माघ मेला सञ्चालनको लागि समिति बन्ने !



साँखु÷गत पौष १४ गते शनिबार साँखुको साल्खाटोलमा भ्रष्टाचार विरोधी अभियानको पहलमा स्वस्थानी व्रत अवधिभर साँखुको शालिनदीमा लाग्ने माघ मेलाको व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया सम्पन्न भएको छ । उक्त भेलामा यस वर्षको मेला व्यवस्थापनको लागि मेला व्यवस्थापन समिति बनाउने सहमति भएको छ ।
उक्त भेलामा भएको सहमति अनुसार अब साँखुका आठवटै टोलहरुमा टोल टोलमै गई स–साना भेलाहरुको आयोजना गरि मेला व्यवस्थापन समितिलाई पूर्णता दिईनेछ । यस अघि करिब ३ वर्ष गगन रञ्जितको अध्यक्षतामा माघ मेला व्यवस्थापन गरिँदै आइरहेको थियो । यस वर्ष व्रतालु नाइके कजी बन्नको लागि समेत दावी भइनसकेको बुझिएको छ । परम्परा अनुसार साँखु नगरभित्र बसोबास गर्ने धार्मिक परम्पराअनुसार मिल्ने व्यक्तिले धान्य पूर्णिमाका दिन भगवान माधवनारायणलाई किसली चढाएर कजीको लागि दावी गरिने प्रचलन रही आएको छ । यस दिनसम्म दावी नआए मात्रै कजी हुने व्यक्तिको खोजी गरिन्छ ।
यस वर्ष व्यापक छलफल गरि मेला व्यवस्थापनको लागि समिति बनाउन पहल थाल्नुलाई साँखुबासीले सकारात्मक रुपमा लिएको छ । साँखुमा प्रत्येक वर्ष मेला लाग्ने र मेलामा व्यापक अनियमितता एवं लथालिङ्ग व्यवस्थापनको चर्चा हुने गर्दथ्यो । गत वर्ष त साँखुमा चिया नास्ताकै पनि डेढ सय सम्म लियो भनि कान्तिपुर लगायत ठूला दैनिक पत्रिकाहरुमा समाचार प्रकाशन भएपछि माघ मेलाको तेस्रो हप्तादेखि व्यापारमा व्यापक गिरावट आएको थियो । यसैले मेला व्यवस्थापन समितिले यतातर्फ ध्यान दिनु अति जरुरी भएको छ ।

Post a Comment

0 Comments