२०७८ असोज १८ गते
लावण्य÷साँखु । शंखरापुर ९ सरोकार समितिले यही असोज १५ गते शुक्रवारदेखि शंखरापुर नगरपालिका वडा नं. ९ को कार्यालयमा लगाएको तालाबन्दी खोल्ने सहमति भएको छ ।
सरोकार समितिका संयोजक धर्मराज कार्कीका अनुसार आज शंखरापूर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका तथा गोकर्णेस्वर नगरपालिकाका तीनै जना मेयरहरुसँगको छलफलमा तत्काल शंखरापुर ९को जग्गा रोक्का फुकुवाको सहमति भएको छ ।
सहमति अनुसार शंखरापुर नगरपालिकाले आजै मालपोत तथा नापी कार्यालयमा पत्राचार गर्ने भएको छ । त्यस लगत्तै सरोकार समितिले लगाएको ताला खोल्ने सहमति समेत भएको छ ।
पूर्वी शहरी विकास परियोजनाको विषयमा उपभोक्ता र जनतामा व्यापक छलफल चलाउने र जन चाहनाको सम्बोधन गर्दै अघि बढ्न सकिने छलफलको निस्कर्ष थियो ।
सरोकार समितिको तर्फबाट रवी सिलवालले सामाजिक सञ्जाल फेसबुक मार्फत “सबै पदाधिकारीहरुलाइ हार्दिक बधाइ तथा शुभकामना । आजै वडा कार्याकयमा लगाइएको ताला खुल्ने सम्भावना ! भनी पोष्ट गर्नुभएको छ ।
सरोकार समितिका सल्लाहकार एवं अधिवक्ता सिलवालका अनुसार जग्गा फुकुवा भए लगत्तै पुनः आम जनता, उपभोक्ता र सरोकारवालाहरुसँग आयोजनाको विषयमा व्यापक छलफल गरी न्यूनतम क्षतिमा अधिकतम सदुपयोग गर्न सकिने गरी आयोजना कार्यान्वयन गराउनको लागि मिलेर पहल गर्ने समेत छलफल भएको छ ।
सोही छलफलमा अभियन्ता बालचन्द्र श्रेष्ठले समेत स्मार्ट सिटी र ऐतिहासिक सानागाउँको विषयमा बोल्नु भएको थियो ।
0 Comments
Thanks for your concerns