म शून्यमा शून्यसरी विलाएँ

 

– प्रा. मिठ्ठाराम थापा खुलालटार

अरुलाई हँसाइरहने सीने उग्रतारा आफु रोएर गए

अफसोच ! यस संसारमा कहिल्यै नफर्कने भए

हे ! बिर्सनै नसकिने उज्ज्वल तारा सदाका लागि अस्तायो

तिमी श्री कृष्ण मात्र नभै सीने विधाका कृष्ण नै थियौ ।

 

हे ! सीने क्षेत्रका चम्किला नक्षत्र तिमी सदाका लागि निदायौ

विडम्बना साथ भन्नै पर्छ अरुलाई भने ननिदाउने गरायौ

तिम्रो चलचित्र क्षेत्रमा सगरमाथा जस्तै उचाई छ

त्यसैले नेपालीहरुमा तिम्रो अगाढ माया छ ।

 

सिने क्षेत्रमा यहाँसम्म उचाई ल्याउनेमा तिम्रो पनि देन छ

तिमीले छोडीगए पनि नेपालीमा सम्झना रहीरहनेछ

यो क्षेत्रमा तिम्रो अमिट छाप रहिरहनेछ ।

 

हे ! अभिनेता यो राष्ट्रले तिम्रो राष्ट्रिय सम्मान गरेकोछ

तिम्रो अभावमा सिने क्षेत्रको विकास भण्डार अधुरो रहनेछ

सयौँ चलचित्रमा सकिनसकी राम्रो भूमिका निभायौ

प्रष्ट भन्नुपर्दा तिमी अल्पायुमै अस्तायौ ।

 

तिम्रो अभावमा प्रकृति पनि पिरोलिन्छन्

बिर्सेर पनि बिर्सनै नसकिने कृष्ण आज प्रकृति पन लोलाउँछन्

कृष्ण आज हाम्रो सिने क्षेत्रको रंगमञ्च नै शून्य गरायौ

दुःखसाथ भन्नै पर्दछ तिमी शून्यमा शून्य सरी विलायौ ।

Post a Comment

0 Comments