kabita

अवसर चाहिएको छ
– केशव थली
हामीलाई अनेकता होईन एकता चाहिएको छ
केन्द्रिकृत राज्य होइन विकेन्द्रिकृत राज्य चाहिएको छ
सबै क्षेत्रमा सबैको पहुँच चाहिएको छ
जात र जाति बीच भेदभाव होईन मेलमिलाप चाहिएको छ
यो देश हाम्रो हो सबै मिलेर नयाँ बनाउनु छ
हामी वीर नेपाली हौँ भन्ने पहिचान जनाउनु छ
हामीलाई कसैको आशिर्वाद होईन सद्भाव चाहिएको छ
हामीसँग जोश र जाँगर छ खाली अवसर मात्र चाहिएको छ ।

Post a Comment

0 Comments