एमसीसीका मतियार खबरदार ! लावण्य÷साँखु । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेशसमेत नगर्न सरकार र सांसदहरुलाई दबाब दिँदै खवरदारी सभा गरेको छ । शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेश नगर्न दबाब दिँदै खबरदारी सभा गरेको हो । माइतिघर, पुरानो बानेश्वर, नयाँ बानेश्वरमा नारा र प्लेकार्डसहित नेपाल मजदुर किसान पार्टीले सरकारविरुद्ध प्रदर्शन गरेको हो । एमसीसीका मतियार खबरदार ! नेमकिपाद्वारा पुरानो बानेश्वर, नयाँ वानेश्वर र कोटेश्वरदेखि मीनभवनसम्म जुलुस गर्दै …
लावण्य/साँखु । नेपाल पत्रकार महासंघले सन् २०२० मा भन्दा २०२१ मा प्रेस स्वतन्त्रतामाथि बढी आक्रमण भएको रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको निष्कर्ष सार्वजनिक गर्दै महासंघले तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको अभिलेखीकरण सार्वजनिक गरेको छ । ‘अभिलेखअनुसार सन २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएका छन्,’ महासंघले जारी गरेको विज्ञप्ति…
– कृशु श्रेष्ठ – २०७८ पौष १३ गते लावण्य÷साँखु । ऐतिहासिक धार्मिक तीर्थस्थल सालिनदीमा प्रत्येक बर्ष पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म बस्ने माधब नारायण व्रत यस बर्ष पनि स्वास्थ मापदण्ड पूरा गरी सञ्चालन गरिने भएको छ । साथै समितिले इच्छुक भक्तजनहरुलाई अहिले नै फाराम वितरण गरिसकेको छ । यस वर्ष सय जना जति व्रतालु राख्ने समितिको तयारी रहेको छ । सोही कारण भक्तजनहरुलाई समयमै फाराम भरी आफ्नो स्थान सुरक्षित राख्न समेत समितिले अनुरोध गरेको छ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको हिजो बसेको बैठकले आगामी माघ ३ गते देखि सञ…
यो मूर्ति २०३४ सालतिर चोरिएको स्थानीय बताउँछन् – क्रिस्टिना श्रेष्ठ – २०७८ पौष १४ गते लावण्य÷साँखु । नक्सालको सुवर्ण किर्ति बिहारमा रहेको पूर्णकदको करुणामयको मूर्ति २०३४ साल तिर चोरिएको थियो । सो मूर्ति चोरी गरिसकेपछि चोरहरुले बेचविखन गर्न सकेनन् अथवा विदेश लान सकेनन् सोही कारण मूर्ति अलपत्र भएपछि हनुमान ढोका प्रहरी परीसरमा पुग्यो । त्यत्तिबेला देखि सो मूर्ति बारे खासै सोधखोज भएनन् अथवा मूर्ति पुनस्र्थापित गर्ने कोशिस भएन । तर यस पटक भने सम्पदा अभियन्ता यादवलाल कायष्थको टोली सो मूर्ति पुनस्थापित गराउन कोशिस गरिरहेको छ । सो मूर्ति प्रहरी परीसरब…
