रवीको रास्वपा प…
केही दिन अगाडि सरकारले पेट्रोलमा २० रुपैयाँ र डिजेल र मट्टितेलमा मा २९ रुपैयाँ भाऊ घटाएको छ । यसको लागि सरकारले केही राजस्वका दरहरु परिवर्तन गर्ने भएका छन् । सरकारको यो निर्णयसँगै आम जनतामा केही राहत मिल्नेछ । तर सरकारले यो निर्णय समयमै नगर्दा बजार भाउ अचाक्ली बढिसकेको छ भने यातायात भाडा समेत बढिसकेको छ । नेपालमा सामान्यतया सार्वजनिक यातायातमा भाऊ बढाईसकेपछि घटाउन मुश्किल हुन्छ । त्यो भन्दा पनि ट्रक, कन्टेनर, ट्याक्सी, टेम्पोमा त भाऊ घट्ने नामै नलिँदा हुन्छ । अहिले कुनैपनि ठाउँमा जानको लागि ट्याक्सी लिनुपरे आम उपभोक्ताले या त कति लिने भनेर ट्य…
सुरक्षा आवद्ध दस्तावेजमा सही गर्दिन –प्रम लावण्य/साँखु । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको दाबी गर्नुभएको छ । पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एसपीपीका विषयमा अन्योलको स्थिति चलिरहँदा बाहिरिएको नेपाली सेनाको पत्रले एमालेको संलग्नता पुष्टि भएको उहाँको दावी थियो । ‘त्यसैबीचमा एउटा कागज आयो नेपाली सेनाका प्रमुखले हस्ताक्षर गरेको । कसको सरकारका पालामा भयो भन्ने अन्योल भयो’, अध्यक्ष नेपालले भन्…
आजबाट हामी एघार वर्ष पूरा गरी बाह्रौँ वर्षमा प्रवेश गरेका छौँ । पत्रिका प्रकाशनको हिसाबले यो धेरै वर्ष हैन । तर पनि अब पनि हामी बामे सर्दैछौेँ भन्न गाह्रो छ । काठमाडौँ जिल्लाको काँठ क्षेत्रबाट प्रकाशन हुने यो पत्रिका काँठेहरुबीच लोकप्रिय रहेको छ । एउटा कुरा चाहिँ पक्का हो यस अवधिमा हामीले हाम्रा पाठकहरुबाट अधिकतम माया पाएका छौँ । त्यसैले नै हामीले पत्रिकाको गुणस्तर परिवर्तन देखि लिएर पाठकको मायाकै कारण विज्ञापनहरु समेत पाएका छौँ । हामीले पत्रिका प्रकाशन गर्दाखेरि नै भनेका थियौँ । हामी अरुको अधिकारको लागि लड्छौँ । अर्थात् आम जनताको समस्याको लाग…
अनियमितता नियतवश नभएको पनि हुनसक्छ भने भ्रष्टाचार जानाजान गरिएको हुन्छ । यसैले सामान्यतः अनियमिततालाई नियमित गराउने मौका दिइन्छ तर भ्रष्टाचारमा दण्ड नै दिइन्छ । तजबिजी खर्च भ्रष्टाचारको स्रोत हो । आर्थिक वर्ष २०७९÷८० को बजेटमा अर्थमन्त्रीको तजबिजमा खर्च हुनेगरी विनियोजित ५७ अर्ब रुपियाँमा पनि भ्रष्टाचारको मुहान हुनसक्छ । नेपालमा साधारण खर्चबाहेक अधिकांश शीर्षकमा विनियोजित रकम खर्च हुँदैन । पुँजीगत भनिने विकास खर्चको अवस्था कहालीलाग्दो भए पनि बर्सेनि तजबिजी खर्चको अंक भने बढ्दै गएको छ । आगामी आर्थिक वर्षमा संघ र प्रदेशको संसद्को निर्वाचन हुन्छ …
आउँदो बैशाख ३० गतेको स्थानीय तहको चुनावमा सम्भव भएका ठाउँसम्म विद्युतीय मतदान प्रयोगमा ल्याउने हो भने केही हदसम्म मत बदर प्रतिशत घटाउन सकिन्छ । अर्कोतर्फ केही वर्ष अगाडि नै सर्वोच्चले दिएको आदेश अनुसार “नो भोट”को अधिकार स्थापित गर्न निर्वाचन आयोग र सरकारले ढिलाई गर्नु हुन्न । प्रजातान्त्रिक मुलुकमा सर्वोच्चको आदेश पालना नहुनुलाई अनर्थका रुपमा लिने गरिन्छ । २०७९ मै गर्नुपर्ने प्रदेशसभा÷प्रतिनिधिसभा निर्वाचनमा सबै ठाउँमा अनिवार्य रुपमा विद्युतीय मेशीनको प्रयोग गरौं । यस्तो गरिएमा मतदाता शिक्षाका कारण र विद्युतीय मेशीनमा मतदान बदर नहुनुको कारणले …
लोकतान्त्रिक शासन पद्धतिमा निर्वाचनमा उमेदवार रोज्नेमात्र होइन मतदातासँग नरोज्ने अधिकार पनि हुन्छ । नेपालमा भने सर्वोच्च अदालतले आदेश गरिसकेको भए पनि उमेदवारलाई निषेध गर्ने अधिकार अर्थात् “नो भोट”को अभ्यास हुनसकेको छैन । चुनावमा कुनै पदमा उमेदवार भए वा बनाइएका व्यक्तिहरू जति नै खराब भए पनि मतदाताले असन्तुष्टि व्यक्त गर्न पाउँदैनन् । यसैलेअहिले चुनावमा “खराबमध्ये कम खराब” रोज्नेमात्र स्वतन्त्रता छ भन्दै शासन प्रणालीको लोकतान्त्रिक प्रकृतिलाई नै चुनौती दिने गरिएको छ । पदमा रहेकाहरूले निर्वाचनमा हुने लाभहानि हेरेर राज्यको ढुकुटी दुरुपयोग पनि गर्न…
“प्रकाश सपुतले “पीर”को विवादित दृश्य हटाएको छ । सपुतले विवादित दृश्यलाई सम्पादन गरेर “पीर” गीत फेरि युट्युबमा राखेका छन् । एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने सपुतले युट्युबबाट हटाएको छ । सपतुले कसैको दबाब र प्रभावमा नभएर सुभेच्छुक र स्रष्टाबाट आएको सल्लाह सुझावलाई मध्यनजर गर्दै उक्त दृश्य हटाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।” यो समाचार सुन्नासाथ जस कसैका मन अमिलो भएको छ । यो समाचारले धेरैको मन नमिठो भएको होला । त्यसमाथि पत्रकारिता क्षेत्रमा काम गर्ने र युट्यूबर र गायक, सर्जक र निर्माता निर्देशक र कलाकारहरुको पनि मन नमिठ…
रसिया र युक्रेनबीचको युद्धका कारण आकाशिएको इन्धनको मूल्य अझै बढ्ने अनुमान लगाईरहेकै बेला हाम्रो देश नेपालमा पनि इन्धन अभाव हुने छाँट देखिएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई इन्धनको खपत घटाउन सबै उपाय अपनाउन भनेको हो । समितिले गाडी आयात रोक्न देखि सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्न र इन्धनमा कोटा प्रणाली लागू गर्न समेत निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमसँग छलफलपछि समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय अवलम्वन गर्…
सामाजिक संजाल