लावण्य/साँखु । साँखुको शालिनदी तीरमा बसेर माधवनारायणको व्रत बस्ने व्रतालुहरु आजबाट घर फिर्ता हुने भएको छ । आज बिहानै व्रतालुहरु सबै ज्योतिर्लिङ्गेश्वर परिसर पुगेर बिहानको नित्य स्नान कजी, साँवागणसँगै गर्दछन् त्यसपछि माध गाउँदै देवी देवताहरुको पूजा आजा गर्दै ज्योतिर्लिङ्गेश्वर परिसर परिक्रमा पछि अजिमा (अजिद्यः) स्थानसम्म पुग्दछन् । त्यसपछि आफू साँखुको जुन टोलमा बसेको हो त्यो टोलको गणेश पूजा पछि शालिनदीमा व्रत वस्दा आफूले उपभोग गरेको मिगाःमा पूजा गरिसकेपछि व्रत समाप्त भएको मानिन्छ । पौष २१ गते साँखुको ब्रम्हपुर (बलंपुली) बाट सुरु गरिएको व्रत आज …
माधवनारायण व्रतका क्रममा, शालिनदीमा अहिलेसम्म१ करोड २ लाख ४४ हजार ३४रुपैया“ सहयोग संकलन भएको देखिएको छ । २३ माघ सोमवार । लावण्य/साँखु । शालिनदीमा मेला लागेको आज २६ औँ दिन हो । आजसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु. १ करोड २ लाख ४४ हजार ३४ रुपैयाँ संकलन भएको छ । पौष २२ गते १ लाख ७७ हजार ९ सय ८०, पौष २३ गते ३ लाख ७८ हजार ६ सय २५, पौष २४ गते १ लाख १० हजार २ सय ८५, पौष २५ गते २ लाख ३२ हजार ६०, पौष २६ गते १ लाख ५१ हजार ४ सय ७५, पौष २७ गते १ लाख ७२ हजार ६ सय ३०, पौष २८ गते २ लाख ५९ हजार १ सय ८०, पौष २९ गते २ लाख ८९ हजार २ सय ८०, …
माधवनारायण व्रतका क्रममा, शालिनदीमा अहिलेसम्म करीब ८५ लाख रकम संकलन भएको देखिएको छ भने अहिलेको परिस्थितिमा १ करोड भन्दा बढी सहयोग संकलन हुने देखिएको छ । १७ माघ मंगलवार लावण्य/साँखु । शालिनदीमा मेला लागेको आज २६ औँ दिन हो । आजसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु ((८४ लाख ७७ हजार १ सय ६७ रुपैयाँ संकलन भएको छ । पौष २२ गते १ लाख ७७ हजार ९ सय ८०, पौष २३ गते ३ लाख ७८ हजार ६ सय २५, पौष २४ गते १ लाख १० हजार २ सय ८५, पौष २५ गते २ लाख ३२ हजार ६०, पौष २६ गते १ लाख ५१ हजार ४ सय ७५, पौष २७ गते १ लाख ७२ हजार ६ सय ३०, पौष २८ गते २ लाख ५९ ह…
माधवनारायण व्रतका क्रममा, शालिनदीमा अहिलेसम्म करीब ३० लाख रकम संकलन भएको देखिएको छ। ४ पौष बुधवार लावण्य/साँखु । शालिनदीमा मेला लागेको आज १३ औँ दिन हो । हिजोसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु ((२९ लाख ९९ हजार ७ सय १ रुपैयाँ संकलन भएको छ । पौष २२ गते १ लाख ७७ हजार ९ सय ८०, पौष २३ गते ३ लाख ७८ हजार ६ सय २५, पौष २४ गते १ लाख १० हजार २ सय ८५, पौष २५ गते २ लाख ३२ हजार ६०, पौष २६ गते १ लाख ५१ हजार ४ सय ७५, पौष २७ गते १ लाख ७२ हजार ६ सय ३०, पौष २८ गते २ लाख ५९ हजार १ सय ८०, पौष २९ गते २ लाख ८९ हजार २ सय ८०, पौष ३० गते २ लाख ६६ हजा…