२०७८ पौष १३ गते लावण्य÷साँखु । ऐतिहासिक धार्मिक तीर्थस्थल सालिनदीमा प्रत्येक बर्ष पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म बस्ने माधब नारायण व्रत यस बर्ष पनि स्वास्थ मापदण्ड पूरा गरी सञ्चालन गरिने भएको छ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको हिजो बसेको बैठकले आगामी माघ ३ गते देखि सञ्चालन हुन लागेको माधवनारायण व्रतको लागि व्रत बस्न इच्छुक महानुभावहरुको लागि केही मापदण्ड तय गरेको छ । समितिको निर्णय अनुसार– गत वर्ष जस्तै यस वर्ष पनि स्वास्थ्य मापदण्ड तय गरिएको हुँदा व्रत बस्न इच्छुक भक्तजनहरुको लागि अनिवार्यरुपमा कोभिड…
माओवादी नेता जनार्दन शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेयता मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ । अर्थतन्त्रका सूचकहरू दिनप्रतिदिन संकट उन्मुख बन्दा पनि अर्थमन्त्री शर्माले विषयप्रतिको गाम्भीर्यता नबुझेर हो अथवा अन्य कुनै कारण हो उहाँ संवेदनशील बन्न सकेका छैनन् । निरन्तर खस्कँदो अर्थतन्त्रलाई कसरी रोक्ने र आर्थिक रूपमा मुलुकलाई कसरी समृद्ध बनाउनेतिर अर्थविज्ञ, उद्योगी व्यवसायी, सरोकारवालासँग एक मिनेट छलफल÷परामर्श गर्ने पहलसमेत अर्थमन्त्रीबाट भएको छैन । जुन, मुलुक र जनताका लागि दुर्भाग्य नै मान्नुपर्दछ । अर्थतन्त्रको यो संकटको समयमै …
– कुलचन्द्र वाग्ले – नेपालको राजनीतिमा निर्णायक दलहरुको नयाँ संरचना बनेका छन् । तिनीहरुको महाधिवेशनबाट संगठनात्मक संरचनामा परिवर्तन आएको हो । महाधिवेशनले दलहरुको आआफ्नो समितिको केही स्थानमा नयाँ पदाधिकारी स्थापित हुनु नयाँ संंरचना भन्नुको पहिलो कारण हो । नयाँ भन्नुपर्ने अर्को कारण पनि छ । मुलुक संघीय पद्धतिमा प्रवेश गरेपछि दलहरुको महाधिवेशनसमेत त्यही अनुरुप गर्ने प्रयासले यिनको संगठनमा नयाँ स्वरुप आएको छ । अर्थात् संघीयता अनुकूल दलहरुको संगठन । के यी संरचनागत नयाँ सहभागिता मुलुकमा व्याप्त दुश्चक्रलाई चिर्न र नयाँ उज्यालो दिन सफल होला ? दलहरुको…
रुँदैछिन् नेपाल आमा मन दुःखाई ईतिह्रासको धरोह्रर भत्केको देख्दा अलपत्र छन् आफ्नै सन्ततीको लास पीडित छन् जनता छैन कसैको ह्राँसो अशान्ति छ जताततै बढेको छ ह्रत्या ह्रिंसा बुद्धको देशमा अशान्ति मच्चिदैछ आज किन ? आजै देखि बढाऔँ शान्तिको पाईला अगाडि नेपाल आमाको आँशु पुछ्न नपरौँ पछाडि ।।
बोली चमत्कार अनौठो नझुके कतै षडयन्त्र जालपासो ह्रो नउने कतै न समाउने ह्राँगो नै छ न टेकने खुड्किलो पिडा फुल्यो करेसाबारी नभुले कतै ह्रात मिलाई प्रण गर्छौ काँधमा काँध पाइला टेक्दा आमाको छाती नदुखे कतै आँशु पखालेर ह्राँसो फेर्दै ह्रिँड्नुपर्ने रै छ बोली कला रुन्चे झरी नरुझे कतै जीवन आफै बन्दी छ समाजभित्र बाटो बिराएको सम्झौता नचुने कतै ।।
