नेका महामन्त्री सिटौला आज साँखुमा


साँखु÷नेपाली काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौला लावण्य सन्देश साप्ताहिकको प्रथम वार्षिकोत्सवको उपलक्षमा आयोजना हुने समारोहको लागि साँखुमा आउने भएको छ । समारोहमा उहाँलाई विशेष स्वागत गरिने बुझिएको छ ।
उहाँ यसअघि पनि साँखुमा नेपाली काँगे्रसका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन आउनुभएको छ । उहाँ केही अघि गठित सर्वदलीय सरकारको कानुन मन्त्रि हुनुहुन्थ्यो । स्मरणरहोस् संविधानसभाको म्याद थप सम्बन्धी विवाद भएपछि उहाँले पार्टीको आदेशमा मन्त्रिपदबाट राजिनामा दिनुभएको थियो ।
यस अघि उहाँ गिरिजाप्रसाद कोईराला नेतृत्वको तत्कालीन अन्तरिम सरकारमा गृहमन्त्री हुनुहुन्थ्यो । उहाँले नै नेकपा एमाओवादीका नेता प्रचण्ड लगायतकालाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

Post a Comment

0 Comments