“गिरिजाप्रसादया समालोचना” विमोचनका साथै संस्कृतिकर्मी, सञ्चारकर्मीलाईे सम्मान गरिने



लावण्य/साँखु । यही आउँदो पौष ४ गते शनिवार “महाकवि गिरिजाप्रसाद”ले आफ्नो जीवनकालमा विभिन्न लेखकहरुको कृतिमाथि गर्नुभएको समालोचनाहरुको संग्रह “गिरिजपा्रसादया समालोचना” विमल ताम्राकारको सम्पादकीयमा प्रकाशित भएको छ ।

सो कृतिको विमोचन यही पौष ४ गते “सक्व सभा हल” यापिडोल (कोलागाल) साँखुमा गरिने भएको छ ।

सो कार्यक्रममै भाषा संस्कृति, कलाक्षेत्र एवं भजन किर्तन, पत्रकारिता क्षेत्रमा योगदान दिनुभएका प्रतिष्ठित व्यक्तित्वहरु र “लावण्य सन्देश” साप्ताहिकलाई समेत सम्मान गरिने भएको छ ।

सम्मानित हुने व्यक्तित्वहरुमा साँखुका पुराना भजनपे्रमी भाषासेवी रञ्जन श्रेष्ठ, उज्यालो एफ एमका कार्यंक्रम सञ्चालक कुमार रञ्जित, नेपाल मण्डल टेलिभिजनका सञ्चालिका सिल्भिया श्रेष्ठ, लावण्य सन्देश साप्ताहिकका पवन लाल श्रेष्ठ,  राजोपाध्याय र सञ्चारकर्मी सजना तिमिल्सिना रहनुभएको छ ।

Post a Comment

0 Comments