भ्याली बैंक र सिग्नेचर बैंकपछि फष्ट रिपब्लिकन बैंक टाट पल्टिएको हो । अमेरिकामा दुई महिनाभित्र यो तेस्रो बैंक टाट पल्टिएको हो । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्युरेन्स कर्पोरेसनले फष्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ । कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सो संकटग्रस्त बैंकलाई स्वामित्व ग्रहण गरेको छ । जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ! जेपी मोर्गन फष्ट रिपब्लिकन बैंकको …
– कृशु श्रेष्ठ – २० फाल्गुन शनिवार लावण्य/.साँखु । साँखु जेसिजको बर्ष २०२३ को प्रथम साधारणसभा तथा प्रि–इन्डक्सन एवम् लोम अफिसर तालिम सम्पन्न भएको छ । साँखु जेसिजका अध्यक्ष गणेश दुलालको अध्यक्ष्यतामा भएको उक्त साधारणसभाबाट बार्षिक कार्ययोजना पारित गरिएको थियो भने साधारणसभा लगत्तै प्रि – इन्डक्सन तालिम सञ्चालन गरिएको थियो । उक्त तालिम शंखरापुर नगरपालिका उप– प्रमुख समिता श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो । तालिम प्रशिक्षक नेपाल जेसीज २०१८ का कार्यकारिणी उपाध्यक्ष रस्मी सिल्पकार हुनुहुन्थ्यो । प्रशिक्षण निकै आकर्षक र प्रभावकारी रह…
फाल्गुन २० गते शनिवार लावण्य/साँखु । नेपाल लेखापढी कानुन ब्यवसायी एशोसियसन शंखरापुरको तेश्रो साधारणसभा र दोस्रो अधिवेशनबाट अध्यक्षमा दिलिप बस्नेत निर्वाचित हुनुभएको छ । कुल १६७ जना मतदाता रहेकोमा उहाँले १०७ मत प्राप्त गरेका थिए । शनिवार शंखरापुर नगरपालिकाको वडा नं ९ को ओदान रिसोर्टमा सम्पन्न उक्त अधिवेशनबाट बस्नेतको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति निर्वाचित भएको हो । त्यसैगरी सो कार्यसमितिको सचिवमा सरोज अधिकारी निर्वाचित भएका छन् । उहाँले १३३ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा भीमसेन श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए भने सह उपाध…
– कृशु श्रेष्ठ – १४ फाल्गुन आईतवार लावण्य/साँखु । हलिं नेवाः गथिको केन्द्रिय अधिवेशनबाट विनोद महर्जनको अध्यक्षतामा नयाँ पदाधिकारीहरुको सर्वसम्मतिबाट चयन भएको छ । अधिवेशनबाट चयन भएका पदाधिकारी एवं सदस्यहरु यसप्रकार रहेको छ – अध्यक्षमा विनोद महर्जन, उपाध्यक्षमा सुरेश सैँजु, सचिवमा अमरकाजी श्रेष्ठ र सहसचिमा सत्यनारायण श्रेष्ठ, कोषाध्यक्षमा मीना गोपाली, सह कोषाध्यक्षमा सविता नकर्मी चुनिनुभएको छ भने सदस्यहरुमा भवानी प्रधान, गोपालकृष्ण नकर्मी, सुवर्ण मानन्धर, हरि महर्जन, सरल गोपाल महर्जन, देव श्रेष्ठ, सुर्यलक्ष्मी महर्जन, उमेश प्रकाश श्रेष्ठ, राजु …
– क्रिस्टिना श्रेष्ठ – १३ फाल्गुन शनिवार लावण्य/साँखु । रोटरी क्लब अफ साँखु र क्यान्सर सोसाईटी काठमाडौँ शाखाको आयोजनामा यही फाल्गुन २० गते शनिवार हाकुज रेष्टुरेण्टमा पाठेघर र स्तन क्यान्सर रोग सम्बन्धी जनचेतना जगाउने कार्यक्रम हुने भएको छ । सो कार्यक्रम पछि क्यान्सर रोगको संकेत देखिएकाहरुलाई फाल्गुन २७ गते शनिवार भाग्योदय माविमा हुने स्वास्थ्य शीविरमा परीक्षण गरेर आवश्यकता अनुसार पाठेघर क्यान्सरको उपचारको लागि समेत सिफारिश गरिनेछ ।
