नेपाल लेखापढी कानुन व्यवसायी शंखरापुरको अध्यक्षमा दिलिप बस्नेत निर्वाचित



फाल्गुन २० गते शनिवार

लावण्य/साँखु । नेपाल लेखापढी कानुन ब्यवसायी एशोसियसन शंखरापुरको तेश्रो साधारणसभा र दोस्रो अधिवेशनबाट अध्यक्षमा दिलिप बस्नेत निर्वाचित हुनुभएको छ ।

कुल १६७ जना मतदाता रहेकोमा उहाँले १०७ मत प्राप्त गरेका थिए । शनिवार शंखरापुर नगरपालिकाको वडा नं ९ को ओदान रिसोर्टमा सम्पन्न उक्त अधिवेशनबाट बस्नेतको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति निर्वाचित भएको हो । त्यसैगरी सो कार्यसमितिको सचिवमा सरोज अधिकारी निर्वाचित भएका छन् । उहाँले १३३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा भीमसेन श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए भने सह उपाध्यक्षमा गोमा न्यौपाने, सहसविमा अमृता कुइँकेल निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी कोषाध्यक्षमा मनोज न्यौपाने, सदस्यहरुमा राजेश श्रेष्ठ, राजन चौलागाइँ, सुशिला गुरागाइँ, विजु ओझा, विमला खड्का, सुजन अधिकारी र शशीकुमार बस्नेत निर्वाचित भएका थिए ।

 कार्यक्रम नेपाल लेखापढि कानुन ब्यवसायी एसोसियशनका केन्द्रिय अध्यक्ष सिताराम दाहाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

नेपाल लेखापढि कानुन व्यवसायी एसोसियसन शंखरापुरका अध्यक्ष रामशरण ढुङ्गानाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा बिभिन्न क्षेत्रका प्रतिनिधि, समाजसेवी राजनीतिक दलका नेता तथा अन्य महानुभावहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments