– श्रीकृष्ण श्रेष्ठ, साँखु/कुमार लामा कागेश्वरी प्रत्येक वर्ष कागेअष्टमीको दिन कागेश्वर महादेवस्थानमा ठूलो मेला लाग्दछ । यसपाली पनि सो मेला भदौ १९ गते परेको छ । यस वर्ष मेला व्यवस्थापन भव्यरुपमा गर्ने निर्णय सो क्षेत्रका सरोकारवालाहरुको बैठकले गरेको छ । मेलामा विशेषतः गोसाइँकुण्ड, पाँचपोखरीको तीर्थ यात्रा गरेका तीर्थ यात्रीहरुले सो स्थानको जल कागेश्वर महादेवलाई चढाएपछि मात्र फल मिल्ने भन्ने जनविश्वास रहेको कारण पनि उक्त दिन कागेश्वर स्थानमा जाने भक्तजनहरुको भीड लाग्ने गर्दछ । मेलामा विशेषतः तामाङ समुदायका झाँक्री विद्या सिकेका व्यक्तिहरुको पूज…
लावण्य/साँखु । नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा यही बैशाख ३ गतेबाट सुरु हुने भएको छ । हुनतः चैत्र २६ गते अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा सुरु भएको मानिन्छ । नेवार परम्परा अनुसार सोही दिन देखि साँखु बजारमा छालाको जुत्ता निषेध गरिन्छ भने पानी पर्दा समेत छाता ओढ्न नपाईने, घोडा हात्ति चढ्न नपाईने, घर भत्काउन नपाईने नयाँ बनाउन नपाईने, छतमा चढेर काम गर्न नपाईने जस्ता नियमहरु लागु हुन्छन् । साथै झै–झगडा गर्न नपाईने, साहुले ऋणीलाई समात्न नपाईने यी र यस्ता नियमहरु नायखिं च्वयेकेगु अर्थात् उर्दी लाउने गरिन्छ । त…
पाठक पत्र देगुँविहार (देवाचा) संरक्षण बारे शंखरापुर नगरपालिकाद्वारा विश्व सम्पदा सूचिमा सूचिकृत गर्न प्रयासरत साँखु, बज्रयोगिनी मन्दिर परिसर भित्रको देश–गुँ विहार . देगु विहार . देगुबाहा . देबाहा यानेकी गुँविहार (बज्रयोगिनी) र साँखु देश जोड्ने जक्सन विहार (हालसम्म पनि ऐतिहासिक÷पौराणिक महत्व बोकेको बौद्ध स्तुप÷चैत्य, पाटी÷सत्तल एवं विार परिसर यथावत छ), पौराणिक÷प्राकृतिक बगैँचा, खोल्सा, नागांचा पाख÷परिसर लगायत सो स्थान वरपरको मूर्त÷अमूर्त भौतिक÷साँस्कृतिक÷प्राकृतिक सम्पदामा (तपशिलमा उल्लेखित अवश्यम्भाव्य समस्याले) गम्भीर आँच आउने किसिमले सिमित व…
file photo शालिनदीमा चौथो दिन दाता नानीहेरा महर्जनले १२ लाख ९१ हजार ५ सय दान गरे लावण्य/साँखु । कोभिड–१९ का त्रासका बीच सुरु भएको माधवनारायण व्रतमा चन्दा दाताहरुको ओइरो लागेको छ। यसै क्रममा चौथो दिन आज बिहान सखारै श्री माधवनारायण व्रत तथा शालिनदी सुधार समितिले काठमाडौँ ताहाचल निवासी दाता नानीहेरा महर्जनबाट श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समिती लाई रु १२ लाख ९१ हजार ५ सय सहयोग गर्नु भएको छ । वहाँ र वहाँ का समस्त परिवारलाई भगवान श्री माधव नारायणले सदैब रक्षा गरून् भन्दै समितिले आभार व्यक्त गरेको छ । उहाँले गत वर्ष पनि ८ लाख ५० …
