सा“खु भेगमा दैनिक थप लोडसेडिङ्ग, चोरीको आरोप


सा“खु भेगमा दैनिक थप लोडसेडिङ्ग, चोरीको आरोप
साँखु÷गत हप्तादेखि मुलुकभर दिनको १२ घण्टा लोडसेडिङ्ग हुन थालेको छ । अब कतिबेला बिद्युत जान्छ र बत्ति निभ्छ भनेर हैन कतिबेला बत्ति आउँछ भनेर लोडसेडिङ्ग तालिका बनाउनुपर्ने भएको छ । सर्वसाधारणलाई यस लोडसेडिङ्गले साह्रै मर्का परेको छ । अझ विशेषगरि एसएलसी तयारी गर्ने बालबालिकाहरुको लागि त लोडसेडिङ्ग अभिशाप नै हो ।
२०५० सालमा अरुण तेस्रो जलविद्युत आयोजनालाई राजनैतिक कारणले नेकपा एमालेका नेता माधवकुमार नेपालले बन्द गराउन पत्राचार गरिएपछि कुनै ठूलो आयोजनाको लागि विदेशी दातृ राष्ट्रहरु अघि सरेनन् । अहिले कतिपय आयोजनामा चिनियाँ ठेकेदारहरुले काम गरिरहेको भएतापनि उनीहरुको काम गराई समेत नेपाली शैलीमा हुन थालेको बिश्वास गरिएको छ ।
यसैबीच साँखु क्षेत्रमा दैनिक १ देखि २ घण्टा थप लोडसेडिङ्ग गर्न थालेको छ । विद्युत प्राधिकरण सूत्रका अनुसार यो थप लोड सेडिङ्ग गर्नुको प्रमुख कारण विद्युत चुहावट अर्थात् चोरी हो । विद्युत चोरी नियन्त्रण गर्नुको साटो पूरै भेगलाई १ देखि २ घण्टा थप लोडसेडिङ्ग गराएर सजायँ दिइएको छ । यसबाट सर्वसाधारण पीडित र आक्रोशित बनिरहेका छन् । केही समय अगाडि भक्तपुरमा समेत यसरी थप समयको लागि लोडसेडिङ्ग गरिएको थियो ।
स्थानीयले विरोध गरि विद्युत प्राधिकरणको अफिसमा तोडफोड गरिएपछि एक सम्झौता गरि पुनः अन्य स्थानमा जस्तै पूरै विद्युत सप्लाई गर्न थालेको छ । यता साँखुमा भने पौष १ गते देखि थप १ देखि दुई घण्टा लोडसेडिङ्ग गरिएको छ । सूत्रका अुनसार पौष महिनाभर कुनै पनि हालतमा थप समयको लागि गरिएको लोडसेडिङ्ग हटाईने छैन । यस भेगका राजनैतिक दलका नेता कार्यकर्ताहरु समेत यस लोडसेडिङ्गको विरोध गरिरहेका छन् । तर संगठित रुपले विरोधमा नउत्रिएको मात्रै हो । यतातर्फ समयमै विद्युत प्राधिकरणको ध्यान जानुपर्ने सर्वसाधारणको माग छ ।

Post a Comment

0 Comments