साँखु जेसीजको प्रथम साधारणसभा, प्रि इन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न




– कृशु श्रेष्ठ –

२० फाल्गुन शनिवार

लावण्य/.साँखु । साँखु जेसिजको बर्ष २०२३ को प्रथम साधारणसभा तथा  प्रि–इन्डक्सन एवम् लोम अफिसर तालिम सम्पन्न भएको छ ।

साँखु  जेसिजका अध्यक्ष गणेश दुलालको अध्यक्ष्यतामा भएको उक्त साधारणसभाबाट बार्षिक कार्ययोजना पारित गरिएको थियो भने साधारणसभा लगत्तै प्रि – इन्डक्सन तालिम सञ्चालन गरिएको थियो ।

उक्त तालिम शंखरापुर नगरपालिका उप– प्रमुख समिता  श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो ।

तालिम प्रशिक्षक नेपाल जेसीज २०१८ का कार्यकारिणी उपाध्यक्ष रस्मी सिल्पकार हुनुहुन्थ्यो । प्रशिक्षण निकै आकर्षक र प्रभावकारी रहेको थियो भने उक्त तालिमबाट जेसीज भनेको के हो जेसीजले  के के काम गर्दछ र जेसीजका पदाधिकारिहरुको काम, कर्तव्य र अधिकार बारे ज्ञान दिईएको थियो । तालिममा जेसीजका विभिन्न पदमा रहेका पदाधिकारी हरुको भुमिका प्रष्ट पारिएको थियो ।

तालिममा सहभागीहरुले तालिम निक्कै फलदायी रहेको र साँखु जेसीजका हरेक कार्यक्रमहरु प्रभावकारी कार्यक्रम रहेको बताएका छन् ।

Post a Comment

0 Comments