२०७८ पौष १३ गते लावण्य÷साँखु । ऐतिहासिक धार्मिक तीर्थस्थल सालिनदीमा प्रत्येक बर्ष पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म बस्ने माधब नारायण व्रत यस बर्ष पनि स्वास्थ मापदण्ड पूरा गरी सञ्चालन गरिने भएको छ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको हिजो बसेको बैठकले आगामी माघ ३ गते देखि सञ्चालन हुन लागेको माधवनारायण व्रतको लागि व्रत बस्न इच्छुक महानुभावहरुको लागि केही मापदण्ड तय गरेको छ । समितिको निर्णय अनुसार– गत वर्ष जस्तै यस वर्ष पनि स्वास्थ्य मापदण्ड तय गरिएको हुँदा व्रत बस्न इच्छुक भक्तजनहरुको लागि अनिवार्यरुपमा कोभिड…
२०७८ पौष १० गते लावण्य/साँखु । आजभन्दा करीब ३० वर्ष अगाडि चोरिएको ब्रम्हाको मूर्ति गौशाला प्रहरी परीसरमा अलपत्र अवस्थामा रहेको छ । सो मूर्ति छैठौँ शताव्दीको रहेको र सो मूर्ति राखिएको ब्रम्हाको मन्दिर पनि जीर्ण अवस्थामा रहेको सम्पदा अभियन्ता यादवलाल कायष्थ बताउनुहुन्छ । उक्त मूर्ती ३० वर्ष अगाडि चोरी भएको र विदेश लान प्रयास गर्दा नसकिएपछि चोरहरुले सो मूर्ति चोरहरु बेपत्ता भए । असाधारण ब्रम्हाको सो मूर्ति हाल अत्यन्तै लापरबाही तरिकाले बेवारिसे अवस्थामा गौशालास्थित प्रहरी चौकीमा राखिएको उहाँले सामाजिक सञ्चाजमा पोष्ट गरिएको भिडियोमा पनि हेर्न सकि…
लावण्यकर्मी, ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई कमल बहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरियो । – कृशु श्रेष्ठ – २०७८ असोज २० गते बुधवार लावण्य÷साँखु । साँखुका ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई यस वर्षको कमलबहादुर विष्ट स्मृति पुरस्कार यही असोज १९ गते प्रदान गरिएको छ । उहाँलाई सो पुरस्कार यस भेगको ईतिहास ,पुरातात्विक अन्वेषन तथा साहित्य, कला संस्कृति को जगेर्ना गर्नको लागि अथक प्रयास गरे वापत प्रदान गरिएको हो । सो पुरस्कारका संरक्षक मिश्रीमैंया विष्ट हुनुहुन्छ । पुरस्कृत हुनुभएका प्रकाशमान श्रेष्ठ सक्व लावण्य सन्दे…
२०७८ असोज १९ गते लावण्य/साँखु । शंखरापुर ९ सरोकार समितिले यही असोज १५ गते शुक्रवारदेखि शंखरापुर नगरपालिका वडा नं. ९ को कार्यालयमा लगाएको तालाबन्दी खोलेको छ । सरोकार समितिका संयोजक धर्मराज कार्कीले यस अघि भएको सहमति अनुसार नगरपालिकाले मालपोत कार्यालय साँखुका नाममा पत्र पठाएपछि वडा नं. ९ को कार्यालयमा लगाईएको ताला खोलिदिएको हो । नगरपालिकाले मालपोत कार्यालय साँखुको नाममा लेखेको पत्र यसप्रकार रहेको छ– श्री मालपोत कार्यालय, साँखु, काठमाडौँ । विषय ः जग्गा रोक्का फकुवा गर्ने सम्बन्धमा । उपरोक्त सम्बन्धमा पूर्वी काठमाडौँ शहरी विकास आयोजनाले गोकर्णेश्व…
