लावण्य/साँखु । कार्तिक ११ गते बिहीबार। शंखरापुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सन्तबहादुर वाइबा नेकपा माओवादी काठमाडौंको जिल्ला समन्वय समितिको सदस्यमा मनोनित भएको छ।
काठमाडौंमा बसेको जिल्ला समन्वय समितिको पूर्ण बैठकले उहाँलाई सदस्यमा मनोनित गरेको हो।
उहाँ शंखरापुर नगरपालिकामा माओवादी बाट गत स्थानीय निर्वाचनमा विजयी हुने एक मात्र वडा अध्यक्ष हुनुहुन्छ।
त्यसैगरी शंखरापुरका रणबहादुर गुरुङ ( रबिन) वाईसीएल नेपाल काठमाडौं जिल्ला फ्र्याक्सन इन्चार्ज र रत्न प्रसाद दंगाल काठमाडौं जिल्ला समन्वय समितिको सल्हाकारमा मनोनित भएका छन।
0 Comments
Thanks for your concerns