भ्याली बैंक र सिग्नेचर बैंकपछि फष्ट रिपब्लिकन बैंक टाट पल्टिएको हो ।
अमेरिकामा दुई महिनाभित्र यो तेस्रो बैंक टाट पल्टिएको हो । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्युरेन्स कर्पोरेसनले फष्टरिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ । कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सो संकटग्रस्त बैंकलाई स्वामित्व ग्रहण गरेको छ। जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ!
जेपी मोर्गन फष्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरकोबचतको टेकओभर गरेको हो । मार्च महिनामै बचतकर्ताहरुले १ खर्ब अमेरिकी डलर निकालेपछि त्यसको शेयर मूल्य ७५ प्रतिशतलेघटेको थियो ।
मार्चमा अमेरिकामा ठूला बैंकहरुको समूहले फष्ट रिपब्लिकन बैंकलाई स्थायित्व दिनका लागि ३० अर्ब अमेरिकी डलर उपलब्ध गराएकाथिए तर त्यो टाट पल्टिनबाट रोक्न भने सकेन । रिपब्लिकन बैंक १९८५ मा स्थापना भएको थियो । सन फ्रान्सिस्कोमा मुख्यालय रहेकोयो बैंक मध्यस्तरको बैंकमा पर्दछ ।
0 Comments
Thanks for your concerns