२०७८ असोज १८ गते लावण्य÷साँखु । शंखरापुर ९ सरोकार समितिले यही असोज १५ गते शुक्रवारदेखि शंखरापुर नगरपालिका वडा नं. ९ को कार्यालयमा लगाएको तालाबन्दी खोल्ने सहमति भएको छ । सरोकार समितिका संयोजक धर्मराज कार्कीका अनुसार आज शंखरापूर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका तथा गोकर्णेस्वर नगरपालिकाका तीनै जना मेयरहरुसँगको छलफलमा तत्काल शंखरापुर ९को जग्गा रोक्का फुकुवाको सहमति भएको छ । सहमति अनुसार शंखरापुर नगरपालिकाले आजै मालपोत तथा नापी कार्यालयमा पत्राचार गर्ने भएको छ । त्यस लगत्तै सरोकार समितिले लगाएको ताला खोल्ने सहमति समेत भएको छ । पूर्वी शहरी विक…
– श्रीकृष्ण श्रेष्ठ/कुमार लामा – प्रत्येक वर्ष कागेअष्टमीको दिन कागेश्वर महादेवस्थानमा ठूलो मेला लाग्दछ । यसपाली पनि सो मेला भदौ १० गत परेको छ । लकडाउनका कारण यस वर्ष मेला नहुने भएको छ । मेलामा विशेषतः गोसाइँकुण्ड, पाँचपोखरीको तीर्थ यात्रा गरेका तीर्थ यात्रीहरुले सो स्थानको जल कागेश्वर महादेवलाई चढाएपछि मात्र फल मिल्ने भन्ने जनविश्वास रहेको कारण पनि उक्त दिन कागेश्वर स्थानमा जाने भक्तजनहरुको भीड लाग्ने गर्दछ । मेलामा विशेषतः तामाङ समुदायका झाँक्री विद्या सिकेका व्यक्तिहरुको पूजा आजाको लागि पनि भीड लाग्ने गर्दछ । तर यस वर्ष लकडाउन र कोरोना महाम…
– कृष्टिना श्रेष्ठ – लावण्य/साँखु । आज भाद्र १४ गते सोमवार साँखुमा परापूर्व कालदेखि चल्दै आईरहेको ऐतिहासिक रोपाइँ जात्रा सञ्चालन हुने भएको छ । गत वर्ष कोभिड १९ कारण यो जात्रा स्थगित गरिएको थियो । तर यस वर्ष साँखुमा अत्यधिक व्यक्तिहरुले कोरोनाको खोप लिईसकिएको र कोरोनाको ग्राफ पनि केही घटेको अवस्थामा स्वास्थ्य सावधानी अपनाउँदै परापूर्वकालदेखि चल्दै आईरहेको रोपाइँ जात्रा सञ्चालन गर्ने निर्णय श्रीकृष्ण गुठी परिवार ईपाटोलले गरेको हो । गुठीले सोमवार साँखुमा संचालन हुने रोपाईं जात्रा नेपाल सरकारले दिएको निर्देशन बमोजिम सामाजिक दुरी कायम गरी थोरै ब्यक…
– प्रकाशमान सक्व ऊँ अद्य ब्रह्मण दुतिय पाराध्य श्वेत वराह करपे भैवस्वत मनन्तरले अस्ता विसति तमसे चतुर्जुगस्यकरे प्रथम पादे जामु दिपे भरत खंदे भारथ वर्षे आज्र्यावर्तदेशय हेमवत दक्षिणपारे नेपाल मंदे्र वासुखि क्षेत्रे श्रीश्रीश्री पशुपति सन्यधाने वासुखी क्षेत्र वाद्यमत्या पूव्र्वकूले कासिकाया प्रशिम भागे श्रीश्री स्वयम्भूचैपित्र धाने श्रीश्री शंखरापुर नगर श्रीश्री ज्योतिरिंगेश्वर मूले यहिवापुरे नम ऊँ अद्योणाओमा माणकल पक्ष पञ्चमीया तिथौ हस्त नक्षत्र शूभ जोग्य जथा कण सुतेक ।। आदित्यवासरे सिंघराशीगते सवित्रे कर्कट राशी गतेः चन्द्रमसि ।। अस्त कासिव ग…
