“श्रीमतीलाई बन्धक बनाएको भन्दै शंखरापुरका नगरप्रमुख विरुद्ध उजुरी” , शीर्षक समाचारमा शंखरापुरका मेयर रमेश नापितको पे्रस विज्ञप्ती




लावण्य/साँखु । “श्रीमतीलाई बन्धक बनाएको भन्दै शंखरापुरका नगरप्रमुख विरुद्ध उजुरी” शीर्षकमा केटिएम दैनिक र राजधानी दैनिकमा समाचार प्रकाशित भएपछि शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले आफ्नो तर्फबाट एक पे्रस विज्ञप्ती निकाल्दै यस विषयमा स्पष्ट पारेका छन् ।

प्रेस विज्ञप्ति 

मिति : २०७९ फागुन ११ गते

मेरा नगरबासी तथा आमनागरिकज्युहरु,

सबै आमसञ्चार माध्यमका संवाददाता÷सम्पादक ज्यू,

बिगत केही दिनदेखी केही सञ्चारमाध्यममा मेरो र मेरो परिवारको बारेमा समाचार सामग्री प्रकाशन भएकोप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । ति समाचारहरूले जनमानसमा केही भ्रम उत्पन्न गराएकोहुनाले मैले आफ्नो स्पष्टीकरण दिन गइरहेको छु ।

सर्वप्रथम त म कुनैपनि किसिमको महिला हिंसाको पक्षपाती हैन र यस्तो हुन नदिने कुरामा समेत सदा सचेत र प्रतिबद्ध रहेको स्पष्ट पार्न चाहन्छु । लामो समयदेखि राजनीति र समाजसेवामा क्रियाशील ब्यत्तित्व भएको नाताले पनि समाजमा हुने कुनैपनि प्रकारका महिला हिंसा, घरेलु हिंसाको म सधै विरोधी रहँदै आएको छु र महिलामाथिको हिंसाको पक्षमा म कदापी रहनेछैन ।

मैले यसो भनिरँदा म विरुद्ध हालै मेरो श्रीमती सरिता महर्जनले राष्ट्रिय महिला आयोगमा मैले घरेलु हिंसा गरेको भनेर उजुरी दर्ता गर्नुभएको कुरा केही सञ्चारमाध्यमबाट थाहा पाउँदा अचम्मित भएको छु । अझ उजुरीमा उल्लेख गरीएअनुसार बन्धक बनाएको, कुटपिट गरेको, खान लगाउन नदिएको भन्नेजस्ता कपोलकल्पित, भ्रामक र आधारहीन झुटा आरोपहरु देख्दा तीनछक्क परेको छु ।

राजधानी दैनिक, केटिएम दैनिक अनलाइनमा एकपक्षीय ढंगले समाचार आएकोप्रति मेरो चित्त दुःखाई छ । उहाँको बारेमा र मेरो बारेमा स्पष्ट बुझेर मात्र यथार्थ समाचार प्रकाशन गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।

सधै नगरपालिकाको काममा ब्यस्त हुनुपर्ने, सार्वजनिक सेवाको जिवन विताइरहेको मलाई आफ्नो पारिवारिक दुःखको पाटो खोल्न मन थिएन तर सो उजुरीपछि मैले मेरो घरभित्रको दुःख नसुनाउँ भन्दापनि सुनाउनुपर्ने बाध्यता आइपरेको छ ।

मेरो पहिलो श्रीमतीको निधन भएपछि म एकल जिवन बिताउँदै आएको थिएँ । बेला बेला आफन्त साथीभाईले मलाई दोश्रो बिवाह गर्न सल्लाह सुझाव दिएपनि पाँच–छ बर्ष बिहे नगरी बसेको थिएँ ।

परिवारमा श्रीमतीको निधन भएपछि २ छोरा, म र दिदी गरी ४ जना मात्र हुन पुग्यौँ । पछि कान्छो  छोरा अध्ययनका लागि विदेश गएपछि परिवारमा ३ जना मात्र थियौँ । गत बैशाखमा म नगरप्रमुखमा निर्वाचित भए लगतै सरिता महर्जनकै तर्फबाट बिहेको कुरा आएको थियो ।

म नगरपालिका र पार्टीको काममा ब्यस्त हुनुपर्ने, घरमा दिदी बिरामी अवस्थामा रहनुभएको हुँदा बिहे गरेपछि घर ब्यवहार सहज होला भनेर आफ्नै भाउजुको आफन्त पर्ने सरिता महर्जनसँग २०७९ असार २४ गते काठमाडौंको गुहेश्वरी मन्दिरमा बिहे भएको थियो ।

भाउजुको आफन्त नाता पर्ने भएकोहुनाले सरिता महर्जनको पृष्ठभूमी, बानी व्यवहार सबै राम्रै होलाभन्ने सोचेर कुनै कुराको मतलव नगरी बिहे गरेको थिए ।

