यो देशका राजा प्रत्येक वर्ष कुमारी केटीसँग विवाह गर्छन्, कति पुगे पत्नी र छोराछोरी, रोचक जानकारी


 रोचक जानकारी

यो देशका राजा प्रत्येक वर्ष कुमारी केटीसँग विवाह गर्छन्, कति पुगे पत्नी र छोराछोरी

विवाहित श्रीमान र श्रीमतीमा विवाहपछि केही खोट भएमा वा समझदारी कायम हुन नसकेमा सम्बन्ध विच्छेदका लागि प्रक्रिया चालिन्छ । चाहे त्यो श्रीमानमा होस् वा श्रीमतीमा । तर विश्वको यस्तो एउटा देशका राजा छन्, जो सम्बन्ध विच्छेद नै नगरी वर्षै पिच्छे एउटा विवाह गर्छन् ।

देशका राजामाथि कयौँ जिम्मेवारी हुुन्छन् जुन पालना गर्नैपर्छ । राजाले आफ्ना सन्तान मात्रै होइन सम्पूर्ण जनताको जिम्मेवारी लिनुपर्छ । उनले आफ्ना जनताको सबै दुुःख पीडा बुुझ्नुु पर्छ । विश्वका धेरैजसो देशमा राजतन्त्र विस्तारै समाप्त हुँदै छ ।  केही देशमा मात्रै राजतन्त्र कायम छ । त्यस मध्येको एक अफ्रिकी देश स्वाजिल्यान्ड पनि हो । यहाँको राजाका व्यवहार बारे थाहा पाउँदा तपाई पनि अचम्म लाग्ला ।

देश स्वतन्त्र     भएको ५० वर्ष पुरा भएपछि यहाँका राजाले २०१८ मा देशको नाम फेरेर द किंगडम अफ इस्वातिनी राखेका छन् । यो देश अफ्रिकी महाद्विपमा दक्षिण अफ्रिकासँगै जोडिएको छ ।

दक्षिण अफ्रिका र मोजाम्बिकको सीमासँग जोडिएको यो देश यहाँको राजाका कारण सधैजसो चर्चामा आउने गरेको छ ।

यो देशमा प्रत्येक वर्ष अगस्ट–सेप्टेम्बर महिनामा महारानीको आमाको शाही गाउँ लुदजिजिनीमा उम्हलांवगा महोत्सव आयोजना गरिन्छ । यो वर्षमा १० हजार भन्दा बढी कुमारी केटी र बालिकाहरुले सहभागिता जनाउँछन् । यहाँका राजाको अगाडि कुमारी केटी आफ्नो नृत्य देखाउँछन् ।

एक रिपोर्ट अनुुसार पर्वमा सहभागि हुने केटीहरुमध्ये एकलाई राजाले प्रत्येक वर्ष आफ्नो रानी बनाउँछन् । सबै भन्दा अचम्मको कुरा के छ भने यी केटीहरु बिना कपडा राजा र उनको सम्पूूर्ण प्रजाको अगाडि नृत्य गर्छन् । यो परम्पराको कयौँ युवतीले बिरोध गर्ने गर्छन् । कतिपयले यो परेडमा सहभागी हुन अस्वीकार गर्दै आएका छन् । राजाले यसबारे थाहा पाएपछि  केटीहरुको परिवारले ठूलै जरिवाना तिर्नुु परेको घटना पनि सार्वजनिक छ ।

यहाँका राजाले अत्यन्तै शानदार जीवन बिताउने गरेको आरोपसमेत लाग्ने गरेको छ । यहाँका धेरैजसो जनता अत्यन्त गरिबीमा जीवन यापन गर्दै आएका छन् । २०१५ मा  भारत–अफ्रिका शिखर सम्मेलनमा सहभागी हुन राजा मस्वाती तृतीय भारत पनि गइसकेका छन् । राजा मस्वाती तृतीय आफूसँग १५ श्रीमती, छोराछोरी र १०० नोकर लिएर आएका थिए । उनका लागि दिल्लीको एक पाँच तारे होटलमा २०० वटा कोठा बुक गरिएको थियो ।

८ वर्षकी बालिकाको शरीरभित्र थुनिएकी २२ वर्षीया युवती

बाल्यकालमा ब्रेन क्यान्सरबाट बाँच्न सफल २२ वर्षकी सौना रे को शारीरिक विकास रोकियो । अब उनी जवान भइसकेकी छिन् तर उनी ८ वर्षकी बालिकाको शरीरमा कैद छिन् ।

सौना रे ६ महिनाकी मात्रै थिइन् जब उनलाई ब्रेन क्यान्सर भएको पत्ता लाग्यो । क्यान्सरका कारण केमोथेरापी गर्नुपर्यो । यसले उनको जीवन रक्षा त गरिदियो तर उनको पिट्युटरी ग्रन्थीमा पनि क्षती पुग्यो । यो ग्रन्थीमा क्षतिका कारण उनको शारीरिक विकास रोकियो ।

यद्यपि, कोमेथेरापीकै कारण उनको पिट्युटरी ग्रन्थीमा गम्भीर असर परेको भन्ने प्रमाण त छैन तर क्यान्सरको उपचारका क्रममा केही बिरामीमा एन्डोक्राइन समस्या भने देखिएको छ । यी युवती आफ्ना समस्याबाट बाहिर निस्कन सफल त भइन् तर बालिका जस्तै देखिएता पनि उनले आफूमाथि परिपक्वलाई गरिने जस्तै व्यवहार गरियोस् भन्ने चाहना राख्छिन् ।

‘तपाईंले मलाई झट्ट हेर्दा, आफ्नो परिवारसँग निकै रमाइरहेकी एक साधारण बालिकाजस्तै देख्नुहुन्छ,’ टीएलसीले हालै प्रकाशित गरेको ‘आइ एम सौना रे’ नामको एउटा भिडियोको ट्रेलरमा भन्छिन् । ‘तर वास्तविकता के हो भने, म बालिका होइन । म एक युवती हुँ । २२ वर्षकी युवती जो ८ वर्षे बालिकाको शरीरभित्र कैद छिन् । मेरो शारीरिक विकास हुन नसकेपनि मलाई एक वयस्कको झैँ व्यवहार गरियोस् भन्ने मेरो तीब्र चाहना छ । म आफ्नो स्वतन्त्रतामाथि काम गरिरहेकी छु ।’

सौनाको कार्यक्रम जनवरी ११, २०२२ मा टीएलसीमा प्रसारण हुँदैछ । यसमा उनको दैनिक संघर्ष देखाइएको छ । साथै, बालिका झैँ देखिने तर वयस्कको झैँ जीवनयापन गर्ने प्रयास पनि देखाइएको छ । बारमा मद्यपान गर्ने, ट्याटु बनाउने र ब्लाइन्ड डेटमा जानु उनको लागि अत्यधिक संघर्षको कुरा हो ।

Post a Comment

0 Comments