लावण्य/सा“खु । पुरानो काँग्रेसको कुरा नगरौं । त्यो अब फर्किन्न । पछिल्लो काँग्रेसमा “सत्ता” शब्द मात्रले सदैव दुईटा अन्तःप्रेरणा दिदै आएको छ । पहिलो काँग्रेस भित्र गुटको निर्माण गरि त्यससँग टास्सिएर रहने । दोस्रो, पार्टीको संचालन तथा मुलुकमा देखिएका नयाँ नयाँ जनअपेक्षाहरूको अनदेखा गरि यथास्थितिको निरन्तरता एवं पक्षपोषण गर्नु । “सत्ता” शब्दले यो दुई अभिप्रेरणा हालको काँग्रेसलाई दिएको छ । अहिले काँग्रेसको हातबाट सत्ता टाढिएको छ । काँग्रेसका धेरै शुभचिन्तकहरू हाल दुःखी जस्तो देखिन्छन् । तर तिनीहरू दुःखी रहन्नन् । भर्खरै डाकिएको काँग्रेसको केन्द्र…
व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर दियो जानकारी – कृशु श्रेष्ठ – १६ पौष शनिवार लावण्य/साँखु । काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखुमा प्रत्येक वर्ष लाग्दै आएको श्रीमाधव नारायण व्रत तथा १ महिने माघ मेला, साली नदी मेलाको तयारी पूरा भएको छ । यही पुस २२ गतेदेखि सुरु हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । शुक्रबार साँखुमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले शालिनदीमा एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र …
१६ पौष शनिवार लावण्य/साँखु । शुक्रवार सम्पन्न साधारणसभाबाट रोटरी क्लब अफ साँखुको २०२३÷२४ को अध्यक्षमा राजेश श्रेष्ठ चुनिनुभएको छ । पूर्व अध्यक्षमा लकस श्रेष्ठ, ईलेक्टेड पे्रसिडेन्टमा रञ्जन श्रेष्ठ, नोमिनी पे्रसिडेन्टमा श्रीराम खड्का, सचिवमा सरोज कुईकेल, कोषाध्यक्षमा रामकृष्ण माली, उपाध्यक्षमा सुकुमान स्याङ्बो, रोसन लाल श्रेष्ठ, क्लब एडमिनिष्टे«सनमा सुर्जनारायण श्रेष्ठ, प्रोग्राम कोअर्डिनेटरमा निरज केसी, क्लब सर्भिसमा ओसा श्रेष्ठ, पब्लिब इमेज च्योरपर्सनमा धिरेन्द्र रञ्जित, टिआरएफमा श्रीजन श्रेष्ठ, मेम्बरसिप चेयरपर्सनमा भोला विष्ट, एसजिटी एट आर…
१४ पौष २०७९, बिहीवार लावण्य/साँखु । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एक महिने माघ मेला सुरु हुनै लाग्दा शंखरापुर नगरपालिकाले सरोकारवालाहरुसँग तयारी बैठक गरेको छ । काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखुमा हरेक बर्ष लाग्ने सालीनदी मेला व्यवस्थापनको तयारीमा नगरपालिका जुटेको हो । पुस २२ गतेदेखि शुरू हुने माधव नारायण व्रत एवं माघ मेला ब्यवस्थापनका लागि नगरपालिकाले विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल गरेको हो । छलफलमा नगरप्रमुख रमेश नापितले मेलालाई व्यवस्थि त बनाउनका लागि विभिन्न सरोकारवाला पक्षहरुलाई आफ्नो दायित्व र…
११ पौष २०७९, सोमवाः लावण्य/साँखु । ताःई तक दिनाच्वंगु नेवाः हना सिरपाः थुगु दँनिसें हानं बीगु जूगु दु । सक्वया भाषा साहित्य मुँज्या खलःपाखें थ्व सिरपाः बीगु याना वयाच्वंगु खः । ताःई तक दिनाच्वंगु जुयाः थुगुसी छक्वलं स्वम्ह नेवाः साहित्यकारपिंत थ्व सिरपाः बीगु खँ धाःगु दु । थुगुसी नेवाः हना सिरपाः उपन्यासकार मथुरा साय्मि, कवि योगेन्द्र प्रधान व बाखंच्वमि एवं कवि नर्मदेश्वर प्रधानयात लःल्हाइगु जूगु दु । वय्कःपिंसं थःथःगु ख्यलं नेपालभाषा साहित्यया ख्यलय् यानादीगु योगदानया कदर यासें थ्व सिरपाः लःल्हायेत्यंगु खः । थ्वहे वइगु शनिवाः सक्वय् छगू ज्याझ…
– क्रिस्टिना श्रेष्ठ – ८ पौष शुक्रवार लावण्य÷साँखु । कस्मस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, डिपार्टमेन्ट अफ आर्किटेक्चर टुटेपानी चापागाउँ ललितपुरमा अध्ययनरत २०२१ र २०२२ ब्याचका विद्यार्थीहरुको लागि साँखु बजारमा अध्ययन भ्रमण गराउन कलेजका असिस्टेन्ट प्रो. दिपा श्रेष्ठले पहलकदमी लिनुभएको छ । जुन भ्रमणमा कलेजका एड्भाईजर डिल्लीराम सापकोटा, हेड अफ डिपार्टमेन्ट सोनी पाण्डे, डेपुटी हेड अफ डिपार्टमेन्ट नृजना श्रेष्ठ, असिस्टेन्ट प्रोफेसरहरु कैलाश सुवाल, रोजी महर्जन, समिक्षा अधिकारी, सुमन ढकाल, नविन पराजुली र युना प्रजापति रहेका थिए । विद्यार्थीहरुल…
१० पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभ…
लावण्य÷साँखु । धेरै बेरको रस्साकस्सी पछि नयाँ सरकारको नेतृत्व नेकपा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पाउने भएको छ । यसका लागि उनले नेकपा एमाले सहित ७ दलसँग सहमति गरेका छन् । ७ दलको निर्णय सँगै केही समय अगाडि नयाँ सरकार गठनका लागि बहुमत सांसद संख्याको दाबीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शीतल निवास पुगेका छन् । प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । जसअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्…
photos from fb. १० पौष आईतवार लावण्य/साँखु । यस वर्ष श्री माधवनारायण भगवानको व्रत सुरु हुने दिन छ्यालापुन्हिकै दिन साँखुमा भक्तपुरको नवदुर्गा भवानीको पनि आगमन हुने भएको छ । गत वर्षहरुमा भए नवदुर्गा भवानीको आगमन माघ मेला सुरु भएको करीब १०÷१५ दिन पछि हुने गर्दथ्यो । यस वर्ष भने माघ मेलाको पहिलो दिननै साँखुमा नवदुर्गा भवानीको आगमन हुने भएको हो । पौष २२ गते साँखु आईपुगेर नगर परिक्रमा पछि द्यःछेँमा विश्राम लिने कार्य हुन्छ भने दोस्रो दिन नगर परिक्रमा पछि साल्खाटोलमा बास बस्ने हुन्छ । उक्त दिन बिहान गणेश, कुमारी र ब्रम्हायणी र भैरवको आगमन सानागाउँमा…
माधवनारायण व्रत बस्न चाहने व्रतालुहरुले अग्रिम फाराम भर्न पर्ने ! ९ पौष शनिवार लावण्य/साँखु । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले व्रतालुहरुको उचित व्यवस्थापनको लागि यही पौष १२ गते देखि १८ गतेसम्म व्रतालुहरुको लागि अग्रिम फाराम खुल्ला गर्ने भएको छ । समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार गत वर्षहरुमा के–कति जना व्रतालुहरु थिए भनेर समितिले तत्कालै भन्न नसकिने स्थिति हुन्थ्यो । जसले गर्दा व्रतालुहरुको व्यवस्थापनमा समस्या उत्पन्न हुन्थ्यो । सोही कारण यसपटक अग्रिम फाराम भरी व्रतालुहरुको संख्या यकिन गर्ने र उनीहरुको उचित व्य…
८ पौष शुक्रवार लावण्य/साँखु । २०७९ साल पौष २२ गतेदेखि माघ २२ गतेसम्म १ महिना लामो माघ मेलाको लागि साँखुमा तयारी करीब करीब सकिएको छ । यही मेला व्यवस्थापनकै विषयमा आम सञ्चारकर्मीलाई जानकारी दिने उद्देश्यले यही पौष १५ गते पत्रकार सम्मेलनको तयारी गरिएको छ । पत्रकार सम्मेलन सक्व रिसोर्ट प्रा.लि. मुस्यापुत साँखुमा गरिने भएको छ । कार्यक्रम संयोजक एलपी श्रेष्ठका अनुसार पत्रकार सम्मेलन ११ः३० बजे हुनेछ । सो कार्यक्रम सुरु हुन अगाडि पत्रकारहरुलाई शालिनदी क्षेत्रको भ्रमण गराउँदै तयारी बारे जानकारी गराईनेछ भने त्यसपछि सक्व रिसोर्टमा पुगेर औपचारिक पत्रकार स…
– कृशु श्रेष्ठ – २०७८ पौष ८ गते लावण्य/साँखु । यही पौष १६ गते शारदालक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा शंखरापृुर नगरपालिकाभरिमा सबैभन्दा बढी उमेरका एकजना महिला र एक जना पुरुष जेष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ । त्यसैगरी संस्थाले शंखरापुर नगरपालिकाभरिबाट एसईईमा उत्कृष्ट विद्यार्थीमध्येबाट एकजना छात्र र एकजना छात्रालाई सम्मान गर्ने भएकोछ । साथै सहकारीमा खाता खोलेका खातावालाका छोराछोरीहरुमध्येबाट एसईईमा उत्कृष्ट एकजना छात्र र एकजना छात्रालाई सम्मान गर्ने भएको छ । सहकारीले प्रत्येक वर्ष जेष्ठ नागरिकहरुको सम्मान गर्दै आ…