लावण्य/साँखु । “श्रीमतीलाई बन्धक बनाएको भन्दै शंखरापुरका नगरप्रमुख विरुद्ध उजुरी” शीर्षकमा केटिएम दैनिक र राजधानी दैनिकमा समाचार प्रकाशित भएपछि शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले आफ्नो तर्फबाट एक पे्रस विज्ञप्ती निकाल्दै यस विषयमा स्पष्ट पारेका छन् । प्रेस विज्ञप्ति मिति : २०७९ फागुन ११ गते मेरा नगरबासी तथा आमनागरिकज्युहरु, सबै आमसञ्चार माध्यमका संवाददाता÷सम्पादक ज्यू, बिगत केही दिनदेखी केही सञ्चारमाध्यममा मेरो र मेरो परिवारको बारेमा समाचार सामग्री प्रकाशन भएकोप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । ति समाचारहरूले जनमानसमा केही भ्रम उत्पन्न…
लावण्य/साँखु । तीन वर्ष अगाडि स्थानीय तह निर्धारण आयोगको सिफारिशमा शंखरापुर नगरपालिका अन्य नगरपालिकासँग जोडिने खबर प्राप्त भएपछि शंखरापुरवासी आन्दोलनमा उत्रिएका थिए । त्यो आन्दोलनको फलस्वरुप शंखरापुर नगरपालिका यथावत कायम भएको सम्झनामा यही फाल्गुण २२ गते साँखुको चलाखु टोलमा दिपावली गर्दै अभियन्ताहरुले खुशियाली मनाएका छन् । त्यसैगरी सोही दिनको सम्झनामा सक्व सभाहलमा पूर्व सांसद दीपकप्रसाद कुइँकेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी समयवजी कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रमको लागि अभियन्ता एवं तत्कालीन आमरण अनसनकर्ता ई. राजदास श्रेष्ठले स…
फाल्गुन ६ शनिवार लावण्य/साँखु । यस वर्ष माघमा माधवनारायणको व्रत बसेका व्रतालुहरुले शिवरात्रिका दिन साँखुको ज्योतिर्लिङ्गेश्वर परिसरमा भगवान माधवनारायणको भजन किर्तन गाउँदै जाग्राम बसेर शिवरात्रि पर्व मनाएका छन् । परम्परा अनुसार शिवरात्रिका दिन राति जाग्राम बसेर भोलिपल्ट बिहान बज्रयोगिनीको दर्शन गरेपछि मात्रै माधवनारायण व्रतको फल मिल्ने बिश्वास यहाँका स्थानीयमा पाईन्छ । यस अघि साँझपख व्रत नाईके कजीको घरबाट सारुक्वलां (साधु स्मशान)मा पूजा गर्न गएको थियो । जुन पूजामा जलचर स्थलचर र उभयचरको बली दिने गरिन्छ । परम्परा अनुसार १ जोडी परेवा, एक जोडी माछा…
प्रचण्डको चाहना ः एमाले आफैं बाटो लागोस् प्रचण्डले नै राष्ट्रपति लिनुस् भनेको हो– योगेश भट्टराई प्रचण्डले नै एमालेलाई राष्ट्रपति लिनुस् भन्नुभएको हो ः योगेश भट्टराई लावण्य/साँखु । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुने बताएका छन् । प्रेस चौतारी कर्णालीले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका हुन् । सचिव भट्टराईले सरकार गठनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रपति ए…
– कृशु श्रेष्ठ – २९ माघ आईतवार लावण्य/साँखु । यही माघ २८ गते शनिवार शालिनदी परीसरमा वृहत सरसफाई सम्पन्न गरिएको छ । सो कार्यक्रममा बागमति प्रदेशका वन तथा वातावरण मन्त्री राजु विष्ट, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समिति र डिभिजन वन कार्यालय काठमाडौँ अन्तर्गत साँखु सब डिभिजन वन कार्यालयको आयोजना एवम् शंखरापुर नगरपालिका, महानगरीय प्रहरी प्रभाग साँखु, सामुदायिक प्रहरी साँखु, ब्लु वेस्ट टु भ्याल्यु,…
