भक्तपुरको नवदुर्गा गण पौष २२ गते साँखुमा आगमन हुने !






photos from fb.

१० पौष आईतवार


लावण्य/साँखु । यस वर्ष श्री माधवनारायण भगवानको व्रत सुरु हुने दिन छ्यालापुन्हिकै दिन साँखुमा भक्तपुरको नवदुर्गा भवानीको पनि आगमन हुने भएको छ ।

गत वर्षहरुमा भए नवदुर्गा भवानीको आगमन माघ मेला सुरु भएको करीब १०÷१५ दिन पछि हुने गर्दथ्यो ।

यस वर्ष भने माघ मेलाको पहिलो दिननै साँखुमा नवदुर्गा भवानीको आगमन हुने भएको हो ।

पौष २२ गते साँखु आईपुगेर नगर परिक्रमा पछि द्यःछेँमा विश्राम लिने कार्य हुन्छ भने दोस्रो दिन नगर परिक्रमा पछि साल्खाटोलमा बास बस्ने हुन्छ ।

उक्त दिन बिहान गणेश, कुमारी र ब्रम्हायणी र भैरवको आगमन सानागाउँमा गराईन्छ । सो दिन साँझ पख साल्खाटोलमा पुगेपछि कुमारी तुईकेगु (अर्थात् कुमारी नाच) अगावै श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको तर्फबाट भगवान नवदुर्गालाई बलि सहित पूजा आजा गरिन्छ । र यस दिन साल्खाटोलमै बास बस्दछन् ।

पौष २४ गते साल्खाटोलमा न्यालाकेगु अर्थात् नवदुर्गा भवानीको जात्रा ुहुन्छ । सो दिन राति सुन्टोलको चखुंकेबमा बास बस्न पुग्छन् । पौष २५ गते चखुंकेबमा जात्रा गरिन्छ । पौष २६ गते चाँगुनारायणमा भगवान नवदुर्गाको सवारी चलाईन्छ ।

Post a Comment

0 Comments