साँखुमा क्यान्सर सम्बन्धी जनचेतना जगाउने कार्यक्रम र स्वास्थ्य शीविर सञ्चालन हुने






– क्रिस्टिना श्रेष्ठ –

१३ फाल्गुन शनिवार

लावण्य/साँखु । रोटरी क्लब अफ साँखु र क्यान्सर सोसाईटी काठमाडौँ शाखाको आयोजनामा यही फाल्गुन २० गते शनिवार हाकुज रेष्टुरेण्टमा पाठेघर र स्तन क्यान्सर रोग सम्बन्धी जनचेतना जगाउने कार्यक्रम हुने भएको छ ।

सो कार्यक्रम पछि क्यान्सर रोगको संकेत देखिएकाहरुलाई फाल्गुन २७ गते शनिवार भाग्योदय माविमा हुने स्वास्थ्य शीविरमा परीक्षण गरेर आवश्यकता अनुसार पाठेघर क्यान्सरको उपचारको लागि समेत सिफारिश गरिनेछ ।

Post a Comment

0 Comments