साँखु जेसीजको साधारणसभा


साँखु÷साँखु जेसीजले असार ९ गत शनिबार शेरेनहिल इङ्लिश स्कूलमा यस वर्षको साधारणसभाको आयोजना गरेको छ ।
सो साधारणसभाले यस वर्षको जेसीज सप्ताहको कार्यक्रम पारित गरेको छ । जस अनुसार प्रथम दिन असार २३ गते जेसीज डे मनाउने भएको छ भने ३० गते समापन कार्यक्रम गर्ने भएको छ ।
उक्त कार्यक्रमहरुको लागि मूल संयोजक साँखु जेसीजका कार्यकारी उपाध्यक्ष रुपेशलाल श्रेष्ठ तोकिनुभएको छ भने मास कम्युनिकेशन टे«निङको लागि रणबहादुर स्याङतान, क्लोरिनेशनको लागि सुरेश श्रेष्ठ, रक्तदानको लागि सविन श्रेष्ठ, समापनको लागि सुजन श्रेष्ठ र जेसीज डेको लागि पूर्व अध्यक्ष उत्तम श्रेष्ठलाई संयोजक तोकेको छ । कार्यक्रमको सञ्चालन महासचिव राजेश श्रेष्ठले र सभापतित्व साँखु जेसीजका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए । उक्त सभाले एरिया ‘सी’ सम्मेलनको आयोजना प्रभावकारी गर्ने निर्णय समेत गरेको थियो । सो अवसरमा जेसीजले स्मारिका समेत निकाल्ने छ ।

Post a Comment

0 Comments