मेरो गुनासो न दालसँग न रोटीसँग मेरो गुनासो तानासाही त्यो मोदीसँग माग्नेलाई तातो भात कहाँ दिन सकिन्छ र धम्क्यायो अनि डरायो डराएनौ जोगीसँग सरोकारै नभएको आर्काको मामिला माथि किन हस्तक्षेप गरिन् मेरो सवाल मोरीसँग जस्ले टाउकाको मोल राख्यो उसैलाई उच्च पद वोलीमात्र हो वा गोली, प्रश्न मेरो ओलीसँग ।।क
पञ्चायतदेखि बहुदलसम्म देउवादेखि प्रचण्डसम्म काठमाडौँ देखि दिल्ली सम्म प्रयोगविनै दुई दुई चोटी संशोधन संविधान । बिरामी संविधान उपचार दिल्लीमा विना पहिचान रोगको उपचार शिसु संविधानको हत्या नै हुने भो दिल्ली धाउँदा धाउँदै शिल्ली नै हुने भए । संविधान थिलथिलो बनाएर उपचार भन्दा रोकथाम गर हे ! राजनीतिज्ञ भनाउँदा हो अर्काको बैशाखी नटेक देशको सार्वभौमिकताले खुट्टा लता¥यो । देशलाई दाउमा न राख अस्मिता आमाको गुम्न सक्छ इतिहासकालदेखि पीडित छ, यो देश नेताबाट शान्ति क्षेत्र नेपाललाई अशान्ति नपार आफ्नो हुर्मत बचाउन दायित्वलाई रोज । एक क्षणको भू…
“ल्हासामा नेपालीले दाँतले चपाएर सुन चिन्थे” – प्रबिता श्रेष्ठ – (साँखुका राजभाई श्रेष्ठको अनुभवमा आधारित यो लेख काठमाण्डु पे्रस डटकमबाट साभार गरिएको हो । –सम्पादक) काठमाडौं, मंसिर १८ ः ‘ए छं नेवा भ्या सलाः’ राजा त्रिभुवनले नेपालभाषामा राजभाइलाई प्रश्न गरे– ‘तिमीलाई नेपालभाषा बोल्न आउँछ ? ‘राजा त्रिभुवनले नेपालभाषा बोलेको सुन्दा म छक्क परेँ,’ ८४ वर्षीय राजभाइ श्रेष्ठ (तीर्थबहादुर श्रेष्ठ) आश्चर्यभावमा भन्छन्, ‘नेपालभाषा हामीले भन्दा उहाँले राम्रो बोल्नुहुन्थ्यो ।’ २०१० सालमा तिब्बतीहरू डेलिगेसनसहित नेपाल आएका थिए, उनीहरूले वार्षिक बुझाउनुपर्ने…
मेष ः साज सजावटको सामग्री खरिद गरिनेछ । टाढा बसेका आफन्तको यादले सताउनेछ । यात्रामा लाभ मिल्ने देखिन्छ । स्वास्थ्य सामान्य रहेको छ । पारिवारिक सुख मिल्नेछ । कला साहित्य सम्बन्धी कार्यमा समय बित्नेछ । शिक्षाको क्षेत्रमा सामान्य रहला । वृष ः आलस्यताले दुःख दिन सक्नेछ, काम गर्ने जाँगर खासै नरहला एकान्तको खोजी गर्नुहुनेछ । स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ, खानपानमा विचार पु¥याउनुहोला । नोकरीमा आत्म सन्तुष्टी मिल्ने देखिन्छ । समाजसेवामा मन जानेछ । सामान्य साता रहला । मिथुन ः मनमा दोधार बढ्नेछ । निर्णय गर्न नसक्नाले बन्ने काम पनि बिग्रन सक्नेछ । श…
शिक्षक : अक्सफोर्डको अर्थ के हो ? विद्यार्थी: अक्स को अर्थ हो गोरु फोर्ड भनेको गाडीको नाम हो । व् व् व् पहिलो माग्ने: तिमी किन यो सिनेमाको पोस्टरलाई घुरिरहेछौ ? दोस्रो माग्ने: म नै त्यस फिल्मको प्रोड्युसर हुँ । व् व् व् रमा प्रहरी चौकीमा पुगेर रिपोर्ट लेखाउँदै भन्छ– रमा ः : साब ! मेरो घरमा टिभी बाहेक सबथोक चोरेर लगेछ । थानेदार : त्यो टिभी मात्रै किन छोडेको होला ? रमा: म के जानुँ । त्यत्तिखेर म टिभीमा सिरियल हेरिरहेको थिएँ । व् व् व् – अमरेश महतो, जोरपाटी