२८ माघ शनिवार लावण्य/साँखु । सन्दिपनी ज्ञान मन्दिर पब्लिक हाईस्कुल (संगम) को नवनिर्मित भवनको उद्घाटन शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले गर्नुभएको छ । सो भवन उद्घाटन कार्यक्रमको औपचारिक कार्यक्रमको उद्घाटन भने बागमति प्रदेशका वन तथा वातावरण मन्त्री राजु विष्टले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा संघीय सांसद सोविता गौतम, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, शंखरापुर नगरपालिकाका उप मेयर समिता श्रेष्ठ, प्रवक्ता राधाकृष्ण श्रेष्ठ, विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षाविद्हरु लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । क…
– कृशु श्रेष्ठ – २८ माघ शनिवार लावण्य/साँखु । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनबाट निमनथा फुयालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । काठमाडौंमा शुक्रबार राति सकिएको अधिवेशनले फुयालको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए । कार्यसमितिमा निवर्तमान अध्यक्ष हरिप्रसाद भण्डारी पदेन सदस्य रहेका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा विजेन्द्र विक्रम शाह, प्रथम उपाध्यक्षमा मेख बहादुर अधिकारी, द्…
लावण्य/साँखु । साँखुको शालिनदी तीरमा बसेर माधवनारायणको व्रत बस्ने व्रतालुहरु आजबाट घर फिर्ता हुने भएको छ । आज बिहानै व्रतालुहरु सबै ज्योतिर्लिङ्गेश्वर परिसर पुगेर बिहानको नित्य स्नान कजी, साँवागणसँगै गर्दछन् त्यसपछि माध गाउँदै देवी देवताहरुको पूजा आजा गर्दै ज्योतिर्लिङ्गेश्वर परिसर परिक्रमा पछि अजिमा (अजिद्यः) स्थानसम्म पुग्दछन् । त्यसपछि आफू साँखुको जुन टोलमा बसेको हो त्यो टोलको गणेश पूजा पछि शालिनदीमा व्रत वस्दा आफूले उपभोग गरेको मिगाःमा पूजा गरिसकेपछि व्रत समाप्त भएको मानिन्छ । पौष २१ गते साँखुको ब्रम्हपुर (बलंपुली) बाट सुरु गरिएको व्रत आज …
२१ माघ शनिवार लावण्य/साँखु । तरेली साहित्य प्रतिष्ठानले यही माघ २१ गते शनिबार बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय राजु बिष्टलाई सम्मान गरेको छ । उहाँकै प्रमुख आतिथ्यतामा भएको सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री विष्टले भन्नुभयो– यस भेगमै तरेली साहित्य प्रतिष्ठानले गरेका साहित्यिक कार्यक्रम अतुलनीय रहेको बताउँदै तरेली साहित्य प्रतिष्ठानलाई आफुले सक्दो सहयोग गर्ने वचन दिनुभएको छ । कार्यक्रममा विशेष अतिथि शंखरापुर नगरपालिकाका उप प्रमुख समिता श्रेष्ठले आगामी दिनमा तरेली साहित्य प्रतिष्ठानलाई नगरपालिकाको तर्फबाट आर्थिक सहयोग …
माधवनारायण व्रतका क्रममा, शालिनदीमा अहिलेसम्म१ करोड २ लाख ४४ हजार ३४रुपैया“ सहयोग संकलन भएको देखिएको छ । २३ माघ सोमवार । लावण्य/साँखु । शालिनदीमा मेला लागेको आज २६ औँ दिन हो । आजसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु. १ करोड २ लाख ४४ हजार ३४ रुपैयाँ संकलन भएको छ । पौष २२ गते १ लाख ७७ हजार ९ सय ८०, पौष २३ गते ३ लाख ७८ हजार ६ सय २५, पौष २४ गते १ लाख १० हजार २ सय ८५, पौष २५ गते २ लाख ३२ हजार ६०, पौष २६ गते १ लाख ५१ हजार ४ सय ७५, पौष २७ गते १ लाख ७२ हजार ६ सय ३०, पौष २८ गते २ लाख ५९ हजार १ सय ८०, पौष २९ गते २ लाख ८९ हजार २ सय ८०, …