बिहे गर्नेबेला नै उहाँलाई घरमा दिदी बिरामी हुनुहुन्छ खाना बनाउनुपर्छ, कहिलेकाँकी लुगापनि धुनुपर्छ भनेर स्पष्ट रूपमा कुराराखीसकेपछी सहमतिमा नै बिहे भएको थियो । आफ्नो घरमा खाना बनाउनु, घरको काम गर्नु, लुगा धुनु जस्ता कुरालाई पनि उहाँले महिला हिंसासँग जोड्नुभएको देख्दा दुःख लागेको छ ।

घर परिवार राम्रो बनाउँन भनेर उहाँसँग बिहे गरेको तर २ हप्ता नपुग्दै उहाँले मसँग ठूला–ठूला कुराहरुको माग गर्न थाल्नुभयो । मसँग गाडिको लाइसेन्स छ, यसको काम भएन भन्न थाल्नुभयो । पछि मुख खोलेरै मलाई कार चाहियो, मेयरको श्रीमती भएर पनि के खुल्ला हिड्नु भन्न थाल्नुभयो । मेरो कुन–कुन बैंकमा खाता छ, कति पैसा छ भनेर सोध्ने, कहिले जग्गा जमिन कहाँ–कहाँ छ भनेर सोधेर हैरान पार्न थाल्नुभएको थियो । सुरुमा उहाँको मुख्य माग भनेको मैले उहाँलाई कार किनिदिनुपर्यो भन्ने थियो ।

मसँग कार किन्ने पैसा छैन म कहाँ कार किनिदिन सक्छु भनेपछि मनमुटाव सुरु हुन थाल्यो । कहिले सुनका यस्तो–यस्तो डिजाइनको गहना चाहियो भनेर मानसिक तनाव दिन थाल्नुभया ।े

उहाँको माग पूरा नभएपछि घरमा दिदी, छोरा र मलाई अभद्र ब्यवहार गर्ने, अपशब्द बोलेर तनाव सिर्जना गर्न थाल्नुभयो । उहाँले यस्ता–यस्ता अपशब्द बोल्नुहुन्थ्यो कि म त्यस्ता शब्द यस सामाजिक सञ्जालमा ब्यक्त गर्न सक्दिन । मैले माग पूरा नगरेपछि मलाई, छोरालाई मानसिक तनाव दिने, दिदीलाई मानसिक तनाव दिने काम गर्न थाल्नुभयो ।

आज मेरो मनमा केही प्रश्न उब्जिरहेको छ, मैले सार्वजनिक पदको दुरुपयोग गरेर,  भष्टाचार गरेर श्रीमती सरिता महर्जनलाई कार किनिदिएको भए त्यतिबेला महिला हिंसा हुने थिएन होला ।

मैले गलत धन्दा गरेर सुनका गरगहना किनिदिएको भए उहाँ आज राष्टिय महिला आयोग पुग्नुहुन्नथ्यो होला। तर ति कुरा पूर्ति गरिदिएको भए उहाँले अझ अरु धेरै डिमाण्डहरु बढाउँदै जाने कुरामा मलाई कुनै शंका छैन किनकी उहाँका पछाडि लागेका मान्छेहरु खराब नियतका साथ यो खेल खेलिरहेकोमा म प्रष्ट भैसकेकोछु ।

उहाँले मलाई बन्धक बनाएर कुटपिट गरेको, घरबाहिर जान नदिएर थुनेर राखेको भनेर उजुरी गर्नुभएको रहेछ । त्यो पूर्णरुपमा झुटो कुरा हो । घरमा दिदी बिरामी हुनुहुन्छ काम गर्न सक्नुहुन्न । छोरा कलेज पढ्न जान्छ । बिहानदेखि नगरपालिकाको काम, पार्टीको काम, नगरपालिकामा भइरहने विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदैमा मेरो बिहानदेखि बेलुकासम्मको समय वित्ने गरेको छ । बरु उहाँको झगडालु स्वभावका कारण उल्टै दिदी डराएर कहिले कौसीमा, कहिले कोठामा थुनीयर बस्नुपर्ने र कहीले घरबाहिर गएर रोएर बस्नुपर्ने अवस्था छ ।

उहाँको झगडालु स्वभाव देखेपछि मैले उहाँको बारेमा सोधखोज गर्दैजादा उहाँका आफन्तहरुले भने अनुसार मभन्दा पहिला पनि उहाँले अरु २ जनासँग बिहे गरेर डिर्भोस गर्नुभएको रहेछ । २०६७ साल भदौ ३१ गते पहिलो पटक ३१५००००र(एकतीस लाख पचास हजार रुपैयाँ रकम लिएर डिर्भोस गरेको र २०७७ साल मङ्सिर २२ गते दोश्रो पटक डिर्भोस गर्नुभएको कुरा बिहेपछि मात्रै थाहा पाएँ । तर मैले उहाँको वितेको जिवनलाई कोट्याउन चाहिन र खोजीनिती गरीनपनी किनकी त्यो कोट्याएर कुनै काम थिएन । सार्वजनिक पद धारण गरेको र सामाजिक काममा खटिइरहनुपर्ने ब्यक्ति भएको हुनाले उहाँले जिवनमा दुःख पाउनु भएको होला भन्ने सोचेर मैले उहाँको विगतलाई कोट्याउन आवश्यक ठानिन ।