रोचक जानकारी यो देशका राजा प्रत्येक वर्ष कुमारी केटीसँग विवाह गर्छन्, कति पुगे पत्नी र छोराछोरी विवाहित श्रीमान र श्रीमतीमा विवाहपछि केही खोट भएमा वा समझदारी कायम हुन नसकेमा सम्बन्ध विच्छेदका लागि प्रक्रिया चालिन्छ । चाहे त्यो श्रीमानमा होस् वा श्रीमतीमा । तर विश्वको यस्तो एउटा देशका राजा छन्, जो सम्बन्ध विच्छेद नै नगरी वर्षै पिच्छे एउटा विवाह गर्छन् । देशका राजामाथि कयौँ जिम्मेवारी हुुन्छन् जुन पालना गर्नैपर्छ । राजाले आफ्ना सन्तान मात्रै होइन सम्पूर्ण जनताको जिम्मेवारी लिनुपर्छ । उनले आफ्ना जनताको सबै दुुःख पीडा बुुझ्नुु पर्छ । विश्वका धेरै…
कोठा भाडाको सट्टामा “सेक्स” आइरल्याण्डमा कोठा भाडाका लागि अनौठो विज्ञापन जारी गरिएको छ । उक्त विज्ञापनमा घरधनिले कोठा भाडाको सट्टामा यौनसम्पर्क गर्नुपर्ने माग राखेका छन् । उनले विज्ञापनमा ‘सेक्स फर रेन्ट’ पनि लेखिएको छ । यो सुविधा युवतीहरुका लागि मात्र दिइने विज्ञापनमा उल्लेख छ । आइरल्याण्डमा भाडामा बस्न घर वा कोठा पाउन मुश्किल छ । भाडामा पनि अत्यधिक हुने भएकाले भाडा तिर्न नसक्ने भएकाले यस्ता विज्ञापनमा उल्लेख भएका जस्ता घर वा कोठामा कम भाडा तिरेर बस्न बाध्य छन् युवतीहरु । के छ विज्ञापनमा ? डबलिनमा भाडाका लागि एउटा घरको विज्ञापनमा लेखिएको छ, …
२०७८ पौष १० गते लावण्य/साँखु । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफूले हारेर पनि जितेको बताउनुभएको छ । शनिबार भएको कोइराला सेवा समाजको २६ औं बार्षिक साधारण सभामा उहाँले आफू पुस्तातरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा प्रतिस्पर्धा गरेको बताउनुभयो । आफूले सभापतिमा चुनाव हारेपनि आफ्नो एजेण्डा जितेको भन्दै कोइरालाले भने, ‘कहिलेकाहीँ हारेर पनि जितिँदोरहेछ । मैले हारेर पनि जितेको छु, मेरो एजेण्डाले जितेको छ । त्यसमा मलाई गर्व छ ।’ निर्वाचनमा हार जित हुनु स्वाभाविक भएको, तर हारबाट सिक्नुपर्ने उहाँले बताउनुभयो …
२०७८ पौष १० गते लावण्य/साँखु । शनिवार सम्पन्न रोटरी क्लब अफ साँखुको छैठौँ वार्षिक साधारणसभाबाट लकस श्रेष्ठको अध्यक्षतामा सन् २०२२/२३ को लागि नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको निर्वाचित अध्यक्षमा राजेश श्रेष्ठ, मनोनित अध्यक्षमा रञ्जन श्रेष्ठ, उपाध्यक्षहरुमा सुर्जनारायण श्रेष्ठ र मानबहादुर स्याङतान, सचिव सरोज कुईकेल, कोषाध्यक्ष श्रीराम खड्का, क्लब सेवा निरज केसी, क्लब व्यवस्थापक धिरेन्द्र रञ्जित, टिआरएफ विजयकृष्ण भाष्कर, जनसम्पर्क भोला विष्ट, क्लब सदस्यता वृद्धि रोजन श्रेष्ठ, सर्जन अफ आम्र्स प्रल्हाद कार्की निर्वाचित भएका छन् ।