माघ मेलाभर सा“खु बसपार्क देखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा पौष ३० गते शनिवार लावण्य/साँखु । यस वर्ष देखि शालिनदी यातायात प्रालिले सार्वजनिक दायित्व अन्तर्गत साँखु बसपार्कबाट बज्रयोगिनी सम्म माघ मेला अवधिभर सार्वजनिक विदाको दिनहरुमा बिहान ८ बजे र बिहान ११ बजे गरी दुईवटा बस निःशुल्क रुपमा बज्रयोगिनी मन्दिर परिसरमा भक्तजनहरुलाई लगिदिने र पुनः फर्काईदिने व्यवस्था गरेको छ। यस सम्बन्धी राससको समाचार यस्तो छ । शालिनदी यातायातले माघ मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि मेला अवधिभर सार्वजनिक विदाका दिनहरुमा निःशुल्क बस…
\ माधवनारायण व्रतका क्रममा, शालिनदीमा के कति अर्थ संकलन भए ! २९ पौष शुक्रवार लावण्य/साँखु । शालिनदीमा मेला लागेकोृ हिजो सातौँ दिन हो । हिजोसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु १४ लाख ८२ हजार २ सय ३५ रुपैयाँ संकलन भएको छ । पहिलो दिन १ लाख ७७ हजार ९ सय ८०, दोस्रो दिन ३ लाख ७८ हजार ६ सय २५ रुपैयाँ, तेस्रो दिन १ लाख १० हजार २ सय ८५ रुपैयाँ, चौथो दिन २ लाख ३२ हजार ६० रुपैयाँ, पाँचौँ दिन १ लाख ५१ हजार ४ सय ७५ रुपैयाँ र छैठौ दिन आज १ लाख ७२ हजार ६ सय ३० रुपैयाँ संकलन भएको थियो, सातौँ दिन २ लाख ५९ हजार १ सय ८० रुपैयाँ संकलन भएको थियो । …
माधवनारायण व्रतका क्रममा, शालिनदीमा के कति अर्थ संकलन भए ! २७ पौष बुधवार लावण्य/साँखु । शालिनदीमा मेला लागेकोृ आज छैठौँ दिन हो । आजसम्ममा शालिनदी परिसरमा सहयोगी दाताहरुको तर्फबाट रु १२ लाख २३ हजार ५५ रुपैयाँ संकलन भएको छ । पहिलो दिन १ लाख ७७ हजार ९ सय ८०, दोस्रो दिन ३ लाख ७८ हजार ६ सय २५ रुपैयाँ, तेस्रो दिन १ लाख १० हजार २ सय ८५ रुपैयाँ, चौथो दिन २ लाख ३२ हजार ६० रुपैयाँ, पाँचौँ दिन १ लाख ५१ हजार ४ सय ७५ रुपैयाँ र छैठौ दिन आज १ लाख ७२ हजार ६ सय ३० रुपैयाँ संकलन भएको थियो ।
माधवनारायण मूल पूजारी सुदन राजोपाध्याय हिन्दू शास्त्र एवं किम्वदन्ति अनुसार भगवान विष्णु स्वयंले माता पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधी ज्ञानोपदेश दिनुभयो र स्वयं नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्ग्गे पनि गुरु स्वरुप भई माता पार्वतीको स्वस्थानी व्रत पूर्ण गरिदिनुभयो । माता पार्वतीले स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री, शक्ति) माताको व्रत फलस्वरुप श्री महादेव स्वामी पाईन् र गुरु नारायणको आशिर्वादमा कैलाश पाईन् । सोही अनुरुप अहिलेसम्म गुरु श्रीश्रीश्री माधवनारायण भगवानलाई साक्षी राखि यो व्रत निरन्तररुपमा…
व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर दियो जानकारी – कृशु श्रेष्ठ – १६ पौष शनिवार लावण्य/साँखु । काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखुमा प्रत्येक वर्ष लाग्दै आएको श्रीमाधव नारायण व्रत तथा १ महिने माघ मेला, साली नदी मेलाको तयारी पूरा भएको छ । यही पुस २२ गतेदेखि सुरु हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । शुक्रबार साँखुमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले शालिनदीमा एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र …
