लावण्यकर्मी, ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई कमल बहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरियो ।
– कृशु श्रेष्ठ –
२०७८ असोज २० गते बुधवार
लावण्य÷साँखु । साँखुका ईतिहासविद् तथा साहित्यकार प्रकाशमान श्रेष्ठ लाई यस वर्षको कमलबहादुर विष्ट स्मृति पुरस्कार यही असोज १९ गते प्रदान गरिएको छ ।
उहाँलाई सो पुरस्कार यस भेगको ईतिहास ,पुरातात्विक अन्वेषन तथा साहित्य, कला संस्कृति को जगेर्ना गर्नको लागि अथक प्रयास गरे वापत प्रदान गरिएको हो । सो पुरस्कारका संरक्षक मिश्रीमैंया विष्ट हुनुहुन्छ ।
पुरस्कृत हुनुभएका प्रकाशमान श्रेष्ठ सक्व लावण्य सन्देश साप्ताहिकका नियमित स्तम्भकार हुनुहुन्छ । उहाँले शंखरापुर–७ साँखु साल्खा टोलमा बि सं २०११ फागुन ७ गते आमा बिष्णु माया श्रेष्ठ र बुबा नजरमान श्रेष्ठको जेष्ठ सुपुत्रका रुपमा यस धर्तीमा पाईला टेक्नुभएको हो ।
पुरस्कृत एवं सम्मानित व्यक्तित्व प्रकाशमान श्रेष्ठ सक्व, यस भेगको ईतिहास ,पुरातात्विक अन्वेषन तथा साहित्य, कला संस्कृति को ज्ञाता समेत हुनु हुन्छ । शंखरापुर साँखु तथा मणिचूड, बज्रयोगिनी, सालिनदी स्वस्थानी व्रत एवम् स्थानिय जात्रा, पर्व, शिलापत्र, ताड़पत्र एवम् ऐतिहासिक कागजपत्रहरुको कार्यमा दशकौं अध्ययन अनुसंधान कार्य तथा त्यस विषयको वारेमा राष्ट्रीय तथा स्थानीय पत्र पत्रिका बाट सैयौं लेख रचनाहरु प्रकाशित गर्दै आउनुभएको छ ।
श्रेष्ठ स्थानीय जात्रा पर्वको चिनारी, साहित्य सेवा, पुस्तक लेखन प्रकाशन सहित शिक्षण सेवा समेतको अनुभव संगालेका ब्यक्तित्व हुनुहुन्छ ।
बिभिन्न साहित्यिक, सामाजिक संघसंस्थाहरु एवम् शैक्षिक संघसंस्थाहरुबाट समेत संम्मानित हुनु भईसकेका श्रेष्ठ साहित्य, अध्यापन, ईतिहास र पुरातात्विक, सामाजिक, सांस्कृतिक ब्यक्तित्वको रुपमा चिनिनुहुन्छ । उहाँलाई कमलबहादुर विष्ट स्मृति पुरस्कार संस्थाका अध्यक्ष राजु विष्ट, सचिव दिनेश विष्ट र कोषाध्यक्ष शिवराम विष्टको उपस्थितिमा एक कार्यक्रमका बीच सम्मानपत्र तथा नगद रु १५०००÷– (पन्ध्र हजार) प्रदान गरिएको हो ।
0 Comments
Thanks for your concerns