माधवनारायण व्रतका क्रममा, शालिनदीमा अहिलेसम्म करीब ८५ लाख रकम संकलन भएको देखिएको छ भने अहिलेको परिस्थितिमा १ करोड भन्दा बढी सहयोग संकलन हुने देखिएको छ । १७ माघ मंगलवार लावण्य/साँखु । शालिनदीमा मेला लागेको आज २६ औँ दिन हो । आजसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु ((८४ लाख ७७ हजार १ सय ६७ रुपैयाँ संकलन भएको छ । पौष २२ गते १ लाख ७७ हजार ९ सय ८०, पौष २३ गते ३ लाख ७८ हजार ६ सय २५, पौष २४ गते १ लाख १० हजार २ सय ८५, पौष २५ गते २ लाख ३२ हजार ६०, पौष २६ गते १ लाख ५१ हजार ४ सय ७५, पौष २७ गते १ लाख ७२ हजार ६ सय ३०, पौष २८ गते २ लाख ५९ ह…
६ माघ शुक्रवार लावण्य/साँखु । काठमाडौंको शंखरापुर नगरपालिकामा गत पुस २२ गतेदेखि जारी साँखु–शालीनदी मेला अन्तर्गत सञ्चालनमा रहेको बजारहरुको अनुगमन गरिएको छ । शालीनदी मेलामा व्यापारीहरुले दर्शनार्थीसँग बढि मुल्य लिएको गुनासो बढेपछि शंखरापुर नगरपालिकाले अनुगमन थालेको छ । शुक्रबार नगरप्रमुख रमेश नापितको नेतृत्वमा उपप्रमुख समिता श्रेष्ठ, नगरपालिकाका कर्मचारीहरु, इलाका प्रशासन कार्यालय साँखुका प्रतिनिधिहरु, विभिन्न वडाका अध्यक्षहरु, शंखरापुर उद्योग वाणिज्य संघ, राजनीतिक दलका प्रतिनिधीहरु, प्रहरी प्रभाग साँखु, नगरप्रहरी, सरोकारवालाहरु सहितको टोलीले स…
– क्रिस्टिना श्रेष्ठ – ९ माघ २०७९ लावण्य/साँखु । यही माघ ६ गते सम्पन्न नेपाल रेडक्रस सोसाईटी साँखु शाखाको साधारणसभाले गणेश राज राजभण्डारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । महिला उप सभापतिमा रोमिन श्रेष्ठ, सचिवमा श्रीकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा डेविड श्रेष्ठ, उप सचिवमा राजेश नारायण श्रेष्ठ, उप कोषाध्यक्षमा हरिराम श्रेष्ठ, महिला सदस्यमा शर्मिला राजभण्डारी, सदस्यहरुमा रोजन श्रेष्ठ, रमेश कार्की, प्रवेश श्रेष्ठ र जेन श्रेष्ठ रहेका छन् ।
माघ ८ गते आईतवार लावण्य/साँखु । साँखु जेसीजको २३ औा पदस्थापन कार्यक्रम शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यतामा आईतवार समरा गार्डेनमा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष जयराम श्रेष्ठले नवनिर्वाचित अध्यक्ष गणेश दुलाललाई पद हस्तान्तरण गरेका थिए भने अरु सबै पदाधिकारीहरुलाई पनि पदभार हस्तान्तरण एवं शपथ ग्रहण गराईएको थियो । कार्यक्रममा विशिष्ट अतिथि उप मेयर समिता श्रेष्ठ, विशिस्ट अतिथि नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय अध्यक्ष बिकास मानन्धर, प्रहरी प्रभाग साँखुका प्रमुख जनक पुरी, नेपाल जेसीज बर्ष २०२३ का राष…
तीन पार्टीले थाले ओलीविरुद्ध मोर्चावन्दी काँगे्रसको ध्यान राष्ट्रपति चुनावमा केन्द्रित कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने, सबै दलको सहयोग लिने निर्णय लावण्य/साँखु । सत्तामा रहेको पार्टीसँग सत्ता बाहिर रहेका दुई पार्टीले मोर्चा निर्माण गर्ने तयारी थालेका छन् । सरकारमा रहेको माओवादी केन्द्रसँग प्रधानमन्त्रीलाई विश्वास दिएको नेकपा एकीकृत समाजवादी र सरकारलाई समर्थन गरेको तर सरकारमा सहभागी नभएको जनता समाजवादी पार्टीले एकता गर्ने सम्मको तयारी थालेका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसप…
सामाजिक संजाल