चुनावसम्म संसद अवरोध गछौँ –ओली लावण्य/साँखु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् । संसद अवरोध कहिलेसम्म भन्ने पत्रकारको प्रश्नमा ओलीले सटिक जवाफ दिए– चुनावसम्म । चुनाव अगाडिसम्म संसद चल्दैन त भन्ने प्रश्नमा ओलीले अवरोध गरे पनि बलजफती संसद चलाइएको टिप्पणी गरे । ‘चलिरहेको छ त, हामीले विरोध गरिरहेका छौं, संसद चलिरहेको छ । बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन्’ उनले भन…
२०७८ पौष १० गते लावण्य/साँखु । लक्ष्मी नेत्र आयुर्वेद फर्माको आयोजनामा आगामी पौष २४ गते शनिवार ११ बजे लक्ष्मी नेत्र आयुर्वेद फर्माकै प्राङ्गण स्वावलम्बन लघुवित्त वित्तिय संस्था रहेको स्थान साँखु पुरानो बसपार्कबाट काठमाडौँ जाने स्थानमा निःशुल्क स्वास्थ्य शीविर सञ्चालन हुने भएको छ । शीविरमा विशेषज्ञ आयुर्वेदिक डाक्टरद्वारा स्वास्थ्य परीक्षण हुनुका साथै निशुल्क कोरियो थेरापी र औषधीमा १० प्रतिशतको छूटको व्यवस्था गरिएको छ । शीविरको विषयमा जानकारीको लागि ९८४३१९२०९२ र ९८४९४८२४८१ मा सम्पर्क गर्न सकिनेछ ।
२०७८ पौष १० गते लावण्य/साँखु । नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनका पिता किर्तिपुर निवासी शुभ महर्जनको ६६ वर्षको उमेरमा यही पुष ७ गते बुधवार देहान्त भएको छ । नेवाः विद्यार्थी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरिरहनु भएका महर्जनका पिताको देहान्तले उहाँ र उहाँको परिवारमा शोक व्याप्त भएको छ । महर्जनको मृत्युमा नेवाः विद्यार्थी युनियनले ए क शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
२०७८ पौष ९ गते लावण्य/साँखु । प्रत्येक वर्ष साँखुमा सञ्चालन हुने माधवनारायण व्रतको लागि व्रत नाईके (कजी) को नियुक्ति भएको छ । साथै कजीले आफु अनुकूल सुन्टोलकै दिनेश श्रेष्ठलाई देवता बोक्ने (म्ह्याय्मचा) समेत चयन गरिसकेको छ । माधवनारायण व्रत परम्परा अनुसार भगवान माधवनारायणलाई पूजा सहित किसली चढाउने कार्य यही पौष ७ गते सम्पन्न भएको छ । कजीको चयनसँगै माधवनारायण व्रतको प्रक्रिया सुरु भएको मानिन्छ ।
