गठबन्धन सरकारकै निरन्तरता हुने संकेत ..., प्रचण्डले सरकारको नेतृत्व लिन पहल ग–यो




प्रचण्डले सरकारको नेतृत्व लिन पहल ग–यो, अबको प्रधानमन्त्री प्रचण्ड !

आम निर्वाचनको परिणाम प्राप्त हुँदै गर्दा चुलिएको हङ पार्लियामेन्टको अवस्था करीब बरी सकिएको छ । गठबन्धन सरकारकै निरन्तरता हुने देखिएको छ ।

लावण्य÷साँखु । आम निर्वाचन २०७९ सकिए लगत्तै मतगणनाका क्रममा देखिएका हङ पार्लियामेन्टको स्थिति करीब करीब अन्त्य भएको छ । अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा करीब १ सय ४० सीट प्रतिनिधिसभामा देखिने भएका छ ।

वर्तमान संविधान अनुसार सरकार गठन हुन आवश्यक बहुमत १ सय ३८ सीट हो ।

कुन दलका कति सीट ?

अहिले देखिएको सम्भावना अनुसार नेपाली काँगे्रसको प्रत्यक्ष तर्फ ५६ सीट, समानुपातिकमा ३५ सीट, नेकपा माओवादी केन्द्रको प्रत्यक्ष तर्फ १७ सीट समानुपातितर्फ १७ सीट, नेकपा एकीकृत समाजवादीको प्रत्यक्ष तर्फ १० सीट, लोकतान्त्रिक समाजवादीको प्रत्यक्ष तर्फ ४ सीट, जनमोर्चाको प्रत्यक्ष तर्फ १ सीट गरी जम्मा १ सय ४० सीट ।

विपक्षी तर्फ नेकपा एमालेको प्रत्यक्ष तर्फ ४३ सीट, समानुपातिक तर्फ ३७ सीट, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्ष तर्फ ७ सीट समानुपातिकमा १६ सीट, राप्रपाको प्रत्यक्ष तर्फ ७ सीट समानुपातिकमा ८ सीट, जसपाको प्रत्यक्ष तर्फ ६ सीट समानुपातिकमा ४ सीट, नागरिक उन्मुक्ति पार्टी प्रत्यक्ष तर्फ ३ सीट,  जनमत पार्टी प्रत्यक्ष तर्फ १ सीट, नेमकिपा प्रत्यक्ष तर्फ १ सीट र बाँकी ४ सीट स्वतन्त्रले जितेका छन् ।

यसमा नेकपा एकीकृत समाजबादी राष्ट्रिय पार्टी बन्यो भने उसले थप ४ सिट पाउने छ र काँग्रेस, माओबादी र एमालेको १÷१ सिट घटेर गठवन्धनको १४२ सिट पुग्न सक्नेछ ।

यो समिकरणका कारण अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत नेकपा माओवादी केन्द्रसँग मिलेर जाने भन्दै ओलीले प्रचण्डसँग टेलिफोन वार्ताँ गरेको छ । किनकी पुराना नाम चलेका दलहरु सरकार र सत्ता बिना बाहिर बस्ने परिस्थिति चाहन्नन् त्यसैले यिनीहरु अहिलेपनि सत्ताकै वरिपरी घुमिरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत सरकारमा आउन आग्रह गरिरहेका छन् ।

अर्कोतर्फ नेपाली काँगे्रसका युवा नेता गगन थापालाई रास्वपासँग मिलेर नेपाली काँग्रेस र गठबन्धनका उम्मेदवारलाई हराएको आरोप लगाइएको छ । राजनीति कतातिर जाँदैछ भन्ने संकेत हो यो ।

अब प्रधानमन्त्री को बन्ने ! राष्ट्रपति को बन्ने ! संसदको सभामुख को बन्ने ! मन्त्रालय भागबण्डा कसरी गर्ने बारे दलहरुबीच गहन छलफल हुनेछ । नेपाली काँगे्रसभित्र भने प्रधानमन्त्रीको आकांक्षी धेरै भएको कारण सम्भवतः प्रधानमन्त्री शेरबहादुर देउवा नै संसदीय दलको नेता चयन हुनेछ ।

Post a Comment

0 Comments