हर्कनारायण श्रेष्ठ सम्मानित

साँखु÷गत भाद्र १ गते साँखु वृहत वृद्ध सेवा समितिले बाबुको मुख हेर्ने दिन पारेर पुखुलाछी गाविस वडा नं. ७ का ९४ वर्षीय ज्येष्ठ नागरिक हर्कनारायण श्रेष्ठलाई सम्मान गरिएको छ । उक्त कार्यक्रम पुखुलाछी गाविसमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि महानगरिय प्रहरी प्रभागका प्रनानी सूर्यप्रसाद आचार्य थिए । कार्यक्रमको सभापतित्व अध्यक्ष बाबुकाजी शाक्यले गरेका थिए भने कार्यक्रममा अतिथिहरुलाई सदस्य जितेन्द्रलाल श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी शंखरापुर उपशाखाका सभापति गणेश राज राजभण्डारीले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा संस्थाको उद्देश्य र लक्ष्यबारे समेत प्रकाश पारिएको थियो । संस्थाले जनाए अनुसार प्रत्येक वर्ष बाबुको मुख हेर्ने र आमाको मुख हेर्ने दिन वृद्धवृद्धाहरुलाई सम्मान गरिनेछ भने वृद्धवृद्धाहरुको लागि भजन किर्तन गर्न एउटा ट्रस्ट निर्माण गरि व्यवस्था गरिनेछ । साथै संस्थाले जग्गा उपलब्ध गराई वृद्धाश्रम निर्माण गर्ने समेत लक्ष्य लिएको छ ।

Post a Comment

0 Comments