२०७८ पौष १० गते लावण्य/साँखु । आजभन्दा करीब ३० वर्ष अगाडि चोरिएको ब्रम्हाको मूर्ति गौशाला प्रहरी परीसरमा अलपत्र अवस्थामा रहेको छ । सो मूर्ति छैठौँ शताव्दीको रहेको र सो मूर्ति राखिएको ब्रम्हाको मन्दिर पनि जीर्ण अवस्थामा रहेको सम्पदा अभियन्ता यादवलाल कायष्थ बताउनुहुन्छ । उक्त मूर्ती ३० वर्ष अगाडि चोरी भएको र विदेश लान प्रयास गर्दा नसकिएपछि चोरहरुले सो मूर्ति चोरहरु बेपत्ता भए । असाधारण ब्रम्हाको सो मूर्ति हाल अत्यन्तै लापरबाही तरिकाले बेवारिसे अवस्थामा गौशालास्थित प्रहरी चौकीमा राखिएको उहाँले सामाजिक सञ्चाजमा पोष्ट गरिएको भिडियोमा पनि हेर्न सकि…
२०७८ पौष २ गते लावण्य/साँखु । राष्ट्रिय बाणिज्य बैँ थली शाखाले ग्राहकवर्ग लक्षित विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । बैँकले अघि सारेका योजनाहरु यस्ता छन्– राष्ट्रिय बाणिज्य बैंक, थली शाखा कागेश्वरी मनोहरा न.पा. वडा नं. ५, मिलन चोक, थलीमा भर्खरै सञ्चालनमा आएको हो । यहि वर्षको मंसिर १६ गते कागेश्वरी मनोहरा न.पा.का मेयर श्री कृण्णहरी थापाबाट यस शाखाको समुदघाटन सम्पन्न भएको हो । राष्ट्रिय बाणिज्य बैंक देशकै पुरानो तथा पूर्ण सरकारी स्वामित्व भएको बैक भएको हुँदा यस बैंक प्रति सर्वसाधारणको बिश्वास रहि आएको छ र सोही अनुसार ग्राहकको बिश्वास जित्न समेत…
लावण्य/साँखु । साँखु साल्खाटोल निवासी समाजसेवी उत्तम लाल पिखाले यही मंसिर २७ गते सोमवार साँखु बजारका १ सय ५० जना गरीब, असहाय र जेष्ठ नागरिकहरुलाई सम्मान एवं राहत प्रदान गर्ने भएको छ । उहाँले सो राहत वितरण कार्यक्रम आफ्नो भीमरथारोहणको अवसरमा गर्न लागेको जनाउनुभएको छ । उहाँले कोरोनाको समयमा भोज भतेरमा गरिने खर्चलाई मितव्ययी बनाई समाजसेवा खर्चिने बताउनुभएको छ । उहाँ आफुले जस्तै समाजमा अरुले पनि यसरी नै समाज परिवर्तन गरोस् भन्ने चाहना राख्नुहुन्छ । उहाँ बुबा हरिबहादुर श्रेष्ठ र मुमा न्हुछेमाया श्रेष्ठका जेष्ठ सुृपुत्र हुनुहुन्छ । साँखुको साल्खा टो…
थ्व नुगया ख्वस तासा तासा छ नं ख्वई छ हे हे लाना हे हे लाना थ्व मिखां ख्वबि हागु छं खंसा सिपाँय् च्वना नं ख्वई छ हिकुलाना ।। बिगु मरु छुंसिन्ह स्वाँ जन्म जुईमा भगवान या सिरय् ब्वये खनेमा बिगु मरु जिके छुं बिया नं यंकि मखु छं सुवा बिई सुखावति भुवनय् थेनेमा ।। पुष्पक बिमानय् च्वना न्हिला न्हिला हुँ छ भगवान विष्णु या तुती पाली अन्या याना च्वं छ सुखावती भुवने च्वना वेद पाठ याना च्वं छं लक्ष्मी व नारायण छेने तया च्वं सदानं ।। छु ज्या जिथाय् श्याम बहादुर श्रेष्ठ, सक्व सन्त्वाः छु ज्या छाय् जिथाय् छु या वयाम्ह छ मयो जित वयमते अ वयां छु याय्गु …
टोलाउँदै नशिली नजर हानिदिए राम्रो निःशव्द सहस्र बातहरु मानिदिए राम्रो घाम नडुब्दै प्यास मेटाउने जवानी बहाना माधुर्य मुस्कानको प्याला तानिदिए राम्रो जुनसँगै लोलाए नयन करिब जो डुब्न एकान्ती आनन्द छ साथ मीठो जादिदिए राम्रो अमृत बन्छ विष घुट्को त्यो मोहनी मात क्या सयौँ जुनी एकै जीवन मृत्यु ठानिदिए राम्रो छक्याएर कथाका ती पात्र फेरिएछ जब दुई ज्यान दुई आत्मा डोरी बानिदिए राम्रो ।।
