माघ मेलाभरि सार्वजनिक विदाका दिन बज्रयोगिनीमा निःशुल्क बस चलाईने








माघ मेलाभर सा“खु बसपार्क देखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा

पौष ३० गते शनिवार

लावण्य/साँखु । यस वर्ष देखि शालिनदी यातायात प्रालिले सार्वजनिक दायित्व अन्तर्गत साँखु बसपार्कबाट बज्रयोगिनी सम्म माघ मेला अवधिभर सार्वजनिक विदाको दिनहरुमा बिहान ८ बजे र बिहान ११ बजे गरी दुईवटा बस निःशुल्क रुपमा बज्रयोगिनी मन्दिर परिसरमा भक्तजनहरुलाई लगिदिने र पुनः फर्काईदिने व्यवस्था गरेको छ।

यस सम्बन्धी राससको समाचार यस्तो छ ।

शालिनदी यातायातले माघ मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि मेला अवधिभर सार्वजनिक विदाका दिनहरुमा निःशुल्क बस सेवा सुरु गरेको छ ।

शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो ।

शालिनदी यातायातका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले शालिनदी मेला भर्न पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म पुग्नका लागि साँखुस्थित नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुईवटा बस निःशुल्क प्रदान गरिएको राससलाई जानकारी दिए।

काठमाडौंको उत्तरी भाग शङ्खरापुर नगरपालिकामा पर्ने मणिचुड पर्वतको दुई पहराको बीचमा अवस्थित बज्रयोगिनी मन्दिर धार्मिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

भगवान बुद्धको तपस्याबाट प्रशन्न भई प्रकट भएकी पार्वती नै बज्रयोगिनी भएको किवंदन्ती छ । यहाँ बौद्ध र हिन्दू परम्पराअनुसार देवीको पूजा गरिन्छ ।

उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीका रूपमा बज्रयोगिनीको आराधना गर्छन् । यस्तै शालिनदी मेला भर्न गएका भक्तजनसमेत एकपटक बज्रयोगीनी मन्दिरसम्म पुग्ने गरेका छन् ।

गत वर्षहरूमा कोरोनाका कारण शालिनदी मेला भर्ने भक्तजनको सङ्ख्या तुलानात्मकरूपमा कम भए पनि यस वर्ष भने शालिनदी मेला भर्ने भक्तजनको संख्या ३० लाखभन्दा बढी हुने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

Post a Comment

0 Comments