शारदालक्ष्मीले १६ औँ वार्षिक उत्सवमा जेष्ठ नागरिकको सम्मान एवं उत्कृष्ट एसईईमा विद्यार्थीहरुलाई पुरस्कृत गर्ने !



– कृशु श्रेष्ठ –

२०७८ पौष ८ गते

लावण्य/साँखु । यही पौष १६ गते शारदालक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा शंखरापृुर नगरपालिकाभरिमा सबैभन्दा बढी उमेरका एकजना महिला र एक जना पुरुष जेष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ ।

त्यसैगरी संस्थाले शंखरापुर नगरपालिकाभरिबाट एसईईमा उत्कृष्ट विद्यार्थीमध्येबाट एकजना छात्र र एकजना छात्रालाई सम्मान गर्ने भएकोछ । साथै सहकारीमा खाता खोलेका खातावालाका छोराछोरीहरुमध्येबाट एसईईमा उत्कृष्ट एकजना छात्र र एकजना छात्रालाई सम्मान गर्ने भएको छ ।

सहकारीले प्रत्येक वर्ष जेष्ठ नागरिकहरुको सम्मान गर्दै आईरहेको छ । 

संस्थाले साँखुक्षेत्रका विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको छ ।

Post a Comment

0 Comments