राजा फ्याल्दैमा गणतन्त्र संस्थागत नहुने


साँखु÷नेकपा माओवादीका उपाध्यक्ष एवं वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले राजालाई फ्याँक्दैमा गणतन्त्र संस्थागत नहुने उद्घोष गरेका छन् । यो कुरा राष्ट्रपतिले अध्यादेश रोकेर असहयोग गरिएकोप्रति कटाक्ष गर्दै भनेका थिए । उनले यथास्थितिवादीले आफूलाई काम गर्न नदिएको भन्दै काँगे्रस एमालेलाई यथास्थितिवादीको आरोप लगाएका थिए । उक्त कुरा उहाँले गत शनिबार इन्द्रायणीको सक्षम पार्टी प्यालेसमा आयोजित तीजको अवसरमा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभएको हो । उहाँले सो अवसरमा करिब ९० जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा विश्व साईकल यात्री पुस्कर शाह, इन्द्रायणीका तेक्वान्दो खेलाडी निकेश श्रेष्ठ र सानोगाउँमा आधुनिक स्वागतद्वार बनाएर गाउँको शोभा बढाउन मद्दत गर्ने समाजसेवी चिनीकाजी श्रेष्ठ, इन्द्रायणी हेल्थ पोष्टका इन्चार्ज हरिप्रसाद उपाध्यायलाई इन्द्रायणीमा १८ शैय्याको आधुनिक अस्पताल निर्माणको लागि अथक मेहनत गरेवापत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा क्षेत्र नं. २ का पूर्व सांसद झक्कुप्रसाद सुवेदीले सालिनदी मनोहरा करिडोर एवं दक्षिणढोका–साँखुको बाटोको विषयमा टिप्पणी गरेका थिए । साथै उहाँले सो अवसरमा प्रगति महिला समूह नेपालद्वारा सिलाई प्रशिक्षणमा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण समेत गरेका थिए ।
कार्यक्रमको सञ्चालन सुषमा खड्का र साया खड्काले गरेका थिए भने सभापतित्व प्रगति महिला समूह नेपालका अध्यक्ष सरला खड्काले गरेका थिए । कार्यक्रममा उपस्थित पाहुनाहरुलाई सचिव ईन्दिरा खड्काले स्वागत गरेका थिए भने कार्यक्रममा प्रधानमन्त्रीलाई समाजसेवा भवन बनाउन सहयोग गर्नको लागि युधिष्ठिर बानियाँले आग्रह गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई तीजको अवसरमा दर समेत खुवाईएको थियो ।

Post a Comment

0 Comments