मेरा शिकायत न आपसे न भगवान से मेरा शिकायत केवल उस हैवान से दूरसे नजरपे नजर नजाने डाल रहा था नजदिक होरही है ए होँठोँ कि मुस्कान से मेरी ए जवानीमे लोहा जैसा जवान मिला साथ देरहा है खेतोँपे शुक्रगुजरा किसान से वो तो भवँरा निकला मुझे मालुम नहिँ था जिन्दगीमे ऐसा क्युँ पुछ रही हुँ वैमान से जिसने ए तोहफा दिया जिन्दा वो मरगया जल रहा हुँ आज आनेवाली पहेचान से ।।
पहिरनको कुरा गर्दा हामी बाहिरी बस्त्र सम्झन्छौं, जसले हाम्रो आङ ढाक्छ । लाज ढाक्छ । जाडो र गर्मीबाट शरीरलाई सन्तुलित राख्छ । स्टाइलिस देखाउँछ । फेसनेबल देखाउँछ । व्यक्तित्व बढाउँछ । त्यही कारण हामी बाहिरी बस्त्र खरिद गर्दा त्यसको रुपरंग, बनौट सबै कुरामा ध्यान दिन्छौं, ताकि आफुलाई सुहाउँदो होस् । तर, भित्री बस्त्र नि ? अब तपाईं एक कदम पछि हट्नुहुनेछ । किनभने भित्री बस्त्र खरिद गर्दा त्यसको बारेमा खासै ख्याल राख्नुहुन्न । किनभने तपाईं(हामीलाई लाग्छ, भित्री बस्त्र भनेको छोपिने चिज हो । देखिने भए पो राम्रो हुनुपर्छ । तर, यस्तो कुरा सही होइन । भित्…
सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्रीको कुरा सुन्ने हो भने अहिले सरकार मिडियालाई नियन्त्रण गर्न चाहेको छनक मिल्छ । उहाँले पटक पटक भन्नुभएको छ । मिडियाले सरकारलाई सहयोग गरेन । मिडियाले सरकारलाई लखेट्यो । हुनतः उहाँ कम्युनिष्ट पृष्ठभूमीबाट आउनुभएको हुँदा उहाँलाई माक्र्स, लेनिन र स्टालिनका कुराहरु मात्रै कण्ठस्ठ होला । तर विद्वान राजनीतिज्ञ विन्सटन चर्चिलले भन्नुभएको छ– सञ्चार माध्यम विनाको राज्य कल्पना गर्न सकिँदैन । त्यसैले नै राज्यको चौँथो अंगका रुपमा पत्रकारिता क्षेत्रलाई लिईएको हो । पत्रकारिता क्षेत्रको काम के हो त ? यही प्रश्नको उत्तर सर…
कमिलाको अनौठो व्यवहार ः एक अर्काको मुखमा बान्ता गरेर मित्रता कायम ! यो विशाल पृथ्वीमा करोडौँ प्रकारका जीवजन्तु छन् । पर्यावरण सन्तुलन राख्नका लागि प्रकृतिले सबै जीवहरुलाई अहम जिम्मेवारी दिएको हुन्छ । कमिला पनि यस्तो जीव हो जुन पर्यावरणका लागि निकै महत्वपूर्ण हुन्छ । मानिसमा जस्तै कमिलाले पनि एक आपसमा मित्रता कायम गर्दछ र सामाजिक बन्धनमा रहन्छ । तपाइँलाई सुन्दैमा अनौठो लाग्न सक्दछ कि कमिलाले एक अर्काको मुखमा बान्ता गरिदिएर मित्रता कायम गर्दछन् । कमिलाले एक अर्काको मुखमा बान्ता गरिदिएर सामाजिक बन्धन कायम गर्ने र सूचनाको आदानप्रदान गर्ने गर्दछन् …
सामाजिक संजाल