यही शनिवार स्वतन्त्र उम्मेदवारी दिन चाहनेहरुको राष्ट्रिय भेला ललितपुरमा सम्पन्न भएको छ ।
शनिवार हेरिटेज प्लाजामा भएको सो भेलाले सम्भवतः केही दिनमै अर्को नयाँ पार्टी दर्ता गर्ने गरी तयारी गर्नेछ । मुलुकभरका १६५ सीटमै उम्मेदवारी दिने तयारी गरेका गत स्थानीय चुनावमा समेत स्वतन्त्र उम्मेदवार दिएकाहरु समेत भेला भएको सो भेलाले दलको विकल्प दल नै दर्ता गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
यस्तो हुनुमा प्रमुख कारण पत्रकार रवी लामिछानेले दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारण पनि हो । यदि आफुहरुले दल दर्ता नगरे समानुपातिक मत रवीको रास्वपा पार्टीमा जाने दर स्वतन्त्र उम्मेदवारहरुको समूह मिसन १६५ को रहेको छ ।
बालेन्द्र शाह र हर्क साङपाङको विजयबाट उत्साहित भएर प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेदवारको लहर चलेपछि सामाजिक सञ्जालमा केही व्यक्तिले चन्द्र शमशेरका सिपाहीको कहानीलाई उद्धृत गर्दै भद्दा नक्कल गर्दा फन्दामा परिने सुझाएका थिए ।
तर पनि स्वतन्त्ररुपमा उम्मेदवारी दिनेहरु यसै चुप लागेर बसेनन् बरु उनीहरुले मुलुकभरका उम्मेदवारी दिने चाहना भएकाहरुको राष्ट्रिय भेला गरेरै उम्मेदवारी दिने तयारी गरेका छन् ।
श्री ३ चन्द्रका एक जना आठपहरियाले दारी पालेको र राजा खुसी हुने गरी प्रस्टीकरण दिएबापत बढुवा पाएपछि सबै सिपाहीले बढुवाको लोभमा दारी पालेर राजाको पटांगिनीमा खडा भएछन् । बढुवाको घोषणा होला भन्दा राजाबाट सबैको दारी खौरिदिने हुकुम भएछ ।
शनिवार स्वतन्त्र उम्मेदवारहरूको राष्ट्रिय भेलाले केही प्रश्न उठाएको छ ।
अभियानको संयोजकत्व गरिरहेका डम्बर साहुले रवीले खोलेको दलमा स्वतन्त्र नाम राख्दा देशैभर स्थानीय तहमा उम्मेदवारी दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वास्तविक स्वतन्त्र व्यक्ति÷समूहलाई गम्भीर आघात पुगेको बताएका थिए ।
तर उनीहरुले पनि समानुपातिक मत संकलन गर्न स्वतन्त्र उम्मेदवारी दिएर मात्रै नपुग्ने निस्कर्षका साथ दल दर्ताको तयारी गरेको छ । यसले जे जस्तो अवस्थामा पनि “दलको विकल्प अझ राम्रो दल नै हुने” “प्रजातन्त्रको विकल्प अझ उन्नत प्रजातन्त्र” नै हो भन्ने भनाईसँग मेल खान जान्छ । अर्थात् जे र जत्तिसुकै आलोचना गरेतापनि दलको विकल्प दल नै मात्र भएको कारण कुनै नयाँ दल खोलेरै चुनावमा भाग लिनु जायज देखिन आउनुलाई सकारात्मक संकेतका रुपमा आम प्रजातन्त्रवादीहरुले लिनु वाञ्छनीय हुन आउँछ । सबैलाई चेतना भया !
0 Comments
Thanks for your concerns