१४ पौष २०७९, बिहीवार लावण्य/साँखु । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एक महिने माघ मेला सुरु हुनै लाग्दा शंखरापुर नगरपालिकाले सरोकारवालाहरुसँग तयारी बैठक गरेको छ । काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखुमा हरेक बर्ष लाग्ने सालीनदी मेला व्यवस्थापनको तयारीमा नगरपालिका जुटेको हो । पुस २२ गतेदेखि शुरू हुने माधव नारायण व्रत एवं माघ मेला ब्यवस्थापनका लागि नगरपालिकाले विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल गरेको हो । छलफलमा नगरप्रमुख रमेश नापितले मेलालाई व्यवस्थि त बनाउनका लागि विभिन्न सरोकारवाला पक्षहरुलाई आफ्नो दायित्व र…
photos from fb. १० पौष आईतवार लावण्य/साँखु । यस वर्ष श्री माधवनारायण भगवानको व्रत सुरु हुने दिन छ्यालापुन्हिकै दिन साँखुमा भक्तपुरको नवदुर्गा भवानीको पनि आगमन हुने भएको छ । गत वर्षहरुमा भए नवदुर्गा भवानीको आगमन माघ मेला सुरु भएको करीब १०÷१५ दिन पछि हुने गर्दथ्यो । यस वर्ष भने माघ मेलाको पहिलो दिननै साँखुमा नवदुर्गा भवानीको आगमन हुने भएको हो । पौष २२ गते साँखु आईपुगेर नगर परिक्रमा पछि द्यःछेँमा विश्राम लिने कार्य हुन्छ भने दोस्रो दिन नगर परिक्रमा पछि साल्खाटोलमा बास बस्ने हुन्छ । उक्त दिन बिहान गणेश, कुमारी र ब्रम्हायणी र भैरवको आगमन सानागाउँमा…
८ पौष शुक्रवार लावण्य/साँखु । २०७९ साल पौष २२ गतेदेखि माघ २२ गतेसम्म १ महिना लामो माघ मेलाको लागि साँखुमा तयारी करीब करीब सकिएको छ । यही मेला व्यवस्थापनकै विषयमा आम सञ्चारकर्मीलाई जानकारी दिने उद्देश्यले यही पौष १५ गते पत्रकार सम्मेलनको तयारी गरिएको छ । पत्रकार सम्मेलन सक्व रिसोर्ट प्रा.लि. मुस्यापुत साँखुमा गरिने भएको छ । कार्यक्रम संयोजक एलपी श्रेष्ठका अनुसार पत्रकार सम्मेलन ११ः३० बजे हुनेछ । सो कार्यक्रम सुरु हुन अगाडि पत्रकारहरुलाई शालिनदी क्षेत्रको भ्रमण गराउँदै तयारी बारे जानकारी गराईनेछ भने त्यसपछि सक्व रिसोर्टमा पुगेर औपचारिक पत्रकार स…
८ पौष शुक्रवार लावण्य/साँखु । २०७९ साल पौष २२ गतेदेखि माघ २२ गतेसम्म १ महिना लामो माघ मेलाको लागि साँखुमा तयारी करीब करीब सकिएको छ । यही पौष ७ गते बिहीवार श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका निवर्तमान अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले नव निर्वाचित अध्यक्ष साल्खाटोलका बालकृष्ण श्रेष्ठलाई पदभार हस्तान्तरण गरेसँगै यस वर्षको लागि मेला व्यवस्थापन समितिले पूर्णता पाएको छ । सोही दिन दिउँसो बसेको समितिको बैठकले वरिष्ठ उपाध्यक्षमा चलाखुटोलका जीवनमान सिंलाईनियुक्त गरेको छ भने महासचिवमा चलाखु टोलका योगेशमान डंगोललाई नियुक्त गरेको छ । त…
२२ मंसिर २०७९, बिहीवार लावण्य/साँखु । यही आउँदो पौष २२ गते देखि सुरु हुने श्री माधवनारायण व्रतको तयारी सुरु भएको छ । आजै सुरजनारायण श्रेष्ठ र उहाँका धर्मपत्नी सविना श्रेष्ठले माधवनारायण समक्ष किसली चढाएसँगै कजी र कजिनी तोकिएको छ । उहाँहरुसँगै माधवनारायण देवता बोक्न (द्यः ज्वनिम्ह) को लागि सहन श्रेष्ठलाई जिम्मेवारी दिइने भएको छ ! सामान्यतया द्यः ज्वनिम्ह कजीले आफ्नै बिश्वासिलो व्यक्तिलाई राख्ने गरिन्छ । देवता बोक्ने व्यक्तिलाई माघ महिनाभर (व्रत अवधिभर) म्ह्याय्मचाको रुपमा लिईन्छ । माधव नारायण व्रत सञ्चालनको लागि तयारी स्वरुप थिंलाथ्व द्वादशीका…