उहाँको पृष्ठभूमी र नियतनै अरुको बदनाम गर्ने रहेछ भन्ने कुरा अहिले आएर थाहा पाइरहेको छु । माइतिमा, मावलीमा पनि उहाँको कसैसँग राम्रो सम्बन्ध रहेनछ । सबैलाई अपशब्द बोल्ने, झगडा गर्ने, सार्वजनिक रुपमा ब्यक्त गर्न नसकिने खालका आरोपहरु लगाउने गरेका कारण आफन्तहरु समेत हैरान हुनुहुँदो रहेछ । डिर्भोसपछि उहाँ माइतिमा बस्नुहुँदो रहेछ त्यसबेलामा कोभिडको समयमा लकडाउनका बेलामा आफ्नै आमा र बहिनीलाई समेत कुटपिट गरेपछि उहाँहरुको जिवन रक्षाका लागि पोर्चुगलमा रहेकी बहिनी ललिता महर्जनले इमेलबाट प्रहरी मुख्यालय नक्सालमा सरिता बिरूद्ध उजुरी समेत गर्नुभएको रहेछ ।

मैले त आफू मेयरमा निर्वाचित भएपछि घर व्यवहार राम्रो बनाउँन उहाँसँग बिहे गरेको थिँए तर उहाँले त योजनाबद्ध रुपमा खराब नियतका साथ म संग बिहे गर्नुभएको रहेछ । रवीन्द्र श्रेष्ठ नाम गरेका ब्यक्ति लगायत अरु एकदुई जना ब्यक्ति उहाँको पछाडि बसेर यो खेल खेलिरहेको भन्ने कुरा मलाई जानकारी भैसकेको छ। एकातिर उल्टो हामीलाई मानसिक तनाव दिने, मेरो सार्वजनिक जिवन खतम बनाउने, मेरो परिवारलाई शान्तिपूर्वक बाँच्न नदिने खेल भइरहेको छ भने अर्कोतिर मलाई नै दोषी देखाएर उजुरी हाली बदनाम गराउँने काम भइरहेको छ ।

जनताका लागि काममा निरन्तर लागिरहेकका बेला मलाई समाप्त पार्ने नियतका साथ उहाँहरु लागिपर्दा पनि मानसिक तनावको भारी बोकेर भएपनि कसरी आफ्नो नगरलाई समृद्ध बनाउन सकिन्छ भनेर लागिरहेको छु ।

अन्त्यमा फेरी म के स्पष्ट पार्न चाहन्छु भने मैले उहाँलाई बन्धक बनाएको, कुटपिट गरेको भन्ने कुरा झुटो हो, मलाई बदनाम गराउने षड्यन्त्र मात्र हो । उहाँले आफूलाई जसरी पीडित भनेर प्रस्तुत गर्नुभएको छ बास्तवमा उहाँ पीडित नभएर बास्तविक पीडित त म हुन पुगेको छु । बरु उहाँ विगतदेखि नै पटक पटक बिहे गर्ने र सम्बन्ध बिच्छेद गर्दै पुरुषहरुलाई तनाव दिँदै हिँड्नुभएको रहेछ । मैले उहाँलाई बन्धक बनाउने कुरा कल्पना बाहिरको कुरा हो यस कुराको म खण्डन गर्न चाहन्छु र यस्ता झुटा लान्छना लगाएर चरित्र हत्या नगर्नपनि उहाँलाई आग्रह गर्दछु ।

म महिला हिंसा हुनुहुन्न भन्ने कुरामा सधै प्रतिबद्ध छु, साथै मेरा नगरबासी तथा आमनागरिकमा म के आग्रह गर्न चाहन्छु भने महिलाहरुप्रति मेरो सधै सम्मान र आदर रहँदै आएको छ र रहिरहनेछ । आफ्नो स्वार्थसिद्धी गर्ने उदेश्यले मेराविरुद्ध फैलाएको आधारहीन भ्रमपूर्ण कुराको विश्वास नगर्नपनि म सबैप्रति हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

रमेश नापित

नगरप्रमुख,

शंखरापुर नगरपालिका,साखुँ काठमाडौं । 

सम्पर्क नं स् ९८४१४६०३८०

Post a Comment

1 Comments

  1. म तपाइको सत्यताको साथमा छु रमेश दाइ

    ReplyDelete

Thanks for your concerns