एभरग्रीनको फेयरवेल कार्यक्रम

एभरग्रीनको फेयरवेल कार्यक्रम
साँखु÷गत श्रावण १७ गते बुधबार एभरग्रीन उच्च माविको फेयरवेल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सीएनएन हिरो २०११ का विजेता अनुराधा कोईरालाले भन्नुभयो जबसम्म पुलिस र राजनीतिज्ञले डान्स रेष्टुरेण्ट, क्याबिन, मसाज पार्लरहरुलाई आफ्नो छत्रछायाँमा राख्छ तबसम्म चेलीबेटीले बेचिनुपर्ने, लुटिनुपर्ने बाध्यता रहिरहने उल्लेख गर्दै निकट भविष्यमा भारतको नागपुरबाट माईती नेपालले करिब १५० को हाराहारीमा चेलीहरुको उद्धार गरिने बताएका थिए ।
आफू पनि २० औँ वर्ष शिक्षिकाका रुपमा कार्यरत रहिसकेको बताउँदै कुनै पनि सफल रिजल्टको पछाडि अनुशासन रहने बताएका थिए । उहाँले सरकारलाई कुनै पनि विदेशीले विश्वास गर्न छाडेको प्रसंग उल्लेख गर्दै विश्व बैँकले समेत सरकारलाई बाहेक अन्यलाई सहयोग गर्नै नसकिने भएतापनि एनजिओहरुसँग परामर्श थालेको बताउनुभयो ।
एभरग्रीन स्कूलले ४९ जना विद्यार्थीलाई एसएलसी दिलाएकोमा शतप्रतिशत उत्तिर्ण मात्र भएको थिएन जसमा २९ जना केटी र २० जना मात्रै केटा थिए भने २७ जनाले डिस्टिन्सन प्राप्त गरेका थिए भने २२ जनाले फस्ट डिभिजनमा पास गरेका थिए । जुन रिजल्टलाई लिएर उहाँको प्रतिक्रिया थियो “यस स्कूलमा केटीहरुले केटालाई उछिनेका छन् जुन खुशीको कुरा हो ।” सो स्कूलका टप टेनमा समेत सबैजना केटीहरु मात्रै थिए । केटाहरु त्यसमा अटाएनन् ।

Post a Comment

0 Comments