श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको आगामी दुई वर्षे कार्यकालको लागि साल्खाटोलका प्रतिनिधि बालकृष्ण श्रेष्ठ निर्वाचित हुने भएको छ । १२ कार्तिक २०७९, शनिवार लावण्य/साँखु । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको आगामी दुई वर्षे कार्यकालको लागि साल्खाटोलका प्रतिनिधि बालकृष्ण श्रेष्ठ निर्वाचित हुने भएको छ । उहाँ यही कार्तिक १२ गते बलंपुली (ब्रम्हपुर)मा गरिएको टोल भेलाबाट छानिनुभएको हो । टोल भेलाको सो निर्णयमा अध्यक्षका प्रत्यासीहरु एनिस श्रेष्ठ र बालकृष्ण सिंको समर्थन रहेको छ भने रामकृष्ण सिं डंगोलले असहमति व…
ओम बोलबम काँवरिया संघले सालिनदीको जल पशुपतिमा चढाउने ! २०७९ श्रावण ४ गते लावण्य/साँखु । ओम बोलबम काँवरिया संघ चावहिलको आयोजनामा यही श्रावण २३ गते ऐतिहासिक धार्मिक तीर्थ स्थल सालिनदीको जल लिएर पशुपतिनाथमा चढाउने गरी बोलबमको आयोजना गर्ने भएको छ । सो बोलबम यात्राको लागि श्रावण २२ गते आईतबार साँझ नै साँखुको सलम्बुदेवी मन्दिर परिसरमा भक्तजनहरु भेलाभई भजन किर्तनका साथ जाग्राम बस्ने कार्यक्रम रहेको छ । उक्त दिनको भोजन प्रसाद ग्रहण समते ओम बोलबम काँवरिया संघले व्यवस्थापन गर्ने भएको छ । साथै २०७९–०४–२२ गते आइतबारको दिन नि–शुल्क भोजन, यातायात, स्वास्थ्…
– अमृतानन्द बज्राचार्य – नेपाल मण्डलको उत्पत्ति हुनुभन्दा अगाडि यस स्थान एक कालीनाग दहको रुपमा रहेको हामी विभिन्न पौराणिक ग्रन्थहरुमा उल्लेख भएको पाउँछौँ । यस दहलाई बोधिसत्व श्री महामञ्जुश्रीद्वारा आफ्नो खड्गहासको माध्यमबाट छेदन गरी यस क्षेत्रलाई मानव बसोबास योग्य बनाए र आफुसँगै ल्याएका शिष्य धर्मादित्यलाई राज्याभिषेक गरी आफु फेरी महाचीनतर्फ प्रस्थान भए भनेर विभिन्न ग्रन्थहरुमा उल्लेख गरिएको हामी पाउँछौँ । नेपाल मण्डलको प्राचिन नगर साँखुलाई स्थानीय नेपाल भाषामा “सक्व दे” भनिन्छ । जसको अर्थ “सँ देया क्वे” यानी ल्हासा मुनिको देश भनेर बुझिन्छ जुन…
सनातनदेखि चलिआएको यस व्रतको साङगेका दिन व्रतालुहरुले व्रत साङ्गे पूजाको लागि निम्न लिखित सामानहरुको व्यवस्था गर्नुपर्नेछ । नियमहरु यसप्रकार छन्– क ताय् (धानको लावा) क आखे १०८ (केलाएको चामल) क जाकी (अक्षता) क ईता (दीप बत्ती) क क्वखं मगागु लः (कागले ननाघेको जल) क पञ्चरङ्गी ईता (पञ्चरङ्गी दीप) क जजंकाः (देवतालाई लगाईदिने डोरो) क ईता १०८ (दीप बत्ती १०८) क जजंकाः १०८ (डोरो १०८) क पलेस्वां (कमलको फूल) क उफोस्वां (नीलकमलको फूल) क धन स्वां –धन फूल(कन्दर्भ) क कपु स्वां (कर्पुर पाती) क गुण केरा स्वां (गुणकेशरी फूल) क द्वाफो स्वां (वेली फूल) १०८ क चाँदीक…
सामाजिक संजाल