हामी बाह्रौँ वर्षमा प्रवेश ग-यौैँ








आजबाट हामी एघार वर्ष पूरा गरी बाह्रौँ वर्षमा प्रवेश गरेका छौँ । पत्रिका प्रकाशनको हिसाबले यो धेरै वर्ष हैन । तर पनि अब पनि हामी बामे सर्दैछौेँ भन्न गाह्रो छ । काठमाडौँ जिल्लाको काँठ क्षेत्रबाट प्रकाशन हुने यो पत्रिका काँठेहरुबीच लोकप्रिय रहेको छ ।

एउटा कुरा चाहिँ पक्का हो यस अवधिमा हामीले हाम्रा पाठकहरुबाट अधिकतम माया पाएका छौँ । त्यसैले नै हामीले पत्रिकाको गुणस्तर परिवर्तन देखि लिएर पाठकको मायाकै कारण विज्ञापनहरु समेत पाएका छौँ ।

हामीले पत्रिका प्रकाशन गर्दाखेरि नै भनेका थियौँ । हामी अरुको अधिकारको लागि लड्छौँ । अर्थात् आम जनताको समस्याको लागि हामी उनीहरुलाई के कसरी सहजता हुन्छ त्यस विषयमा कलम चलाउँछौँ । अहिले पनि यस्तै अवस्था देखिएको छ ।

कोरोनाभाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न मानवीय र आर्थिक संकटको चपेटाका कारण हामीले दसौँ र एघारौँ वार्षिकोत्सवलाई शब्दमा मात्र सीमित ग¥यौँ । सिंगो देश र जनताको दुःखमा ऐक्यबद्धता जनायौँ । मुलुक कोभिड–१९ महामारीबाट उठ्दै गरेको तथा नागरिकको जनजीवन सामान्य अवस्थामा फर्किएपछि हामी नयाँ संकल्प र योजनासहित नयाँ अध्यायमा प्रवेश गर्दै छौँ । यस वर्ष हामी केही ढीलो गरेरै भएपनि १२ औँ वर्ष प्रवेशको औपचारिक कार्यक्रम गर्ने पक्षमा छौँ । त्यत्तिबेला पाठकवृन्द, विज्ञापनकर्ता, हाम्रा प्रियजनहरुको उपस्थितिले नै हामीलाई अझ अगाडि बढ्न बल दिनेछ ।

पत्रकारिताको इतिहासमा हामी आफ्नै मानक र शैलीमा हुर्किएका छौँ । यसबीचमा हामीले अनेक आरोह र अवरोहसँग साक्षात्कार गर्ने मौका पायौँ ।  यात्राको थालनी गर्दा हामीसँग केवल अठोट र आँट थियो, आज हामीसँग अनुभव पनि थपिएको छ । हामीले चलाएको अनलाईन पत्रिकाका पाठक पनि दिनहुँ बढ्दै गएको छ । पाठक र शुभचिन्तकहरुको अपार माया पाएका छौँ, साथ र सहयोग पाएका छौँ । हाम्रो यो विशेष दिनमा, देश विदेशमा रहनुभएका हाम्रा आदरणीय पाठक, विज्ञापनदाता र शुभचिन्तक सबैप्रति हामी हार्दिक आभार आभार प्रकट गर्दछौँ ।

हामी समाचार दैनिक अभिलेखको विषय मात्र होइन, समाजलाई सकारात्मक दिशा निर्देशन गर्ने काम पनि हो भन्नेमा विश्वास गर्छौँ ।

कानुनी राज्य, विधिको शासन, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको आधारभूत मानव अधिकारको संरक्षणमा सदैव हाम्रो चासो रहन्छ । न्यायपूर्ण, विभेदरहित, सबल र समृद्ध नेपालको निर्माणमा सहयोगी भूमिकामा उभिन्छौँ । संघीयता कार्यान्वयन, प्रदेश र स्थानीय तहका सरकारहरूको सबलीकरणका साथै उच्च आर्थिक विकासतिर मुलुक अग्रसर होस् भन्ने सदिच्छा राख्छौँ ।

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता आधारभूत आवश्यकता पूरा गर्नेतर्फ राज्यको भूमिका अभिवृद्धि होस् भनेर त्यस्ता नीतिगत विषयमा बहस चलाउँछौँ । मजदुर, किसान लगायत सीमान्तकृत समुदायका नागरिकका सरोकार हाम्रो प्राथमिकतामा परेका छन् । जनताको जीवन स्तर सुधार्न राज्यलाई घचघच्याइरहन्छौँ ।

पत्रकारिताका आधारभूत मूल्य, मान्यता र नागरिकप्रतिको दायित्वबाट हामी कहिल्यै विमुख र विचलित हुँदैनौँ, हर मूल्यमा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा खडा हुन्छौँ र विश्वसनीय खबर पस्कन्छौँ । प्राविधिकरुपमा पाठकमैत्री हुन्छौँ । डिजिटल संस्करणमा नयाँ नयाँ प्रयोग गर्नेर्छौँ ।

सचेत पाठक, विद्वान् लेखक, भरपर्दा समाचार स्रोत, उदारमना विज्ञापनदाता र शुभेच्छुकहरूको साथ, सहयोग र स्नेहले हाम्रो यो चुनौतीपूर्ण संकल्प साकार हुनेमा हामी विश्वस्त छौँ ।

Post a Comment

0 Comments