बज्रयोगिनी र पुखुलाछीमा सामाजिक परिचालक नियुक्त

साँखु÷बज्रयोगिनी गाविस र पुखुलाछी गाविसमा सामाजिक परिचालकको नियुक्ती भएको छ । बज्रयोगिनी गाविसमा काम गर्ने गरि समिता श्रेष्ठलाई सेन्टर फर अवार्डनेस प्रमोसन “क्याप नेपाल”ले सामाजिक परिचालकमा नियुक्त गरेको छ भने पुखुलाछी गाविसमा एलपी मालीलाई स्थानीय सुशासन तथा सामाजिक विकासका कार्यक्रमका लागि सामाजिक परिचालकमा नियुक्त गरेको छ । प्राकृतिक स्रोत साधनको लागि दलित अधिकार मञ्चले सो नियुक्ती गरेको हो । यो दुवै नियुक्ति काठमाडौ जिविस अन्तर्गतका कार्यक्रमहरुका लागि भएको हो ।
बज्रयोगिनी गाविसमा गत चैत्र देखि समिता श्रेष्ठले काम सुरु गर्दै आउनुभएको भएतापनि गत बैशाख २१ गते गाविसमा एक अभिमुखीकरण कार्यक्रम गरी समिता श्रेष्ठलाई सरोकारवालासँग परिचित गराएको थियो ।
पुखुलाछी गाविसमा गत चैत्र देखि काम सुरु गर्दै आउनुभएको भएतापनि गत जेष्ठ ४ गते गाविसमा सामाजिक परिचालक परिचयात्मक कार्यक्रमको आयोजना गरि सरोकारवालासँग गाविसले सामाजिक परिचालकलाई परिचित गराएका थिए ।

Post a Comment

0 Comments