साँखु शंखरापुर नगरपालिका वडानं ७ धुँलाटोल स्थित कलात्मक सत्तल उत्तर, पूर्व मोहडाको झिंगटी छानो मुनि पूर्वी मोहडामा दुई वटा झ्यालहरुको बीचमा कलात्मक तीनमुखे सँझ्याल र उत्तर मोहडामा दायाँबायाँ दुईवटा झ्यालको बिचमा पाँच मुखे सँझ्याल थियो । पहिलो तल्लाको पाटीमा कलात्मक खम्बासहितको कवलको अग्राख काठबाट करीब ने. सं. ८१९ साल पछि साँखुका भुजिंपता (भुजिंपुतः) साहु जयशंकर भारोले निर्माण गरिंएको कुरा स्थानिय बुंढापाकाहरुको भनाई रहेको छ । जयशंकर भारो एकजना ठुलो ब्यापारी थिए भने वहाँको दाजुभाई हरुले आफ्नो बूबार मुमाको नाममा बिश्वेश्वर महादेवको मन्दिर निर्मा…
– डा. बालगोपाल श्रेष्ठ सकोय दंय दसं तजिक माधव नारायणया धलं दनिगु सालिनदिइ माधव नारायण देग दयेकेतेंगु बांलागु खं ख । तर धलं दनिगु जगति दोहां वनेगु लुखा नापं देग दयेके तेंगु धासा बिलकुल मिले मजूगु ज्या जुल । माघया मेला जुइबले पला तयेगु थाय तकं मदयेक हुल जुइगु थाय मछिं मछिं देग दनां बांलागु देग दने फइगु खं मखु । उलि चिधंगु थाय तजिगु तजागु देग दनेगु धयागु संभव मखु उकिसं खुसि सतिक सुरक्षित नं मखु । देग दनेगु ज्या खुसि सिथय मखु खुसिं भचा चोय थौंकन्हय स्वस्थानी देग दया चोंगु जख वा अश्वमेध यज्ञ याइथाय वालाफाला यायेछिंथाय सुरक्षित थासय दयेकल धासा तसकं …
नेपालय जथाभावी जमिन मी फइगु व्यावस्थाया हुनिं सोनिगया आदिवासी मूलवासी नेवात नापं तामांगत थौं थपिनिगु हे भूमिइ अल्पमतय लाये धुकूगु दु । थो थनया सत्ताधारितयसं नियतवस हे यानाचोंगु ज्या ख धका थुइकेमा । सोनिगया आदिवासी मूलवासी नेवात व तामांगतयत अमिगु थपिनिगु भूमी प्रति बिशेषाधिकार कायम यायेत फुक महानगपालिकातयसं नीति थज्यागु नीति हये हथाय जूगु दु । मेमेगु देशय ला आदिवासी मूलवासी जाति जनजातितय भूमि पिनं वया वसोवास यावइपिंत न्याये मीगु हे बन्द यानातगु दु । गथे भारतया सिक्किमय अनया आदिवासी भोतिया व लेप्चा जातितय जमिन अन बसोवास यावगु सलंस दं दयेधुंकुगु …
नेपालमा जथाभावी जमिन किनबेच गर्न सकिने व्यवस्था भएको कारणले उपत्यकाका आदिवासी मूलबासी नेवार समुदाय र तामाङ समुदाय अहिले आफ्नै भूमीमा अल्पमतमा परिसकेको अवस्था विद्यमान छ । यो कार्य सत्ताधारीहरुको नियतवश गरिएको काम कार्वाही हो भनि बुझ्नुपर्ने भएको छ । उपत्यकाका आदिवासी मूलवासी नेवार र तामाङ समुदायको आफ्नै भूमीमा विशेषाधिकार कायम गर्नको लागि सबै नगरपालिका र महानगरपालिकाहरुले एक खाले नीति नै नल्याई भएको छैन । विकसित भनिएका देशहरुमा समेत आदिवासी मूलवासी जनजातिहरुको घर जग्गा बाहिरबाट आउने आप्रबासीहरुले कीनबेच गर्न नपाउने बन्दोबस्त गरिएको हुन्छ । छिम…
सामाजिक संजाल