८ पौष शुक्रवार लावण्य/साँखु । २०७९ साल पौष २२ गतेदेखि माघ २२ गतेसम्म १ महिना लामो माघ मेलाको लागि साँखुमा तयारी करीब करीब सकिएको छ । यही पौष ७ गते बिहीवार श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका निवर्तमान अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले नव निर्वाचित अध्यक्ष साल्खाटोलका बालकृष्ण श्रेष्ठलाई पदभार हस्तान्तरण गरेसँगै यस वर्षको लागि मेला व्यवस्थापन समितिले पूर्णता पाएको छ । सोही दिन दिउँसो बसेको समितिको बैठकले वरिष्ठ उपाध्यक्षमा चलाखुटोलका जीवनमान सिंलाईनियुक्त गरेको छ भने महासचिवमा चलाखु टोलका योगेशमान डंगोललाई नियुक्त गरेको छ । त…
२०७९ मंसिर ५ गते लावण्य÷साँखु । नेपाली कांग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई बनाउने निर्णय गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई उम्मेदवार बनाउने निर्णय भएको हो। यसअघि कोइरालाले आफू संसदीय दलको उम्मेदवार बन्नुपर्ने दाबी प्रस्तुत गर्दै आएका थिए । तर, इतरपक्षमा गगनलाई रोक्न सक्ने अवस्था नभएपछि आफू ब्याक हुँदै उनलाई अघि सारिएको हो । बैठकमा बोल्दै नेता कोइरालाले पुस्तान्तरणको पक्षमा आफू रहेको भन्दै गगन थापा संसदीय दलको साझा उम्मेदवार रहने…
– जंगली राजकुमार प्रधान पौराणिक नाम चिसापानी इलाका पालुङ सहर जहा“ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व सा“स्कृतिकरुपमा रहेको छ । एवं रीतले १९ औँ शताव्दीको अन्त्य भई २० औँ शताव्दीको सुरुवात अथवा वि.सं. २००५ सालमा श्री इन्द्रायणी देवीको जात्राको आसपासमा माइ स्थानको शिला इन्द्रायणीको मूर्तिको गर्दन भाँचिएको देखेपछि देउलाहरुले १६ घरद्वारहरुमा खबर पु¥याएछन् । यस्तो अशुभ समाचार छिनभरमै सर्वत्र फैलियो । अब जात्रा गर्ने कि नगर्ने ? घिच्रो भाँचिएको देवी राखेर जात्रा चलाउने या नचलाउने विषयमा देउला गाउँबाट द्यः नायः, द्यः पा, गाउँ नायः, ठकु जुजु, १६ द्वार…
विदेशी चासोका बीच आगामी सरकार कस्को बन्छ भन्ने जनचासो– सरकार कुन दलले बनाउने ? लावण्य/साँखु । राष्ट्रिय राजनीतिको गतिमा प्रभाव राख्ने पाँच व्यक्तिले बुधबार आफूहरूको धारणा सार्वजनिक गरे– ‘सरकार गठन प्रक्रियामा बाह्य संलग्नताले नेपाललाई भूराजनीतिक रणमैदान बनाउने जोखिमतर्फ हामी चिन्तित छौँ । प्रजातान्त्रिक पृष्ठभूमिबाट आएका दुई दल (कांग्रेस र एमाले) निरन्तर संवादमा रहून् र वैदेशिक सम्बन्ध, आर्थिक नीति, सामाजिक न्याय तथा संविधानवादका आधारबारे साझा धारणा बनाऊन् भन्ने हाम्रो चाहना छ ।’ नागरिक अगुवा तीर्थमान शाक्य, कुलचन्द्र गौतम, युवराज घिमिरे, सुशी…
१ पौष २०७९, शुक्रवार लावण्य/साँखु । नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् । “कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा संक्रमित संख्या शून्य भएको हो,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । ८४६ नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । आज एकजना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२६ मंसिर २०७९, सोमवार लावण्य/साँखु । स्थानीयले आज पनि अवरोध गर्दा थली–साँखु सडकखण्डमा सवारी आवागमन बन्द भएको छ । सडक पिच गर्न माग गर्दै सडकमा अवरोध गरेपछि सवारी आवगमन हुन नसकेको हो । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टराईले थली–साँखु सडकखण्डमा आज पनि सवारी साधन चल्न नसकेको बताए । उनले सडक पिचको माग राखेर स्थानीयको गरेको अवरोधका कारण सवारी साधनलाई मुलपानीबाट ब्रह्मखेल हुँदै आउने जाने व्यवस्था गरिएको छ । डाँछीबाट सुन्दरीजल, गोकर्ण हुँदै जोरपाटीको बाटो पनि वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकले आग्रह गरेको छ । सो सडकखण…
२३ मंसिर, २०७९ लावण्य/साँखु । दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने–सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् । यस्तै अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेल हुँदा विगतलाई सम्झाउनेछ । यी…
सामाजिक संजाल