माधवनारायण व्रतको लागि कजी, कजिनी र देवता बोक्ने तोकिए









२२ मंसिर २०७९, बिहीवार

लावण्य/साँखु । यही आउँदो पौष २२ गते देखि सुरु हुने श्री माधवनारायण व्रतको तयारी सुरु भएको छ । आजै सुरजनारायण श्रेष्ठ र उहाँका धर्मपत्नी सविना श्रेष्ठले माधवनारायण समक्ष किसली चढाएसँगै कजी र कजिनी तोकिएको छ ।

उहाँहरुसँगै माधवनारायण देवता बोक्न (द्यः ज्वनिम्ह) को लागि सहन श्रेष्ठलाई जिम्मेवारी दिइने भएको छ  ! सामान्यतया द्यः ज्वनिम्ह कजीले आफ्नै बिश्वासिलो व्यक्तिलाई राख्ने गरिन्छ । देवता बोक्ने व्यक्तिलाई माघ महिनाभर (व्रत अवधिभर) म्ह्याय्मचाको रुपमा लिईन्छ ।

माधव नारायण व्रत सञ्चालनको लागि तयारी स्वरुप थिंलाथ्व द्वादशीका दिन माधवनारायणका साँवागणले विशेष पूजा आजा गरिसकेपछि यस वर्षको व्रत पूजाको तयारी सुरु हुन्छ । सोही दिन देखि नयाँ व्यक्तिहरु साँवागणमा प्रवेश गरेका रहेछन् भने उनीहरुलाई भजन गाउन सिकाउने प्रचलन छ ।

यसवर्ष श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले व्रतालुहरुको सुविधालाई ध्यानमा राखेर पौष २१ गते मात्रै नाम लेखाउनुको सट्टा केही समय अघि नै नाम लेखाउने व्यवस्था गर्ने जनाएको छ ।

२०७९÷२०८० का लागि समितिको अध्यक्ष सम्हाल्नुभएका बालकृष्ण श्रेष्ठका अनुसार यसरी पहिल्यै नाम दर्ता कार्य गर्दा मोटामोटी व्रतालुहरुको संख्या पहिल्यै निक्र्याँैल हुने र व्रतालुहरुको सुविधामा सघाउन सजिलो हुने उहाँको विचार रहेको छ ।

Post a Comment

0 Comments