अन्ततः प्रचण्ड नै प्रधानमन्त्री हुने ! एमालेसहित ७ दलको समर्थन








लावण्य÷साँखु । धेरै बेरको रस्साकस्सी पछि नयाँ सरकारको नेतृत्व नेकपा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पाउने भएको छ ।

यसका लागि उनले नेकपा एमाले सहित ७ दलसँग सहमति गरेका छन् । ७ दलको निर्णय सँगै केही समय अगाडि नयाँ सरकार गठनका लागि बहुमत सांसद संख्याको दाबीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शीतल निवास पुगेका छन् ।


प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । जसअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ । 



प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।


Post a Comment

0 Comments