२०७९ असार ३ गते
लावण्य/साँखु । नेपाल स्काउटको आयोजनामा ४ सय ९४ औँ बिटीसी तालिम र ३ सय ६२ औँ पिटीसी तालिम यही असार ३ गते देखि ८ गते सम्म हुने तालिम शंखरापुर नगरपालिका वडा नं. ७ को बालक्षेत्र नेपालको प्राङ्गणमा सुरु भएको छ ।
सो तालिमको उद्घाटन शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले गर्नुभएको छ ।
वहाँले आफु पनि स्काउट तालिम लिएर नै सामाजिक क्षेत्रमा संलग्न भएको उल्लेख गर्दै भन्नुभयो स्काउटको लागि आफुले सक्दो सहयोग गर्नेछु ।
सोही कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो नेपाल स्काउटले भुकम्पमा गरेको सहयोग हामीले बिर्सन सक्तैनौँ । उहाँहरुको राष्ट्रिय स्तरको तालिम शंखरापुरमा सञ्चालनमा आउनु हाम्रो सौभाग्य हो ।
कार्यक्रमको सभापतित्व नेपाल स्काउटका सहायक प्रशिक्षक धर्र्मभक्त मल्लले गर्नुभएको थियो ।
कार्यक्रममा स्काउट तालिम लिनको लागि विद्यार्थी र शिक्षकहरुको समेत सहभागिता रहेको छ । ५ रात ६ दिनको सो तालिमले नेपाल स्काउटको आधारभूत जानकारी पाउँछन् ।
0 Comments
Thanks for your concerns