file photo |
शालिनदीमा चौथो दिन दाता नानीहेरा महर्जनले १२ लाख ९१ हजार ५ सय दान गरे
लावण्य/साँखु । कोभिड–१९ का त्रासका बीच सुरु भएको माधवनारायण व्रतमा चन्दा दाताहरुको ओइरो लागेको छ।
यसै क्रममा चौथो दिन आज बिहान सखारै श्री माधवनारायण व्रत तथा शालिनदी सुधार समितिले काठमाडौँ ताहाचल निवासी दाता नानीहेरा महर्जनबाट श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समिती लाई रु १२ लाख ९१ हजार ५ सय सहयोग गर्नु भएको छ । वहाँ र वहाँ का समस्त परिवारलाई भगवान श्री माधव नारायणले सदैब रक्षा गरून् भन्दै समितिले आभार व्यक्त गरेको छ ।
उहाँले गत वर्ष पनि ८ लाख ५० हजार रुपैयाँ भगवान माधवनारायणको नाममा दान दिनुभएको थियो । दुई वर्ष अगाडि पनि दाता नानी हेरा महर्जनले भगवानको नाममा दान दिनुभएको कुरा चर्चामा आएको छ ।
यसरी दिनपरदिन शालिनदी परिसरमा दाताहरुको ओइरो लागेकोछ । करिब ८ वर्ष अगाडि बनेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको नेतृत्व प्रत्येक दुई वर्षमा फेरिने गर्दछ ।
गत वर्ष करीब ६३ लाख सहयोग उठेको थियो
समितिले गत वर्ष करीब ६३ लाख दाताहरुबाट सहयोग प्राप्त गरेका थिए । यस वर्ष माधवनारायणको मन्दिर बनाईरहेको समितिले माघ मेला सञ्चालन हुनु अगाडि नै करीब १० लाख भन्दा बढी सहयोग पाईसकेको थियो भने आज पाएको करीब १३ लाखको सहयोग पछि समिति अझ बढी हौसिएको छ । समितिले यस वर्ष डेढ करोड भन्दा बढी सहयोग प्राप्त गर्ने लक्ष्य राखेको छ ।
0 Comments
Thanks for your concerns