चेतराम पौडेल
मानवीय शासन प्रणालीमध्ये सबैभन्दा उत्तम लोकतन्त्र मानिन्छ । जुन व्यवस्था जनताद्वारा जनताका लागि जनताले शासन गर्ने पद्धती हो । राज्यमा जनता वा नागरिक नै सर्वश्रेष्ठ हुने भएकाले यस प्रणालीमा कानुनी राज्य एवं विधीको शासन हुन्छ । तर एकतन्त्रीय हुकुमी शासनमा कुनै एक व्यक्तिको मात्र निरंकुशता हुने भएकाले उक्त शासन वैज्ञानिक मानिँदैन ।
अल्पविकसित राष्ट्रहरुमा जनताहरु गरिब तथा निरक्षर हुने भएकाले केही मुठ्ठीभरका व्यक्तिहरुको हातमा शासन सत्ता कायम भएको पाइन्छ । नेपाल पनि चार पाँच जना व्यापारीहरुद्वारा छिमेकी राष्ट्रको ईशारामा सञ्चालित छ । जति जनचाहना भएपनि शोषण, भ्रष्टाचार, उत्पीडन नेपाली समाजबाट हटाउन गाह्रो भएको छ । झण्डै दुई सय चालीस वर्षको राजा, राणा एवं सामन्ती प्रथाले जरो गाडेको समाजमा प्रजातान्त्रिक संस्कारको विजारोपण गर्न धेरै गाह्रो छ । हाम्रा बीर शहीद एवं त्यागी नेताहरुको योगदानबाट भर्खरै नेपाल लोकतान्त्रिक शासन प्रणालीमा बामे सर्र्दैछ । यो बेला जाति भाषा भेष अनुसार सबैलाई आ–आफ्नो पहिचानको महसुस हुने बहुजातिय बहुभाषिक एवं बहु साँस्कृतिक अखण्ड नेपालको बृहत्तर हित हुने शासन प्रणाली नेपालीलाई आवश्यक छ ।
हाम्रा वीर पूर्खाहरुको बलिदान र पसिनाबाट आर्जित तथा संरक्षित स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न हिमाली राज्यमा छिमेकी साम्राज्यवादीहरुले धेरै पहिले देखि नै आँखा गाडेका थिए । तर हामी नेपाली धार्मिक सहिष्णुता विविधतामा एकता एवं विचारमा समानता हुने समाजलाई जो जस्को क्षणिक स्वार्थका कारण टुक्राउने प्रयासप्रति सचेत छौँ । जागरुक भै आफ्नो राष्ट्रप्रति बफादार भै काँधमा जिम्मेवारी हृदयमा इमान्दारी एवं मस्तिष्कमा समझदारी लिएर अगाडि बढिरहेका छौँ । केही भ्रष्ट नेताहरुको विवेकमा संकट आएपनि समग्रमा धेरैजसो नेपालीहरुको बुद्धिमा खिया लागेको छैन ।
समाजमा केही सामन्ती समूह वा व्यक्तिहरुले दमन गरी जनचाहनाको थिचोमिचो एवं राज्यको स्रोतमा भ्रष्टाचार गरेर देशलाई खोक्रो पारेको हामी सबै नेपालीलाई पचेको छैन । शासकले त राज्यका बासिन्दाको संरक्ष्ण गर्नु पर्ने हो तथा शिक्षा, स्वास्थ्य रोजगारको व्यवस्था गरेर स्वावलम्बी बनाउनु पर्ने हो । सुशासन कायम गरेर दण्डहिनता अनियमितता भ्रष्टाचार कुकर्मलाई निरुत्साहित गर्नु नि शासकको कर्तव्य हुनेपनै हो तर ठीक उल्टो किन भैरहेको छ । सगरमाथा जस्तै उच्च शीर गराएर समाजमा हाँसी हिँड्न पर्नेमा शीर निहुराएर हामी किन कालो अनुहार र राता आँखा देखाउँछौँ ?
यदि दुष्कर्म आसुरी कर्म छाडेर सुकर्ममा लाग्यौँ भने हामी सबैलाई देखेर हाम्रो हिमाल हाँस्ने छ, लालीगुराँसमा थप चमक आउनेछ, डाँफेचरी रमाउने छ अनि गाईले धेरै दूध दिन थाल्नेछ । बुद्ध फेरि जन्मिएर सामाजिक सद्भाव कायम गर्न पनि हाम्रो समाजमा थाल्ने छन् । यदि हामी सबैमा सुशासन, मैत्रिभाव, सुकर्म एवं भगवत् प्रेम रस भरियो भने थप सृजना शक्ति फैलिएर हाम्रो जीवन सार्थक बन्नेछ । हामी ईश्वरीय भाव लिई दुःख सुखमा सहभागी भै लोभ, मोह, क्रोध, डाह, ईश्र्यालाई त्यागेर लगनशिलताका साथ काम गर्न सदैव लागि परौँ ।
आदरणीय शासक नेताहरुमा सद्बुद्धि पलाओस् । सात्विक आहार शुद्ध विचार र सुकर्मले दिनानुदिन स्थान लिँदै जाओस् भन्दै हामी सधैँ गायत्रीमन्त्र जप्ने गरौँ । हामी संस्कृति र प्रकृतिमा धेरै धनी भएकाले मन तथा विचारमा पनि सम्पन्न बनौँ । जय जन्मभूमी नेपाल !

0 Comments
Thanks for your concerns