१० असोज २०७९, सोमवार
लावण्य/साँखु । शंखरापुर युथ क्लबको आयोजनामा भएको राष्ट्रिय रेपिड चेस प्रतियोगिता २०७९ को ७ राउण्डको खेल सम्पन्न भएको छ । जसमा भक्तपुरका खेलाडी गणेशमान दुवाल प्रथम भएका छन् ।
सो प्रतियोगिता स्वीस लिग प्रणालीबाट खेलाईएको थियो । जसमा गणेशमान दुवाल प्रथम भएका छन् भने द्वित्तियमा आशिष फुयाल, तेस्रोमा बद्रिलाल नेपाली, चौथोमा बिलमलाल श्रेष्ठ, पाँचौमा कमल श्रेष्ठ, छैठौँमा खोमप्रसाद तिमल्सिना, सातौँमा सुरोज महर्जन, आठौँमा निकेन कुसाथा, नवौँमा नविन तण्डुकार र दशौँमा प्रकाश सुवेदी विजयी भएका छन् ।
त्यसैगरी १८०० भन्दा कम रेटेड तर्फको खेलमा हरि सुब्बा विजयी भएका छन् भने १६०० भन्दा कम रेटेड तर्फको खेलमा सुमन मोक्तान, शंखरापुर च्याम्पियनमा उत्सर्ग पोखरेल, अनरेटेड च्याम्पियनमा बाबुराजा श्रेष्ठ, महिलातर्फको च्याम्पियनमा सिन्दिरा जोशी, बेस्ट यु १६ मा गौरब सिं बोहोरा र बेस्ट भेटरान ५५ वर्ष माथिकोमा राजेन्द्र प्रसाद श्रेष्ठ विजयी हुनुभएको छ ।
विजयी खेलाडीहरुलाई शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले पुरस्कृत गर्नुभएको थियो भने उहाँलाई साथ दिन उप मेयर समिता श्रेष्ठ र पूर्व मेयर सुवर्ण श्रेष्ठको समेत उपस्थिति रहेको थियो । कार्यक्रम समरा गार्डेनमा सम्पन्न भएको हो ।
सो अवसरमा वक्ताहरुले बुद्धिचाल खेलको सुरुवात भएको स्थान साँखुमा यो खेलको आयोजना भईरहनुपर्नेमा जोड दिनुभयो । बुद्धिचाल खेलले मानसिक विकासमा टेवा पुग्ने बिश्वास गरिएको छ ।
0 Comments
Thanks for your concerns