सहभागितामूलक बजेट सम्बन्धी छलफल

साँखु÷गत आईतबार साँखु धुँल्लाटोलको डि हाकुज रेष्टुरेण्टको हलमा सम्पन्न स्थानीय सरोकारवाला निकायहरुसँग सहभागितामूलक बजेट निर्माण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गाविस सचिव कल्पनाकिशोर श्रेष्ठले बजेट निर्माणमा पारदर्शिता र सहभागीमूलक बनाउन आफ्नो स्तरबाट सकदो प्रयास गरिने बताएका थिए । उक्त कार्यक्रम मेन्टर कोच बुद्धि तामाङको सभापतित्वमा भएको थियो । कार्यक्रमको आयोजना प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च (डानार) नेपालले गरेको थियो । उक्त कार्यक्रमको सञ्चालन डानार नेपालका एलपी मालीले गरेका थिए भने कार्यक्रममा डानार नेपालका कार्यकारी निर्देशक विष्णुबहादुर नेपालीले पुखुलाछी गाविसका गरेको सवेक्षणको रिपोर्ट पेश गरेका थिए । सर्वेक्षण १०१ जना सहभागीबीच गरिएकोमा ७१ जना जनजाति, १ जना दलित, २९ जना ब्राम्हण क्षेत्री सहभागी रहेको जानकारी दिएका थिए । जुन सर्वेक्षणमा सहभागीमध्ये ८५ जनाले बजेट निर्माणमा सहभागिता नजनाएको बताएको सर्वेक्षण नतिजमा उल्लेख छ । कार्यक्रममा जनता श्रेष्ठ, नविन नापित, दिलिपकुमार श्रेष्ठ, दुर्गानारायण श्रेष्ठ, मदनगोपाल कारञ्जित, डेविड श्रेष्ठ, मिरा श्रेष्ठ, रमिका श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायतका सहभागीहरुले आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा मेन्टर कोच बुद्धि तामाङले सूचनाको हक, बजेट निर्माण प्रक्रिया, योजना तर्जुमा, बजेट बाँडफाँड, उत्तरदायी बजेट सम्बन्धी ब्रिफिङ गरेका थिए ।

Post a Comment

0 Comments